‘नरेशचन्द्र’
चौवाटैमा खरले छाएको सानो कटेरो छ । कटेरो सडकतिर फर्किएको छ । ढोकाको ठिक माथीतिर ‘चमेनाघर’ भनेर लेखीएको एउटा साइनवोर्ड छ । साइवोर्डमा त्यस चमेनाघरमा पाइने हरेक परीकारको बिबरणहरु खुलाइएको छ । ओहोर दोहोर गर्ने ढाक्रेहरुको लागी भनेर ढोकापारी भित्तामा लामो बिसौनी पनि मिलाएर खोपीएको छ ।
‘आजको रात काटन पाइएला -’ झमक्कै सांझ परीसकेको थियो । मैले त्यही बस्ने सोच बनाएर सोधे ।
‘पाइन्छ, पाइन्छ † कतिजना हुनुहुन्छ - खटीया धेरै छैन, बा नपुग्ने हो कि -’ भित्रैबाट प्रत्रि्रश्न आयो ।
‘म एकजना मात्र, हजुर †’ ढोकैमा पुगरे मैले भने । टुकीको मधुरो उज्यालोमा धन्दा गर्दै गरेकी पच्चीस छव्वीसकी यूवती जुरुक्क उठेर ढोकैमा आई र मलाई नियाल्दै हेरी । एकले अर्कालाई नियाल्ने क्रम करीव आधा मिनेट जती जारी रहयो ।
जेष्ठ बैशाखको चर्को घाम, दिनभरीको हिर्डाईले म निकै गलीसकेको थिए । त्यसैले खानाको टुङ्गो गरेपछि म खटीयामा लगाएको कपडाको थाकमाथी ढले । उ पुनः आफ्नो धन्दाकुन्दा गर्न लागी । निधै ध्यानपर्ूवक म उसको कृयाकलापको अवलोकन गर्न थाले । उसको देहभाषामा थोरै उछृङखलता भाल झल्किन्थ्यो ।
‘केही लिनुहुन्थ्यो कि -’ चुल्हो छेउमै उभीएर केहीवेरपछि मतिर हेरेर हास्दै उसले सोधी ।
‘के खाने र खै - म रक्सी लिन्न । एक ग्लास पानी पाउ, सोधीहाल्नु भयो ।’ मैले थकीत श्वरमा भने ।
बास्तवमा त्यो मेरो अर्डर उसंग आत्मीयता देखाउनका लागी मात्र थियो । कांचको ग्लासमा कागतीको रस मिसाएको पानी मेरो छेवैमा उभीएर मलाई नै हर्ेर्दै दिई । उसको पटीलो जीउ देखेर मेरो उत्ताउलोन उत्तेजीत भएको त्यो क्षण मेरो लागी उसंगको प्रथम अनुभव थियो ।
‘दर्ुइ बर्षपहिला यहीबाटै घर गएको थिए । उवेला त यो होटल थिएन । कहिलेदेखी सुरु गर्नुभयो -’ मैले फेरी सोधे ।
‘भयो नि अर्ढाईबर्ष।’ चुल्होतिर अगाडि बढदै उसले भनी ।
‘सेन्टरमै खोल्नुभएछ । व्यापार त राम्रै होला, हैन -’ मैले भने ।
‘आव्वर्ुइ † के को व्यापर हुनु नि - जिउ पाल्ने काम मात्र भएको छ । सुरुमा त राम्रै थियो तर अहिले छैन भन्दा पनि हुन्छ । राम्रो हुदा त्यही रक्सीको हुने हो । अतंकबादीहरु गाउमा पसेपछि त खुलेर रक्सी लिन पनि सबैले छोडे । जावो तातोपानी बेचेर के नै हुन्छ र - आतंककारीको डरले बटुवाहरु यो बाटो हिडनै पनि छोडी सके । जीउ पाल्नै सार्हो-गार्हो छ, हजुर ।’ मैले उ बोलेको सुनीरहे ।
‘अव त हिडलान नि । देशमा शान्ति भयो भन्छन ।’ मैले उसलाई साहनुभूती दिदै भने । आफ्नो कामलाई उसले निरन्तर दिइरही ।
