१९७ भानु जयन्ति तथा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न ।

10:15 am


१९७ औ भानु जयन्तिको अवसर पारेर अनेसास यूएई च्याप्टरले गत शुक्रवार २३ तारिख २०१० का दिन अबुधावी स्थित केरला सेन्टरमा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न गर्
र्यो ।
यूएईका लागि नेपाली राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता अनेसास यूएईका कार्यवाह अध्यक्ष षेश नारायण
षिशेषले गरेका थिए भने स्वागत मन्तब्य कार्यक्रम संयोजक अाजान बोहोरा चतुरेले गरेका थिए ।
उक्त साहित्यिक समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साहित्यकार पत्रकार तथा कविता गोष्ठिमा भाग लिन आएका प्रतियोगिहरुको सहभागीता रहेको थियो ।
प्रमुख अतिथि तथा सभापतिद्धारा भानुभक्तको तस्विरमा माल्यापण गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
भानुभक्तको जिवनी र उनको बारेमा च्याप्टरका महासचिव गिरधारी रिजाले बताएका थिए भने संस्थाको परिचय तथा संस्था एकिकरण हुनुको कारण साथै एकिकरण बारे औपचारिक घोषणा अनेसास यूएईका संरक्षक खेमनाथ पौडेलले प्रस्टाएका थिए ।
यूएईमा अस्तित्वमा रहेका करिव ५ वटा साहित्यिक संस्थालाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा एकिकरण गराउन मुख्य भुमिका निर्वाह गर्ने जाकिर हुसैन दल विर िसंह बराईली पि।एस लिम्बु दिपक अधिकारी तथा खेमनाथ पौडेललाई अनेसास यूएई च्याप्टरले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको थियो ।
जाकिर हुसैनद्धारा सम्पादीत तत्कालिन नेपाली साहित्य तथा साँस्कृतिक परिषदु यूएइ द्धारा प्रकाशित अध्यारो कथा संग्रह तथा सोही परिषदद्धारा प्रकाशित साहित्यिक पत्रिका स्मारिका प्रमुख अतिथी तथा सभापतिद्धारा विमोचन गरिएको थियो । उत्त अध्यारो कथा संग्रहमा यूएईमा रहेका करिव १८ जना कविहरु कथा रहेको विमोचित कृतिको बारे मन्तव्य दिने क्रममा जाकिर हुसैनले बताए । तत्कालिन नेपाली साहित्य तथा साँस्कृतिक परिषदु यूएइले प्रकाशित गरेता पनि यो कृती अनेसास यूएई च्याप्टरलेनै प्रकाशनमा ल्याएको हुसैनले वताए ।
दोश्रो चरणको कार्यक्रममा यूएई ब्यापी कविता प्रतियोगिता भएको थियो जसमा यूएईमा छरिएर रहेका १५ जना कविहरुको कविता प्रतियोगितामा सामेल गराईएको थियो ।
कविहरु अर्जुन दाहाल बसन्तमोहन अधिकरी बसन्त थापा जिवन भानु दलाल क्षेत्री चेतन कार्की चिरन्जिवी सुवेदी दिपक राज नेम्वाङ्ग दिपक खड्का दिनेश आचार्य माधव भट्टराई माईनस प्लस संग्रौला राजेन्द्र प्रसाद न्यौपाने शालीक राम पन्थ सुजन घायाल कैलाश राई आदिले कविता प्रतियोगितामा भाग लिएका थिए भने विभिन्न कारणले कविता प्रतियोगितामा उपस्थित नभएका श्रष्टाहरुको कविता संचालकले वाचन गरेर सुनाएका थिए तर ति कविताहरु प्रतियोगितामा सामेल गराईएको थिएन ।
कविता प्रतियोगितामा किन म ढुङ्गा जन्मन सकिन भन्ने शिर्षकको कविता वाचन गर्ने माधव भट्टराई प्रथम भएका थिए भने दिपक राज नेम्वाङ्ग दोश्रो तथा दिनेश आचार्य तेश्रो भएका थिए शान्त्वना पुरस्कार अर्जुन दाहाललाई दिईएको थियो । प्रथम द्धितिय तथा तृतिय हुने कविहरुलाई क्रमश नेरु ५ हजार ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
निर्णायक मण्डलमा जाकिर हुसैन दलविर िसंह बराइली धनकुटे कान्छा रहेका थिए ।
टेक थजाली मगर गिर धारी रिजाल उमेश राई घायल लिल गुरुङ्ग दिपक अधिकारी धनकुटे कान्छा आदिले अप्रतियोगी कविता वाचन गरेका थिए ।
प्रमुख अतिथी महामहिम अर्जुन बहादुर थापाले आफ्नो मन्तब्यमा प्रवासमा साहित्यिक कार्यक्रमको प्रशंसा गर्नुका साथै नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिनु भएको थियो भने एनआरएन एन सी सीका कोषाध्यक्ष जेपी सापकोटाले अनेसास यूएई च्याप्टरले र एनआरएनले मिलेर साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार गर्ने गरोस् त्यस्तै दिपक अधिकारीले भानुभक्तको जन्मजयन्ति विभिन्न देशहरुमा मनाउदै आएका छौ तर भानुको जन्म स्थान भग्नावेश भएको अवस्था छ त्यसैले विभिन्न साहित्यिक संस्थाहरुले सक्दो सहयोग गर्न पहल गरीयोस भनेका थिए ।
कार्यक्रम साँझ ५ बजे सुरु भई राती ९ बजे समापन भएको थियो । पहिलो चरणको कार्यक्रम संस्थाका महा सचिव गिरधारी रिजालले संचालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम संस्थाका प्रकाशन विभाग प्रमुख निमेश गिरीले साचालन गरेका थिए । कार्यक्रमको संयोजक अाजान बोहोरा चतुरे थिए भने कार्यक्रम व्यवस्थापन संस्थाका कोषाध्यक्ष कपिल खड्का र सचिव जिवन कोईरालाले गरेका थिए ।

 

विभिन्न निर्णयहरु सहित अनेसास यूएईको बैठक सम्पन्न

4:53 pm

गत शुक्रवार दुबईको नेपाली रेष्टुरेण्टमा सभापति बालचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न बैठकले महत्वपूर्ण निर्णयहरु सहित विभिन्न समितिको गठन गर्दै सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिको सदस्यमा कृष्णप्रसाद देवकोटा दयालु लाई चयन गरेको छ ।

आगामी भानुजयन्तिको अवसर पारेर प्रवासी कविता संग्रह भाग-२ प्रकाशनका लागि कृष्णप्रसाद देवकोटा ‘दयालु’को संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु केदार श्रेष्ठ, जगन्नाथ पौडेल, टेक थजाली मगर र कासीराम पाण्डे रहनु भएकोछ । यसैगरी भानुजयन्तीकै अवसरमा युएईस्थित कविहरु मार्फत कविता वाचन कार्यक्रमका लागि सभापति वालचन्द्र पोख्रेलको संयोजकत्वमा गठित अनेसास युएईका सल्लाहकार जाकिर हुसैन, शंकर ज्ञवाली, प्रकाश भट्टराई तथा खेमनाथ पौडेल रहनु भएकोछ ।