‘बिदेशदेखी आउनुभा’ जस्तो छ, हो -’ चुल्हो छेउमा उभीएर फेरी मतिर हर्ेर्दै उसले सोधी । योबेला धेरै नजीक भएझै गरी बोली । उसको बोलीमा कुटनैतिक भाव भन्दा ग्रामीण शैलीको भाव प्रष्ट थियो ।
‘हो, म मलेसीयादेखी फर्किदै छु तर आज चाही तल कटारीदेखी । हिडने बानी छुटेछ, भन्नु पनि लाजै मर्दो- सोलु पुग्नै हम्मे परीसक्यो ।’ मैले घुमाउरो शैलीमा आफ्नो जिल्ला बताए । उसले मतिर फेरी पुलुक्क हेरी । सायद, मेरो बनावटी मुस्कन बुझी क्यार, उसले आफ्नो मुण्टो फेरी अन्तै फर्काई ।
पाहुनाको नाममा त्यो रात म एक्लै थिए । उसले निकै मेहेनत गरेर खाना बनाई । गोलभेडाको अचार, काउलीको तरकारी, कुखुराको भुटन, रायोको साग, दाल, दही र पोख्रेली चामलको भात खानाका परीकारहरु थिए । खाना तयार बनाउन नै उसलाई दुइघण्टा लागेको थियो । तर हामी बिचको आत्मीयता भने यतिन्जेलमा निकै नजीक भइसकेको थियो ।
खाना तयार भएपछि म खाना खान चेकटीमा बसे । उसले मेरो छेवैमा टुकी राखी ताकी म खानाको हरेक परीकार राम्रोसंग देखु । म उसलाई हर्ेर्दै खाना लिन थाले, मेरो सामनेमा बसेर उ मेरो अवलोकन गर्न थाली । हामी योवेला थोरै बोलीरहेका थियौ । मेरो सामने उसको उपस्थितीले म भने दोबाटोको होटलमा छु जस्तो पटक्कै लागेन, घरैमा छु जस्तो लागीरहेको थियो ।
रातको दश बजीसकेको थियो । खाना खाइसकेपछि मलेसीयाको मेरो अनुवभ सुन्नमा उ व्यस्त थिई । गफ रसीलो बनाउन म काल्पनीक घटनाहरु- जुन घटेकै थिएनन- थपेर बोलीरहेको थिए । छेवैमा बसेर एकचित्त उ मलाई नै सुनीरहेकी थिई ।
‘तपाईलाई म्यारीज आउछ ।’ करीव एघार बजेतिरको कुरा हो यो- अप्रत्यसित उसले कुरो निकाली ।
‘ज्यान थाकेको छ, न्रि्रले छोपीसक्यो । त्यसैले तास खेल्न भन्दा त आंखा चिम्लीन मन लागीरहेको छ ।’ मैले आनाकानी गर्दै भने ।
‘एक दुइ हात नारौ न ।’ एकपाराले मतिर हर्ेर्दै उसले भनी । ‘हुन्न -’
‘नार्नु र -’ मैले अल्छि मान्दै भने । यतिन्जेलमा उ तास लिन अल्मारी छेउमा पुगीसकेकी थिई ।
‘तर, पैसामा हैन नि । पैसामा खेलीयो भने रात बितेकै थाहा हुदैन । भोली त जसरी पनि घर पुग्नु छ ।’ उ फर्कि नसक्दै मैले भने ।
‘सानोले बांडने, काटनु †’ पुरानै ठाउमा बस्दै उसले भनी । मैले तास काटेर्,र् इटाको चौका उल्टीयो, उसले भोटेको बास्सा पाल्र्टर्ीइ । मेरो बांड भन्दै उसले तासको पत्ति बांडन थाली । त्यसपछि म्यारीज सुरु भयो ।
‘कति भो मलेसीयामा जानुभएको -’ हातको तास मिलाउदै फेरी प्रसंगलाई अगाडि बर्ढाई ।
‘भयो तिनबर्ष’ मैले भने ।