त्यसैगरी उपसभापति असीम महतको संयोजकत्वमा साँस्कृतिक समिति समेत गठन गरिएकोछ । सो समितिको जिम्मेवारी कोषाध्यक्ष कृष्ण प्रसाद अर्याल सदस्यहरु चिरन्जिवी पाण्डे डि.की.तामाङ र कासीराम पाण्डेलाई  दिएको छ । बैठकले उपसभापति परशुराम खराललाई साहित्यक फाँटको जिम्मेवारी तोकेको छ भने कोषाध्यक्ष कृष्ण प्रसाद अर्यालको संयोजकत्वमा दुई सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ । यूएईमा छरिएर रहेका साहित्यकारहरुलाई अझै बृहतरुपमा सहभागी गराउँदै ब्यापक सदस्यता प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सोही बैठकले अनेसास केन्द्रको मुखपत्र "अन्र्तदृष्टी" त्रैमाशिकलाई यूएईको नेपाली साहित्यकारहरु माझ ल्याउन पहल गर्ने र उक्त पत्रिकाको ब्यापकरुपमा प्रचार प्रसार गरी आवश्यक पर्ने साहित्यिक लेख रचनाहरु संकलन गरी प्रकाशन समितिलाई पठाउने समेत निर्णय गरेको छ । 

आदरणिय विद्धान, विभुषी, साहित्यप्रेमी, समाजसेवि मित्रहरु

 
अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूर्एइ च्याप्टरले आदीकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर प्रवासी कविता सँग्रह भाग २ प्रकाशन गर्न लागेको हुँदा उक्त कविता सँग्रहको लागि कविता, गजल, गीत उपलब्ध गर्राईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
१)         कविता सकेसम्म नेपाली प्रिती फन्टमा र्टाईप गरी वा सफा बुझ्ने अक्षरले लेखी सम्वन्धीत तोकिएको स्थान वा इमेलबाट पठाउन सक्नुहुने छ ।
२)         कविता विश्वको कुनै पनि क्षेत्रमा बसोवास गर्नु हुने नेपाली साहित्यकारहरुले पठाउन सक्नुहुने छ ।
३)         कविता पठाउँदा प्रष्टरुपमा लेखकको नाम र फोटो सहित उपलब्ध गराउनु पर्ने छ ।
४)         प्राप्त भएको कविता प्रकाशन गर्ने वा नगर्ने अधिकार सम्पादकिय मण्डलमा रहने छ ।
५)         प्राप्त भएका कविताहरु प्रकाशित नभएमा पीता हुने छैन ।
६)         कुनै पत्र पत्रिका वा वेभ र्साईटहरुमा प्रकाशित नभएका कविताहरुमा प्रकाशित गरिने छ ।
७)         २००९ अप्रिल महिनाको अन्तिम साता सम्म कविताहरु उपलब्ध गर्राईसक्नु पर्ने छ ।
संयोजक
कृष्ण देवकोटा
कविता प्रकाशन समिति
अनेसास यूर्एइ च्याप्टर, यूर्एइ
इमेल ठेगाना,
inlsuae2065@yahoo.com

गजल

6:53 am

जलाइ दिए मेरो लाश, कसैलाई चिन्न नदिनु,
म मरेको बर्षदिनमा, पिन्न नदिनु ।
म मरेनी आत्मा मेरो, भेट्न आउला तिमीलाई,
काँडा चंापी बाटो भरी, हिडन नदिनु ।
धेरै धन कमाएर, पर्खिबस्छु र्स्वर्गतिर,
तिम्रो मुटु कसैलाई, किन्न नदिनु ।
धनि घरान हात माग्न, आउन सक्छन आगनमा,
सिन्दुर भर्ने कुराकानी, छिन्न नदिनु ।
खुशीसाथ जीवन जिए, र्स्वर्गबाट कामना छ ।
तिम्रो मन हुन कहिल्यै, खिन्न नदिनु ।
म मरेको बर्षदिनमा, पिन्न नदिनु ।

असीम महत, गुल्मी
हाल दुवई

Email: birahiabiral@yahoo.com

गजल

बसन्त मोहन अधिकारी
यू ए इ

संसारको जीवन कुल्चने कार रहेछु ।
उतम प्राणी मनुस्यको आकार रहेछु
यहाँ हत्या, हिसां आतंकको सृजना गर्ने
आज म आपनै जीवनमा धिक्कार रहेछु ।
यो दुःख, आँसु, व्यथा पिडाहरुको जीवन,
आफै मानव रुवाउने चित्कार रहेछु ।
कामवासनामा यो जीवनको रड्ग खोज्दा,
यो रड्ग उडाउने म बल्तकार रहेछु ।
आपनै  दुराचर, व्यभिचार कार्यहरुमा,
सुःख शान्ति भत्काउने हाहाकार रहेछु ।
प्र्राकृति प्रदान आन्नदित जीवन अन्त
रोदन बनाउने म सिल्पकार रहेछ् ।
यो भ्रस्टचार र बल्तकारको बिज रोपी,
हत्या हिसां सगै नाच्ने  कलाकार रहेछु ।
आज संसारकै उतम प्राणी कहलीइ,
जगत विनासको म सरकार रहेछु ।

अन्तिम विदाईको सम्झनामा

5:31 am

साँचो अनि सत्य………….. जीवनको १९ औं वसन्त पार गरिसक्दा नि मलाई बिछोडको पल थाह थिएन। बिछोडको दर्दानाक पीडाहरुको अनुभुतिबारे म अनविज्ञ नै थिए। तर आज आकास्मात पाएको बिछोडको चोटले मेरो जीवन निल्नु न ओकाल्नु सावित भएको छ।सुनसान रात अनि अन्धकारमय जीवन लिएर एक्लै यात्रा गर्नु सिवाय अरु केही गर्न नसक्ने भाको छु म………..।रातको ओसिलो बतास र सुनसान वातवरणसँग मितेरी गाँस्दै हरपल रोईरहेछु मेरो साथमा सारा प्रकृति नै रोईरहेछ। प्रसंगवस्तु केही बर्ष अगाडीको हो।जतिबेला मैले बिध्यार्थी जीवन यापन गरिरहेको थिए।सायद माया र जीवन एक अर्काको पर्ययावाची नै भएर होला म पनि त्यसबाट अछुतो रहन मन लागेन।सृष्टिको नियम नै भएर होला या बाटो एउटै आउँदा जाँदा सँगै-सँगै कति बेला माया बसिसकेछ पत्तै भएन।अन्तत: चाहनालाई राखी राख्न मन लागेन एउटा चिठी पठाएl शरद ऋतुको आगमनसँगै उनले त्यस पत्रको प्रतिउत्तर पठाईन। यसरी नै शुरु भएको थियो थियो हाम्रो वियोगान्त प्रेमकाहनी… …………..।दिनहरु क्रमश: बित्दै गईरहेको थियो।समयसँगै निलकाँडाको झ्याङ झ्यागिंए जस्तै हाम्रो प्रेम पनि झ्यागिदै गयो। लाग्थ्यो की जीवनले बिस्तारै सफलताको सिंढी चढिरहेछ। अब हामी मेला पात घाँस दाउरामा पनि भेट भई मीठा मीठा गफ हरु गर्थ्यौ।घँlस दाउराको भारी पुर्याउनमा एकले अर्कालाई सहयोग गर्थ्यौ।मेरो सारा सुख दु:खको साथी नै उनी भईन।हामी यति नजीक भयौ की मैले आँशु बगाएको बेला उनी पुछीदिन्थिन् मेरो मुटु भक्कानिएमा म रोईदिन्थिन्। कति सोझो र सरल ब्यवहार ….कति सोझी र ईमान्दार छे । वास्तावमा भन्नु पर्दा उनी इतिहासको भृकुटी र कथा शास्त्रको सीता भन्दा कम थिइन उनको बोलीचाली र लक्षणहरु………..। हामी समय र परिस्थिति मिलाएर भेट भईरहन्थ्यौ।जुन बेला हाम्रो विध्यालयको छुट्टी हुन्थ्यो।हामी १ भएर धेरै मीठा मीठा प्रेमको गफहरु गर्ने गर्थ्यौ।कहिले दानाबारी कहिले बगर त कहिले बाटाबाटै गफ गर्दै भेटको समय कटा उँथ्यौ । मेरो लागि उनी अमुल्य मोती थिईन उनको लागि म मुल्यवान हीरा थिए।हामी एक अर्काको चाहना थियौ।हाम्रो लक्ष्य एउटै थियो चाहे सुखमा होस चाहे दु:खमा होस्।हामी सानो खुसीको श्रेय पनि एकअर्कालाई नै सम्झन्थ्यौ।हामीबीच आएका दु:ख कष्टहरुलाई एक साथ संघर्ष गर्थ्यौ।र पनि हामीबीच संघर्षका पहाडहरु थिए। बिध्याथी जीवन त छँदै थियो घरायसी समस्यहरु पनि टड्कारो नै थिए।हाम्रो प्रेममा बाधा र अड्चनहरु पनि नआएका हैनन् तर हामी ती सबलाई समायोजन गरि अगाडी बढेका थियौ।उनी कक्षा सातमा अध्यायन गर्थिन म कक्षा आठमा पढ्थे। मलाई उनको मुहारको दर्शन गरिरहन मन लाग्थ्यो।त्यसैले म बिध्यालय घुम्ने निहुँमा बाहिर निस्केर झ्यालबाट चियाउँथे। उनी पनि कहिलेकाही बाहिर निस्कँदै मलाई नजर लगाउँथिन् l हामी बीच अतृप्त प्यास थियो एक अर्काको मुहार हेर्नलाई ..।वास्तावमा उनीसँग मेरो विछट्टै सुन्दर पिरतीको संसार थियो। यसरी नै हाँसो खुसीकोसाथ जीवनको यात्राका लम्बाईहरु नापीरहेथ्यौ।हाम्रो लक्ष्य र गन्तव्य पुग्नलाई कदमहरु अगाडी बढाइर- हेथ्यौ।र पनि हामीबीच वार्लिनको पर्खाल झै एउटा सिमाना थियो।जुन सीमाना गरिब र अमीरको थियो।म गरिब परिवारको सदस्य थिए।उनी धनी परिवारको एक मात्र छोरी थिईन् ।मलाई घरी घरी यही समस्याले सताउने गर्थ्यौ।आर्थिक हिसाबले हामी आकाश पातालको फरक थियौ।मैले उनलाई यसबारे नप्रष्ट्याएको पनि हैन।तर उनले भन्थिन्“ सम्झ साजन…………..म एउटी मुना हुँ ।अनि म सावित्री बन्न चाहन्छु।सम्पतिको नाममा करोडौ होस् तर आत्मिक सन्तुष्टि नै छैन भने उसको जीवनको अर्थ नै रहन्न।साग सिस्नो नै किन नखाऊव तर पवित्र प्रेमको छत्रछाँयामा त्यो दुधभात समान हुन्छ।,,उनको यस्तो प्रभावत्तोजक वाक्यहरुले मेरो हृदय ढक्क फुलिएर आउँथ्यो। त्यस बेला म आफैलाई काँतार भएको महसुस गर्थे।सँlच्ची सच्चा र पवित्र प्रेममा सम्पतिको चाह हुन्न रहेछ।भौतिक सुविधा भन्दा आत्मिक सन्तुष्टी नै प्यारो हुनेरहेछ।यो संसार सायद आफ्नो जीवनलाई प्रेममा समर्पण गर्ने यस्ता हस्तीहरुले नै ईतिहासका लैला मजनु र मुना मदन बनेको हुनुपर्छ। यस्ता व्यवहारिकर मायाको कुराहरु गर्दै हामीले धरै समय बिताउथ्यौ। एक दिनको कुरा हो। मेरो परिक्षा सकिएकोले म प्रश्न पत्रमा आफुले हल गरेका उत्तरहरुको संकलन गरिरहेको थिए। बहिनी सबि आएर मलाई पत्र थमाईदिईन् ।मैले खोलेर हेरे त्यो पत्रमा लेखिएको थियो। दिनाङ्क : आजकै जुन दिन नै हजुरले पत्र पाउनु हुन्छ पक्कै। प्राणेश्वर साजन…………………………………….। धेरै धेरै माया साथै चुम्बन।तपईसँग बिताएका रमाईला पलहरुले हरसमय झस्काईरहन्छ।यो ढुकढुकीसँगै मुटुको पाना पल्टाउदै जाँदा सम्हाली नसक्नुको सम्झनाहरु भेट्छु म…….।