‘उहां के गर्नुहुन्छ नि -’ मलाई थकाई लागेको उसलाई थाह थिएन । फेरी उ बोली ।
‘बिदेशमा नेपालीले के गर्छ र - त्यही सबैले गर्ने नै गर्छर्ुु’ हिचकिचाउदै मैले भने ।
‘बिदेश जानलाई के गर्नुपर्छ - हामीलाई पनि भन्नुस न । यहां त केही गर्नै नसकीने भो । गर्न खोज्नेलाई पनि गरी खानै दिदैनन ।’ तास मिलाउदै लामो स्वस लिदै उसले भनी ।
‘भो, रहर नगर । यहां बसेर देखेको बिदेश र उही पुगेको बिदेशमा आकाश पात्तल फरक छ । बिदेशमा सार्है दुःख हुन्छ । मान्छेले हेप्छन । मरेर काम गर्नुपर्छ । त्यहां आफ्नो मर्जी मरे चल्दैन । अरुको खटनमा बस्नर्ुपर्छ । बिदेश भन्नु मात्रै, गधाको जुनी पो बिताउनु पर्छ । गर्न सक्नेलाई नेपालै श्वर्गे छ । मलाई पनि यतै केही गरौ जस्तो लागीरहेको छ । घरमूली घर छोडेपछि त घरबारै ब्रि्रदो रहेछ । यो चिडीको तिर्की तिमीले फालेको हो -’ यतीवेला हामी ‘तिमी’ भनेर एकअर्कालाई संबोधन गर्न थालीसकेका थियौ ।
‘हैन । त्यो पल्टिएकोर् इटाको दुक्की चाही हो । पैसा कमीन्छ भने एकदर्ुइ बर्षहेपाई खादा के फरक पर्छ त - जुनीभर भोग्नु पर्दैन क्यारे,’ उसले भर्ुइमाथी लथालिङ्गै छरीएका तासहरु एकठाउ बटुल्दै भनी ।
‘माल त के पल्टीएको थियो नि -’ उसको अनुहारतिर हर्ेर्दै मैले सोधे ।
‘भोटेको चौका,’ उसले भने ।
‘हैन, हर्ेदा त भरखरकै देखिन्छौ, तर बुढोजस्तो कस्तो छिटो बिसेको हौ - योसंग तिनचोटी हुन्छ तिमीले माल सोधेको ।’ उसले भनी ।
‘मलाई न्रि्रा र थकाईले च्यापेको छ भन्ने कुरा कस्तो नबुझेको हौ- भरखरको बालक जस्तो ।’ मैले व्याङ्गे गर्दै भने ।
‘निकै नै गलेको छौ भने यो सिरानीमा ढल न त ।’ उसले माटो सिरानी अडेसा गर्न दिई ।
‘भोटेको चौका आइज †’ जीउ थोरै लच्काउदै मैले फेरी तास थुते ।
‘बालबच्चाहरु कति छन -’ मलाई नहेरी उसले सोधी ।
‘तिनजना । दर्ुइ छोरा एक छोरी ।’ मैले नढांटी भने ।
‘त्रि्रो नि -’ मैले पनि सोधे ।
‘छैनन,’ उसले भनी ।
‘किन - बिहे नै भएको छैन कि, नबनाएको -’ फेरी मैले सोधे ।
‘आफ्नो त कर्मै उस्तो । बिहे त सानैमा भएको हो, तर उहांलाई उनीहरुले मारे । बिधुवी हूं म,’ उसले हलुकै भनी ।
‘किन मारे - के उ लालसेना अथवा सै’सेनाको मान्छे थियो -’ झस्किदै उतिर हेरे ।
‘के खाएर होस नि सेना, बिचरा । जासुसी गर्यो भनेर मारे । तर जासुसी थिएन उ । आफ्नो चुलो भित्रैकाहरु उठेर त्यसो गरेका थिए । तर मेरो आंशुले तिनीहरुलाई त्यती सञ्चोले बस्न कहां दिन्छ र † उनीहरुले गरेको अपराध उनीहरु आफैले यही जुनीमा भोगेर मर्नुपर्छ । के फल्यो खै -’ भुइमाथी छरीएको तास ठम्याउदै उसले भनी ।