चाहे हजारौ भीडमा रहुँ…..चाहे एकान्तमा बसुँ तपाईसँग बिताएका पलहरु भुल्न सक्दिन खै अञ्जानैमा कति धेरै माया बस्यो। यो आँखा भित्र सदा सदा तपाईको मुहार राखीरहन मन लागिसक्यो।तर साजन ……..त्यो अवसर कहिले दिने मलाई…….? तपाईप्रतिको मायाकिन हो किना वर्खा मासको भेलबाढी झै उर्ले झै बढिरहेछ सुदिन या कुदिनले हो त्यो भने थाह भएन।साजन………जब हाम्रो परिक्षा सकियो। त्यहाँबाट तपाई म बाट ओझल हुनभएको छ।म तपाईलाई भेट्न तपाईको गाउँ आउन मन लाग्छ तर नारी जातीहरुको ईज्यत सियोको टुप्पामा हुन्छ भन्छन् त्यसैले आउन डर लाग्छ।धेरै छट्पटी हुन्छ तर पनि चाहनालाई दबाउन बाध्य छु। यसरी नै सारा दिनहरुलाई लत्याउदै जीवनको पलहरुलाई जिउदैछु। जे होस् तपाईसँग भेट्ने र मीठा मीठा गफहरु गरि समय बिताउने चाहनालाई मनभरि पालेर राखेको छु।त्यसैले यो चैत्र १५ गते तपाई जसरी हुन्छ दानाबारी चौतारीमा आउनुस् है………।बेलुकी राति ९ बजे बाट १० बजेसम्ममा आइसक्नु होला।म हजुरकै प्रतिक्षामा बसीरहेको हुनेछु।सारा जीवनको रामायण त्यसबेला नै भनुँला।हवस्त म हजुरको सीता (नानु) पत्रलाई १ पटक २ पटक गर्दै धेरै पटक हेरे अनि पर्समा सजाए ताकी चाहेको बेला तुरुन्त हेर्न सकियोस्।म यति धेरै खुसी भए की भोली नै उनको निम्ता पाएको थिए।मेरो खुट्टाहरु भुइँमा नै थिएन।जे होस् उनी र म बीच छोटो समयमा नै अमिट र गाढा माया बसिसकेको थियो। आह..मेरो विश्वासको पात्र ….जुनी जुनीको संगिनी..कतिअटुट माया र स्नेह छ हामीबीच । उनी जस्ती सोझी र आदर्श प्रेमीका पाउने म कति भाग्यमानी…………. .! अझ भविश्यमा पनि जन्म जन्म हाँसीरहूँ ………..बाँचिरहूँ……..।यस्त कुराहरुलाई कल्पना र यथार्थमा सम्झँदै र भोग्दै समय बित्दै गयो। नभन्दै १५ गतेपनि भयो। दिनभरीको काम पश्चात राती म उनलाई भेट्न भनि जान तयार भए।सानो टर्चलाईटको साहरामा ओरालो झर्न थाले।रlत बिस्तारै बिस्तारै चकमन्नतामा परिणत हुदै थियो।औंसीको रात अन्धकारमा म एक्लै लरखराउदै झर्दै थिए।बाटैमा देवीथान र देउराली पर्दथ्यो।मन भरी उनीसँगै जीवन बिताउने कामना गर्दै देवी देउराली भाके सारा जीवन सुखमय बनाउने लक्ष्य मनभरी पालेर.।जब म दानाबारी चौतारीमा आईपुगे।तर त्यहाँ उनको उपस्थिति थिएन।म चुपचाप उनको प्रतिक्षा गर्न थाले।अन्धकार र सुनसान रातमा त्यहाँ म पर्खने क्रममा चिसो ढुङ्गामा बस्नु सिवाय मेरो अरु केही उपाय थिएन।तै पनि उनी आउने बाटो हेर्दै बस्नु नै थियो।समय थाहै नपाई रातको ११ भएछ। यतिका बेला सम्म उनको आगमनको कुनै अत्तोपत्तो थिएन।जे होस् आशामा बाँचेको जिन्दगी किन यति चाँडै फर्कन मान्थ्यो र………! आफैले आफैलाई सम्झाए छोरी मान्छे भएर कसरी बाबु माईतीको अगाडी नै निस्कनु…….? अलिकति ढिलो छिटो त हुन्छ नै ….यति टाढा उकलो बाटो एक्लै आउन पनि त समस्या हुन्छ सायद साथी खोज्न गईन् होली…..। भएन म चौतारीमा तौलीय बिच्छ्याउदै सुत्न तरखरमा लागे। तर आँखाहरु भने ओराली हेर्नमा नै पुग्थे कतै आउदैछिनकी भनेर…………..रात धेरै बितिसकेको थियो। तर अहँ उनी आइनन् । त …….ल बेंशीमा टर्च लाईट बालेको देखेर त्यस तर्फ मैले पनि लाईट बालीदिए।तर मिथ्य …….प्रतिउत्तरमा बेगारी केटाहरको गाली र लाईटकै प्रकाश मात्र पाए।मेरो आँखाहरु ओराली हेर्नमा नै ब्यस्त रहन थाले।उनको आगमनको पतिक्षामा बसेको यो आँखाले अझै उनको बाटो हेर्न छाडेको थिएन।भनौ की उनको प्रतिक्षामा यो मन थाकेको थिएन।चकमन्न र अँध्यारोले चारैतिर साम्राज्य फैलाईसकेको थियो।तर पनि म मनलाई सान्त्वना दिदै बसिरहे………………..बसिरहे……..। नभन्दा नभन्दै घडीले १२ बजेको संकेत दियो।अहँ यतिका लामो अवधिसम्म पतिक्षा गर्दा पनि उनी आईनन् ।एकातिर उनी नआएकोमा दु:ख लाग्यो अर्को तिर उनी केही त भईनन्? भन्ने पीर र चिन्ताले सताउन थाल्यो। मुटुभरीको माया र विश्वासहरु आज क्षितिजपारीको यात्रामा निस्कन लाग्दै थिए।फेरी तितो सत्य जहाँ जस्तो परिस्थिति होस् तर मान्छेको मनमा पापको मात्र बेशी हुन्छ रे…….. मलाई पनि त्यस्तै लाग्योकी मनिसको मन परिवर्तन हुनमा समय नलाग्नेरहेछ।हैन मुटु पनि कस्तो………। अरुलाई सताएर आफु हाँस्न म पराउने।नारी जातीको मुटु त कोमल हुन्छ रे सुनेको थिए तर आज त ठीक विपरीत पाए……।आSssss.. म चुपचाप उकालो लाग्न विवश भए।आज अनायस जीवनमा चोट पाएर हो या मानसिक चिन्ता परेर हो उकालोको बाटो नाप्न मेरा खुट्टाहरु असफल भईरहेका थिए।खुट्टा त के आज मेरो जीवनमा माया नै गलेको थियो। आज मलाई लागिरहेथ्यो की बियोग र बिछोडमा जीवन फसिरहेछ।सायद यसलाई रहर या बाध्यता त्यो त भविश्यको गर्भमा नै थियो।