‘पानाको छक्क लाग्छ -’ मैले हातैमा उठाएर उसको आंखा नजीकै लगेर देखाउदै भने ।
‘चाहीन्न † माल आइज, खै † मालजत्ति सबै मुनी छन कि क्या हो । तिमीले तासै नफिटी बांडे जस्तो छौ,’ थुतेको तास मिलाउदै थोरै झर्कीएर उसले भनी ।
‘फिटन त राम्रै फिटेको थिए । सातजनाले खेल्ने खेलमा दुइजना मात्र बसेपछि यस्तै त हुन्छ ।’ संझाउदै मैले भने- ‘शो’ भो -’
‘किन यती छिटो हुन्थ्यो नि लै लै † तिमी चोट्टे हो -’ उसले सोधी ।
‘सुरुदेखी नै चोट्टेमा छु तर तासैले साथ दिइरहेको छैन ।’ तास मिलाउदै मैले भने ।
‘फेरी कहिले र्फकन्छौ, उता मलेसीयातिर -’ तासको प्रसंग बदलेर उसले फेरी सोधी ।
‘खै † फर्किए भने एक महिनापछि फर्किन्छु होला,’ मैले भने- ‘तर मनले चाही र्फकन मानीरहेको छैन ।×’
‘सांच्चै, मलेसीयाका मान्छेहरु कस्ता हुन्छन - मलाई पनि भनन ।’ उसले आफ्नोर् इच्छा प्रकट गरी ।
‘बानी बेहोरा कि अनुहार -’ मैले उसलाई हर्ेर्दै भने ।
‘दुवै †’ उसले थोरै मुस्कुराउदै भनी ।
‘नेपालीहरुलाई देखाउने बानीवेहोरा पशुको जस्तो, अनुहार चाही हाम्रोसंग मिल्दोजुल्दो हुन्छ ।’ मैले भने ।
‘नेपाली केटीहरु पनि जान थालेका छन रे, हो -’ तुरुन्तै उसले प्रश्न थपी ।
‘भरखर भरखर आउन थालेका छन रे भन्ने मैले पनि सुनेको छु ।’ मैले भने ।
‘मलाई पनि लैजान सक्छौ - तर पर्ढाई छैन, जानेकी पनि केही छैन । धेरै पढेको हुनर्ुपर्छ होला, हैन -’ उसले बिदेश जाने आफ्नोर् इच्छा फेरी दोहोर्राई ।
‘मलेसीया जानका लागी के पर्ढाई चाहीन्छ र - काम गर्न बल भए पुग्छ । तर, तिमीलाई त यतै ठिक छैन र - म त व्यर्थै गएछु जस्तो लागीरहेको छ ।’ मैले उसलाई संझाउने ढंगले भने ।
‘गाउमै गरी खान खोज्दा त सबैको तारो भइने रहेछ । बिधुवी भएपछि त सबैले हेप्दा पनि रहेछन । छिमेकीहरु नानाथरी भन्छन । गाउमा बिधुवी म मात्र होइन भनेर चित्त बुझाउने गरेकी छु । कति त अस्ति नै मुग्लान जाने भनेर गइ पनि सके । घरको पाखुरा नभएपछि बिचराहरु कहां जाउन † बालबच्चा, उनीहरुको शिक्षादिक्षा, आफैले सबै हर्ेर्नै पर्यो । मलाई नि’ जाउ भन्दै थिए । तर, उतै जान चाही मनैले मानेन, त्यसैले गइन ।’ उसले भनी ।
‘गाउमा यतीका धेरै बिधुवीहरु छन र भन्या -’ मैले आर्श्चर्य प्रकट गरे ।
‘माथी डांडाखर्कमा लालसेनाका र आर्मीको मान्छेहरुको चारपटक भिडन्त भइसक्यो । दुवै पक्षको सैयौ मान्छेहरु मरे, मारीए । पाखैभरी रगत जमेको थियो । पछिसम्म स्याल ब्वसोहरु रगत चाटदै रातभरी कराउदै गरेको सुनिन्थ्यो । बचराहरु † कम्ती बिजोग भएर मेरे †’ उसले लामो सास फर्ेर्दै भनी- ‘बिचाराहरुको आत्माले शान्ती पावस । म त यही चाहन्छु ।’
‘खै के फाल्यौ -’ उसको कुराले मेरो शरीर जीरीङ्ग भइसकेको थियो । डरैसरी मैले सोधे ।
‘उ नाङ्गै देखेनौ भर्ुइमाथर्ीर् इटाको सत्ता - छिः कस्तो घुडा पो दख्यो । खै त्रि्रो खुट्टा अली परतिर सार त, घुडा कुजीएला झै भयो । खै के फाल्यो -’ पलेटीबाट खुट्टा फुकाएर तन्काएर छरीएको तासमाथी आंखा घुमाउदै भनी ।
‘पख न, थुक्क † मरेर फेरी सत्तै आएछ, ल यही सत्ता, कति प्वायन्ट छ त्रि्रो, लाग्छ -’ मैले सोधे ।
‘दश जति होला,’ उसले हातको तास हर्ेर्दै अन्दाजमा भनी ।
‘त्रि्रो जहानलाई मार्ने अपराधीहरुलाई कार्वाही भयो त -’ मैले पुनः प्रसंग जोडे ।
‘जनसरकार भनेर एकातिर उनीहरुकै सरकार छ, अर्कातिर सरकार भनेका हामी भनेर अर्का छन । अव कसलाई उजुरी गरेर कार्बाही हुने - यो जुनीमा त त्यतीकै होला ।’ आफ्नो आंखा नजीकै तास लागेर मिलाउदै भनी ।
योवेला उसको अनुहारभरी हरेशभाव देखिन्थ्यो । उसको अनुहारभरी अभाव र लाचार प्रष्टै थियो । आंशु पोखीने ठाउमा कसैको कोठी बसेको छ भने उसले जीवनमा धेरै रुनर्ुपर्छ भन्ने मैले सानैमा सुनेको थिए । यतीको सफा र भरीलो अनुहार, सबैले मन पर्ने खालको ठूल्ठूला आंखाको माझमा चिटिक्क परेको नाक, सलक्क परेका औलाहरु, तर कस्तो खुनी भाग्य † भगुवान पनि कति पक्ष्ँपाती † उसको गालाको कोठी आंशु बग्ने खोल्सीमै देखेर मैले मनमनै कुरा खेलाउन थाले ।
‘खै - के फाल्ने, छिटो फाल न ।’ मेरो मनभित्र खेलीरहेको कुरा उसलाई थाह थिएन । उसले आफ्नो हतार देखाई ।
‘के फाल्ने र - एउटै मिल्ने तास छैन । जे फाले पनि कुरो एउटै हो । ल चिडीको बास्सा आयो, लाग्छ -’ फाल्टो तास फाल्दै मैले भने ।
‘तिमी त सार्है अन्तरात्मा बुझ्ने मान्छे पो रहेछौ, बाबै † मैले दिएको तिनवटा तास तिमीले लिइसक्यो । तर, मलाई मिल्ने एकपत्ति फालेको छैनौ, क्या बाठो ।’ उसले तास थुत्दै भनी ।
‘के यो गाउमा आतंकवादीहरु सांच्चै नै धेरै छन -’ मैले पुनः प्रसंगलाई जोडे ।
‘त्यही भएरै त आर्मीको क्याम्प यस गाउमा सरेको छ । गाउमा कोही मर्दहरु छैनन । आस्ती भरखरसम्म खेती उव्जाउने ठाउमा आतंककारीहरु ट्रेनीङ गर्थे । बस्तु चरनमा आर्मीको व्यारेक थियो । यस्तो ठाउमा को बस्न सक्छ ल तिमी नै भन त - त्यही भएर लोग्नेमान्छेहरु कोही छैनन । खै † देशमा शान्ति आयो भन्छन तर गाउका ठिटाहरु अझै आएका छैनन । अहिले यो गाउमा हामी जति छौ, सबै महिलाहरु मात्र छौ ।’ उसले भनी ।