उनीसँगको प्रेम संसारमा रहँदा,उनीसँग हातेमालो गरेर अगाडी बढ्दा त जीवनमा सदा सदा त्यसरी नै खुसीले सधै चुमीरहनेछ जस्तो लागेको थियो तर जीवन कहाँ एकरुपमा चलिरहनेरहेछ र …….।आँशु हाँसो मिलन बिछोड त जीवनको संगम रहेछ।दु:खलाई सधै तिलाञ्जली दिन चाहन्थे तर दु:ख मेरो साथ नै रहेछ।खुसीका पलहरु क्षितिज पारी बिलाएछ।मनमा कुरा खेलाउँदा खेलाउँदै कतिखेर घर आईपुगिएछ थाहै भएन।म ओछ्यान लगाएर सुते मनभरी चोट सहेर…..।आज पटक्कै निद पनि आईरहेको थिएन मन भरी उही म माथि खेलीएको घटना आईरहेथ्यो। भोली बिहान म मेरो कर्म धन्दामा थिए जहाँ मेरो गरिबता थियो।करिब १० बजेको हुँदो हो चैत्र मासको हुरीले पतकर उडाए झै डौडिएर मायाले मलाई हातमा पत्र थमाई दिईन् (अत्यन्यै जरुरी) लेखेको पत्रमा हस्ताक्षर सीताको थियो।हतार हतार पत्र खोलेर हेर्न मात्र के लागेको थिए पत्र बीचैमा च्यातियो।म झस्किए किनकी यस्तो पत्र च्यातिएमा अनर्थ पो हुन्छ रे भनेको सुनेको थिए।तैपनि पत्र मिलाएर पढे त्यहाँ लेखिएको थियो। जीवनको ढुकढकी साजन………। आज समय र परिस्थितिले हामी टाढा भयौ।म तपाईको जीवन संगिनी भई जीवनभर बस्ने चाहनाहरु पाले पनि तपाईको जीवनमा वहार बनेर छाईरहन सकिन।खाली शिशिर झै उजाड पाखा र मरुभुमिको बालुवा जस्तै भयो हाम्रो जीवन।म एउटा ओईलाउन लागेको फुल भए अब शीरमा राखी सजाउन खोजे पनि त्यो असम्भव छ।किन यस्तो…….? भनेर बिचार नगर्नुस् म मेरो वास्ताविकता लेख्न जाँदैछु।हिजो जब म हाम्रो भेट हुने समयमा तपाईलाई भेट्न भनि बाहिर निस्केको मात्र के थिए।परिवारले थाह पाएर मलाई कुट्दै म सुत्ने कोठामा थुनिदिए।मैले तपाईसँग प्रेम गर्नुको सजय दिईयो। धेरै धन सम्पतिको खोक्रो आडम्वर सहित मलाई पिटियो पनि। मेरो शरीर भरी सिमालीको लठ्ठीको निलडामहरु मात्र छन्।म धेरै रोए कराए तर त्यहाँ मेरो बोली सुनिदिने कोही भएन।अन्त्यमा मैले तपाई भन्दा ठुलो यस संसारमा कोही देखिन अनि म जसरी हुन्छ तपाईलाई भेट्न आउने निर्णय गरे।म बिस्तारै झ्यालबाट निस्केर हाम फाल्न मात्र के लागेको थिए र वरण्डको बटमबाट अचानाक मेरो खुट्टा चिप्लियो।फलत : म तल खस्न पुगे। सायद भगवानको पनि दया जागेर होला मेरो खुट्टा भाँचिएछ,मलाई पीडा माथि पीडा भयो।एकातिर तपाईको माया र स्नेहको पीडा थियो भने अर्को तिर म मृत्युको संघारमा रगतको आहालबीच बाँच्नको निम्ति संघर्ष गरिरहेथे साजन……।मलाई यति पीडा भयो की सहनलाई धेरै गाह्रो परिरहेथ्यो।मैले त्यस बेला म आफु नै बाँच्ने आशा कम देखे।अनि मर्नु भन्दा पहिला तपाईको नाम लिन मन लाग्यो किनकी तपाई मेरो हृदयको देवता हुनुहुन्थ्यो।त्यसैले एक पटक साजन……………..!!! भनि चिच्याए।सायद मेरो चीत्कार तपाई समक्ष नपुगे पनि मलाई वन पाखा,कुना, कान्दरा अनि डाँडा काँडाले नै साथ दिए जस्तो लाग्यो।मेरो बारेमा थाह पाएपछि मलाई परिवारले उठाएर घर ल्याए।मलाई त्यस पछि हस्पिटल लाने तयारी गरियो।म मृत्यु सँग संघर्ष गरिरहेछु साजन…………..सायद मेरो हृदयको देवतालाई भेट्न नपाएर होला यो २ मुठी सास पीडा र जलनबीच तड्पी तड्पी बाँचिरहेछ।भगवानले पनि हाम्रो मायामा यति मात्र सही गरिदिएछन् क्यार।साजन म चाहेर पनि हाम्रो प्रेमलाई अगाडी बढाउन सक्दिन ।किनकी मेरो बाँच्ने सम्भावना ज्यादै कम छ। साजन…….. मेरो (बाबा)..! यो जन्ममा सम्पतिको खोक्रो अडम्वर देखाउने पापीहरुको फन्दामा पर्यौ हामी।उम्कन नसकी जीवन जाने भो।तर अर्को जन्ममा म तपाईलाई आफ्नो बनाएर नै छाड्नेछु ।मलाई त्यस बेला दुनियाँको कुनै शक्तिहरुले छेक्न सक्ने छैन किनकी मेरो तपाईसँग प्रेम गर्ने चाहना अधुरै छ।अर्को जन्म म तपाईलाई मेरै बनाउछु कसम मेरो वाचा………….अनि मेरो अन्तिम अवस्थाको दर्शन गर्न र मलाई बिदाई गर्न तपाई जसरी हुन्छ अस्पताल आउनुस् ल।हाम्रि प्रेमलाई सच्चा अनि पवित्र लाग्छ भने आज ४ बजे भित्रमा आईसक्नुस्।जाने बेलामा यो आत्माले तपाईको सुन्दर मुहारको दर्शन गरेर जान पाऊँ………….जबकी अर्को जन्ममा म तपाईलाई नभुलूँ….।यदि दुर्भाग्यवश तपाईलाई देख्न पाईन भने म तड्पीरहनेछु तपाईकै सम्झनामा…. कृपया साजन मलाई यो कष्टबाट मुक्ति दिनुहोस्।म तपाईको गर्शनको अभिलाषामा आँखा बिच्छाईरहनेछु। बस बिदाईको आशामा बस्ने म हजुरको (नानु )नेप्टी पत्र पढीसक्नु भन्द पहिला नै आँशुले सारा पत्र भिजीसकेछ।हिजोको उदास घाउमा आज नुनचुकको सुम्सुमाईएको महसुस गरे भाग्य र समयले पनि मै माथि चाल र जाल खेलिदियो।म दो-धारमा परे किनकी म उनलाई भेट्न जाँदा खुसीले बिदाई गर्न गए जस्तो फेरी नजाँदा मेरै सम्झनामा तड्पी तड्पी………मलाई यो कष्टबाट मुक्ति दिनुस……आज मलाई उनको वास्ताविक मायाले बाटै भरी रुवाईरह्यो धेरै बेर सम्म……………………………। म सरासर खाँदबारी अस्पताल पुगे।उनको पत्र लेखाई अनुसार म ईमर्जेन्सी कोठामा प्रवेश गर्न खोज्दा मलाई त्यहाँ जान डाक्टरहरुले रोके।मैले चिनेको त्यहाँ एक जना डा. प्रकाश श्रेष्ठ पनि हुनुहुन्थ्यो।मैले वहाँलाई सोधे डाक्टर साव…।एक जना बिरामी जो खुट्टा भाँचिएर………..मेरो कुरा कट्दै वहाँले भन्नु भयो।मलाई थाह भयो।उनको बढी नै रगत बगेकोले रगतको अभाव भएको छ। बारम्बार तिम्रै मात्र नाम लिईरहन्छ ।उनको समुहको रगत नपाएकोले अब बाँच्ने आशा क्षिण भएकोले उनलाई हामीले वेड नं.३५मा सारीदिएका छौ।आधा घण्टा भयो बोल्न पनि छाडेकी छिन्।नाइँ……यो हैनplease……. म दौडदै वेड नं ३५ को खोजीम हिडे।एक्कासी मेरा पाईलाहरु रोकिए।मैले उनलाई ज्यादै नाजुक र अचेत अवस्थामा देखे।उनला बाबु र आमा साथै दाई पनि उनको हालत हेरीरहेका थिए।उनी बेहोस अवस्थामा थिईन् म बिस्तारै बिस्तारै उनको छेउमा पुगे उनको यो अवस्था देखेर म दरै बेर रओईरहे…..। म रोएको देखेर उनको परिवार पनि रोए।सबैलाई हकार्न मन लाग्यो।मेरो मन मुटुलाई यस्तो बनाउनेहरुलाई पनि यस्तै बनाईदिन मन लाग्यो। तर के गर्नु र जो नहुनु थियो त्यो भईसकेको थियो।म धरै बेर उनको दयनीय अवस्थाको दर्शक भईरहे ……………भईरहे………….।अनि बिस्तारै बिस्तारै उनको निधार छामे।टाउकोमा पनि चोट थियो। मेरा यि गतिविधीहरुमा आज त उनको परिवारले आवाज उठाएनन् बरु मुक दर्शक भई हेरीरहे। उनको मुहार छामे सुस्तरी….. आँखाबाट नुनिला आँशुका ढिक्काहरु झर्ने क्रममा प्रतिस्पर्धा गरिरहेथे एकापसमा । मैले त्यो अवस्थाको बिचार गर्न उनको नाडीमा हात पुर्याए।तर………? म झस्के।त्यस बेला उनी अलिअलि चल्मलाईन।मैले भने सीता म आए…….।म तिम्रो साजन….. म आए त सीता।होसमा आउ… म आए तिम्रै लागि…..।उनले बिस्तारै आँखा खोलिन् र मुसुक्क मुस्काईन् पीडा मिश्रित मुस्कान ………..।अनि उनको नजरले देब्रेहात हर्न अनुरोध गरिन् ।जहाँ लेखिएको थियो I Love u sajn ।उनी बिस्तारै बोल्न थालिन।साजन मे…रो आ त्मा …धेरै…. शान्ति ……….पाए ।त.पा..ई आ..आउनु अ…..लि ढि…लो …ग…..र्नु भयो।।अड्की अड्की उनी अझे बोल्न खोज्दै थिईन् तर मैले सीता तिमी नबोल भन्दै उनको मुख थुन्ने संकेत मात्र के गरेको थिए।जीवनको अन्तिम घडीमा बसेकी उनले मलाई हेरीरहिन्.. ………………………।सायद सँगै भएर पनि बिछोडिनु पर्दा होला ।आँखाभरी आँशु पारिन्।अनि सासले मात्र साजन……….,,,,,,,,…….. भनिन्। मैले हजुर सीता म यहाँ नै छु त मात्र के भनेको थिए मेरो बोली नै नसुनी उनी यस संसारबाट टाढा भईन्……..।मलाई प्रेमको दुनियाँमा एक्लै पारेर उनी क्षितिज पारी गईन मलाई हेर्दा हर्दै ……………..।हाम्रो पवित्र प्रेमलाई पनि वास्ता नगरी बिदा गरि मलाई यो संसारमा एक्लै छाडेर उनी टाढा भईन्।प्रेमको अटल र सप्तरंङगी महलहरु हेर्दा हर्दै भत्किएर गयो।भनौ मेरो जीवनमा सदा सदा चम्कीरहने चन्द्रमा नै अन्धकारमाझ बिलायो कता गयो कता……..उनको सिउँदो रंगाउने ईच्छा…..उनीसँगै जुनी जुनी हाँसखेल गर्दै जीवन बिताउने चाहना सब भताभुङग भए।कस्तो दु:खद क्षण……………………………..। उनले अस्पतालमा हुँदा बारमबार मेरो नाम लिंदै उनको परिवारलाई सोध्ने गर्थिन् र.साजन आउनु भएन..। उनको अन्तिम होसमा भनिन् रे “यदि साजन आउनु भयो भने अब अर्को जन्ममा सँगै बाँच्ने रे भनिदिनु होला है.।,, उफ…….. …………. कस्तो बज्रपात म माथि……….? म सक्दिन उनी बिनाको जीवन बिताउन….मैले चाहेको मेरो मुटुको टुक्रा आज बेतेको घाटमा जलिरहेको थियो।दाग बत्ती दिएको आगोको लाप्काहरुले मेरो मुटुको टुक्रlको कोमल हात खुट्टlहरुलाई निर्गयी बनेर खाईरहेको थियो।म त बेहोस बेहोस भएछु।होसमा आउँदा मलाई छाडेर उनी त क्षितिज पारी लुकीसकेकी थिईन्।साथमा उनको सम्झना बाहेक म नितान्त एक्लै थिए साँच्चीकै नितान्त एक्लै……………………..।।। खै कसरी भुलूँ म ………..? अतीत सम्झँदा कुनै वेदनायुक्त कथा पढे जस्तो लाग्छ।फेरी आँखा बाट खसेका यी कृतज्ञlको निशानीहरुले हरपल हरपल उही अतीत नियाल्न बाध्य पारी दिन्छ।कति बाँचु म यहाँ परेली भिजाएर…………? जीवनमा पाएको माया पनि आफैले बिदा गरि पठाए।वास्तवमा मैले उनको भेट्ने प्रस्तावलाई नकारी दिएको भए आज हाम्रो जीवन के हुने थियो होला.? त्यही भेटको अभिलाषामा आज हाम्रो प्रेम काहनीको अन्त्य भयो।उनले मलाई छाडेर गएपछि म गन्तव्यविहिन भएको छु । छाती भरी उनकै सम्झनाका लहरहरु मात्र छन्।त्यह तितो स्मृतिलाई संगाल्गै जीवन ब्यथित गरिरहेछु।समयले धेरै वसन्तको पालुवा हरु फेरीसके तर मेरो मन मस्तिष्कमा अझै पनि त्यही घटना मात्र घुमीरहन्छ।म जहाँ जान्छु उनीसँग डुलेको घुमेको क्षणहरु मात्र संगाल्न पुग्छु म……..।आज पनि यो गन्तब्यहीन जीवनलाई पृथ्वीको भार बनाउदै उनीसँगको अ न्तिम विदाईको सम्झनामा बाँचिरहेछु………………………।बस बाँचिरहेछु………………………।बस् म