‘तिमीहरुलाई चाही केही गर्दैनन -’ मैले फेरी प्रश्न गरे ।
‘किन नगर्नु नि । वेलावेला दुःख दिन आइरहन्छन नि । देवताजस्तो मेरो जहानलाई त गुमाए भने अव लोभ गर्न नै मसंग के छ र - जे गर्न मन लाग्छ गर भन्दिन्छु । चुपचाप आउछन, जान्छन,’ उसले भनी ।
‘यस्तो डर धम्कीमा बस्नु भन्दा त काठमाण्डौतिर जानु नि ।’ मैले सुझाव दिए ।
‘उहां गएर के गर्नु नि - जागीर खानलाई पढेकी छैन । जता गएपनि पैसा र आफ्नै मान्छे चाहिन्छ । जहानको हत्य भइसकेपछि त घरबाट पनि अलच्छीनी भनेर निकाले । जीउ पाल्न भाडामा यो होटल चलाउदैछु । होटल चलेको देखेर सुरुमा त घरधनी आफैले चलाउने कुरा गर्दै थियो । तर, अहिले व्यापार ठप्पै छ, त्यसैले उ चुप छ । माइती जाउ- सानो घराना, अन्त जाउ जाने कहां - कर्मै उस्तो । भनीहाले नि- गाउमा बिधुवी म मात्र हैन भनेर आफ्नो चित्त बुझाउछु । काठमाण्डौ गएर सबैलाई आफ्नो दुःख किन देखाउनु - पाए समुद्रपारै जाने, हैन भने यो एक जुनीलाई यतै ठिक छ ।’ उसले फेरी लामो सास फर्दै भनी ।
‘तिमी त छक्क पर्यो नि । छिटो फाल न, कि ‘शो’ भयो -’ उसको कुराले म झस्किए । रातको एक बजेको हुदो हो, मलाई झपझप न्रि्रा लाग्न थालीसकेको थियो । यतीवेला मेरो ध्यान तासमा भन्दा तिनबर्षेखी एक्लै घर चलाउदै आएकी शुष्मीता माथी बढी थियो । घरमा पुरुष नभए नारीले कस्तो चुनौती भोग्नु पर्छ भन्ने चित्र मैले यहीबेला देखेको थिए । थकीत मात्र थिइन, गाउघरको कुराले गाउ पुग्ने मेरो उत्साह नै पनि हराइसकेको थियो ।
‘के फाल्यो खै -’ उसको कुराले म फेरी झस्किए ।
‘थुक्क † यो हातले कहिले पो मिल्ने पत्ति थुतेको छ र † ल यो लाग्छ -’ बुङबाट थुतेको भोटोको चौका, जुन माल थियो, त्यही तास माल नठानेर कञ्जुर्साई गर्दै भुइमा खसाए ।
‘बल्ल यसैले ‘शो’ भयो भन्दै मैले फालेकै पत्ति टिपेर मिलाउदै तास भुइमाथी फिजाई । फिजाइएको तास हेरे- ‘शो’ भइसकेको थिएन । ‘तास राम्रो हेर है, ‘शो’ भइसकेको छैन, फाइन तिर्नु पर्ला नि †’ मैले उसतिर थोरै जोसीएर भने ।
तर, अनौठौ लाग्ने कुरा- योवेला उ पुरै नङ्गीएर मतिरै हर्ेर्दै एकपाराले हासीरहेकी थिई । अकमक्क पर्दै म उसलाई हर्ेन थाले । धिपधिप गर्दै बलीरहेको टुकीलाई खिसिक्क हास्दै उसले निभाई । छिनभरमै कोठा अन्धकार भयो । त्यस अन्धकारभित्र छोटो खित्का छोडेर टेलीनु बाहेक मेरो मस्तिष्कले अरु केही भ्याउन सकेन र म पनि खित्त हासे । त्यसपछि भने म चमेनाघरमा छु जस्तो पटक्कै लागेन ।
(c) Nepalipost.com