अनेसास बंगलादेश च्याप्टर स्थापना

8:40 am

बंगलादेश

 

विभिन्न देशमा आफ्ना साखाहरु बिस्तार गर्ने क्रममा अनेसास केन्द्रका सभापति प्रा. मोहन सिटौलाको प्रमुख अतिथिमा बंगलादेशमा अनेसासको च्याप्टर स्थापन भएको

 

वंगलादेशमा रहदै आएका तथा अध्ययन गर्दै गरेका साहित्यिक नेपालीहरुको हालै सम्पन्न भेलाले कुसु क्षेत्री को अध्यक्षतामा कार्यसमिति चयन गरेको जसमा उपाध्यक्ष नवराज चालिसे, महासचिव डा. रविन्द समीर, सचिव श्याम अधिकारी, कोषाध्यक्ष श्रीमती रीता सुवेदी रहेका छन् भने सदस्हरुमा क्रमश श्रीमती अम्बिका राणा, चन्दशेखर प्रसाद, बालकृष्ण गुरुङ्ग, र्सर्न्दभ गिरी अबुल हुसेन अन्सारी, अर्पण श्रेष्ठ तथा सुश्री ममता शेर्पा रहेका छन्

होमनाथ सुवेदीको नयाँ उपन्यास ‘यमपुरीको महल’को र्सार्वजनिकीकरण

8:14 am

राजु सत्याल काठमाडौं

होमनाथ सुवेदीको नयाँ उपन्यास ‘यमपुरीको महल’ले नेपाली उपन्यासको क्षेत्रमा एउटा नयाँ आयाम कोर्न सफल भएको छ । पुस्तक र्सार्वजनिकीकरण समारोहमा म राजु सत्याल पनि उपस्थित हुने अवसर प्राप्त भएको हुँदा यो कार्यक्रममा देखिएका तथा व्यक्त भएका प्रमुख विषयलाई बुँदागत रुपमा स्मरण गराउन लेखिरहेको छु । आशा छ कार्यक्रमप्रतिको जिज्ञासालाई शान्त गर्न केही हदसम्म सफल हुनेछु । आज २०६४/०४/१२/०७को दिन अपरान्ह २ः४५(४ः०० बजे, प्रज्ञा भवन कमलादी, काठमाडौंमा मुख्य अतिथि शिक्षा मन्त्री तथा प्रसिद्ध आख्यानकार प्रदीप नेपालले उपन्यासकार होमनाथ सुवेदीको ‘यमपुरीको महल’को र्सार्वजनिकीकरण गर्नुभयो । कृतिको विवेचना गर्दै वहाँले भन्नु भयो ( यो साहित्यकारले देखेभोगेको यथार्थ हो, यसमा जीवन र मृत्युका पीडा व्याप्त छ अनि यो अमेरिका जान चाहनेले पढ्नु आवश्यक उपन्यास हो र अमेरिकाप्रतिको धारणामा नै परिवर्तन ल्याउन सफल कृति हो । वहाँले थप्नुभयो ‘मैले भेट्दा होमनाथजी सुखी देखेको थिएँ तर उपन्यासमा पीडाको चित्रण छ, उल्टो’ भन्दै कृतिको उच्च मूल्याड्ढन गर्नुभयो । आनन्ददेव भट्ट, ठाकुर पराजुली, टीकाराम अर्याल, रमा शर्मा, विश्वम्भर चञ्चल, डा. हेमाङ्गराज अधिकारी, डा.रामचन्द्र लम्साल, गुहनाथ पौडेल, डा. भूपहरि, कुवेर गर्तौला, रोचक घिमिरे, नगेन्द्र शर्मा, गोपाल पराजुली -कोटेश्वर±बानेश्वर), हिरा बहादुर भण्डारी ‘प्रभात’, उषा सत्याल±रमेश±किरण, पुकार सुवेदी, सागर सुवेदी, कविता सुवेदी, पुष्कर लोहनी, रामबाबु सुवेदी, डा. तुलसी भट्र्टाई आदि सहित पत्रकार, प्राध्यापक, सम्पादक, विद्यार्थी लगायत करीब १५० जनाभन्दा बढीको सहभागिता रहेको सो समारोहमा कृृतिको परिचयात्मक समालोचनामा कृतिको उच्च मूल्याड्ढन गर्दै डा. कुमार कोइरालाले भन्नुभयो( विश्व साहित्यमा प्रस्तुत गर्न सकिने, उच्च किसिमको बेग्लै पहिचान भएको, आफ्नो देश छोडेर पराया देशमा रहँदाका पीडा व्यक्त भएको उपन्यास हो यो । पात्रको मानसिक अवस्था, विचार, धारणाको अटुट प्रवाह पोखिएको, मान्छे भित्रको अहम्लाई यमपुरीको रुपमा चित्रण गरिएको, चरम भौतिकवादी जीवन पद्धतिको चित्रण गरिएको, जीवनको विसंगतिबोध गरिएको, मृत्युको बोध गरिएको, समकालीन राजनैतिक चित्रण गरिएको, जन्मभूमी र कर्मभूमिमा कसलाई बढी माया गर्ने भन्ने विषय आदिमा व्यापक विवेचना गरिएको उपन्यास हो यो । सो समारोहमा लेखक न भए पनि लेखकले अमेरिकाबाट पठाएको सन्देशका दर्ुइ शब्दलाई युवा साहित्यकार युवराज नयाँघरेले पढेर सुनाउनु भएको थियो । कृति समीक्षाको सर्न्दर्भका अर्का वक्ता डा.गोविन्दराज भट्टर्राईले भन्नुभयो( यो ‘यमपुरीको महल’ले उपन्यासको क्षेत्रमा सीमा हीनताको स्थितिको सुरुवात गर्दछ, तेस्रो विश्वका व्यक्ति बाहिर जाने र त्यहाँको भाषा साहित्यले पार्ने प्रभावको अध्ययन गर्दछ, डायास्पोरा साहित्यको नेपालीमा नयाँ टे्रन्ड सेट गर्ने थालनी गर्दछ, दर्ुइ संस्कृति र भूगोलमा रहँदाको पीडाको मनोचित्रण गर्दछ, विचित्र लेखनशैली -अन्तरावलोकन(पात्र स्वयम् आफैले आफैलाई उपहास अवज्ञा र आत्मभर्त्सना गरिरहेको) प्रयोग गर्दछ, तृप्त नहुने भौतिक चेतनालाई प्रस्तुत गर्दछ, र म्याजिक रियालिज्म -जादुइ यथार्थता)को प्रयोग गरेर संरचनागत नवीनता साथ नेपाली उपन्यासको क्षेत्रमा एउटा नयाँ आयाम कोर्न सफल भएको छ । वहाँको विवेचनाले कृतिको भूमिकाले भने जस्तै ‘यो नेपाली साहित्यमा प्रथम डायास्पोरिक उपन्यास हो’ भन्ने कुराकै पुष्टी गर्दै कृतिको उच्च मूल्याड्ढन गरेको थियो । समारोहको सभाध्यक्ष आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतम हुनुहुन्थ्यो । वहाँले कृतिको विवेचना गर्दै भन्नुभयो( ‘यमपुरीको महल’मा रुखबाट उखेलिएको जराले अन्य स्थानमा जरा खोज्न खोजेको अवस्था, चेतन प्रवाहको यथार्थ प्रयोग, अमेरिकामा बसेका नेपालीहरुको यथार्थ पीडाको जीवन चित्रण, चेतन, अर्धचेतन तथा अचेतन मनको अवस्थालाई पात्रका माध्यमबाट सहज रुपमा व्यक्त गरिएको उपन्यास हो भन्दै उच्चकोटीको मूल्याड्ढन गरेर उपन्यास पढ्दा आफूमा परेको प्रभावको वर्ण्र्ाागर्नुभएको थियो । समारोहको उद्घोषक रमेश पौडेल हुनुहुन्थ्यो भने अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका महासचिव वि.बि. सिंहले समारोहमा उपस्थित साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । राजु र्सार्वजनिकीकरण गरिएको कृतिः ‘यमपुरीको महल’ उपन्यास, पृ.१५२, मूल्यः नेरु १७५।०० नेपालमा, विदेशमा डलर ५.००, वितरकः म्ाोर्डन बुक्स अनाम नगर, काठमाडौं, फोनः ०१६९१०४०९

INLS Participates In Bhanu Jayantee Program In Sikkim, India

5:11 am

Gantok, Sikkim, India (13th July, 2007): The 194th Bhanu Jayantee was observed here with all the warmth and , breadth.

The Chief Minister could not come as usual due to the Death of the Sikkim Justiece and Chandra Shekhar ji. But Honorable Mingma Sherpa the Dy Speaker of the Sikkim Assembly was the Chief Guest , and Honorable Minister of Culture and education was the Chair of the whole program and former Honorable MP of the house of Representative of India from Sikki m and a estyablioshed long standing Litterature Mr Bhim Dahal was awarded the Bhanu Award of Rs ( IC) 25 thouisand and golden Trouphy and certificates. Prof Mohan Sitoula, the president of INLS - Central Committee , HQ was recognized and honored as a n special fguest and he was offered to make an address to the very very great state gathering. The Vice Chanceller \\ President of Sikkim Academy , State MlAs NK Pradhan and Punga Bhotiya, and other literary as well as high ranking officials also were duely respected on the occasion. Nepali Sahitya Parishad, Chaired by Kuber Chandra Dahal Program and all the scools and colleges as well as other organizations participated in this gala occasion. It was all with a long procession , with Naoumati Baja , shows and projecions on the long march around Gantok City .The mass meeting was organized in Tashi Namgyal Academy . All thje dignitaries spoke out their excellent wishes and feelings . Prof Mohan Sitoula Highlighted the Global activities Of INLS and invited all to participate in this international Movement of Nepali Identity and unity and progress through the languages and Cultures of the

Nepalese .

He also informed that INLS has started a campaign of Bhanu Memorial Bhawan in the USA and all its 42 Chapters are doing Bhanu Jayantee , Devkota Jayante , Lekhnath and Sama etc winterkalin Kavi Jayantees , Yougakavi and Mahanada and Parijat , Bhuoi Jayantees. He also called all concerened to be ready to organize an INLS-Sikkim Chapter.It has published some 30 books and has offered about 15 different books and literary awards . INLS is a voluntary Org and it has some 200 life members , and 12 trustees/ 35 candidates of Trustees . This is not asserted by any state as such but INLS on its own , As Nepal is a Chapter so will be Sikkim too . Now Sikkim will have to come forward to the international Scenarios of Nepalese Literary and Cultural affairs, he appealed .

 

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको सोह्रौं वाषिर्क साधारण सभा र भ्ाानु जयन्ती तथा पुस्तक पुरस्कारको परिणाम घोषणा -

आज जुलाई १५, २००७ को दिन, अनेसास डिसी च्याप्टरको सहयोगमा उडब्रिज -भर्जिनिया)को रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९४ औं भानु जयन्ती तथा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसासकेन्द्र) को सोह्रौं साधारण सभाकोे उद्घाटन जन कवि केशरी धर्मराज थापाले गर्नुभयो । आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्दै भानुुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो । जन कवि केशरी धर्मराज थापाको आतिथ्यमा भएको सो सभामा कायम मुकायम राजदूूत काल्रि्रसाद पोखरेलले अनेसासबाट प्रकाशित तर्ीथ पान्डेद्वारा लिखित ‘सविता’ खन्ड काव्यको विमोचन गर्नुभयो । विमोचित पुस्तकबारे डा. सुशमा आचार्यले समालोचना गर्नु भएको थियो । अनेसासको यो साधारण सभामा बासु सत्यालबाट प्रस्तुत आयव्यय रिपोर्ट, ग्लोबल नेर्टवर्क कोअर्डिनेटर पुरुषोत्तम सुवेदीबाट अनेसासको प्रगति विवरण, र अनेसास बोर्ड स्ट्रस्टीजका उपसभापति भिमप्रसाद रेग्मीबाट प्रस्तुत अनेसासको आर्टिकल वेभसाइटमा सच्याएर राख्ने प्रस्ताब, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समिति नियमावली २००७, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार प्रायोजक अक्षय कोष संरक्षण नियमावली, २००७ अनुमोदन भयो ।

त्यस अवसरमा अनेसास पुरस्कार समितिका अध्यक्ष सुमनराज तिमसिनाको तर्फाट गोविन्द गिरीले अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको विजेताको नामावली घोषणा यस प्रकार गर्नुभयो । ती यस प्रकार छन्ः-उत्तर आधुनिक ऐना-डा. गोविन्द राज भट्टर्राई - अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, युद्धका छायाहरू- क्षेत्रप्रताप अधिकारी- गण्डकी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, अनाम पहाडमा फनफनी- युवराज नयाँघरे- चेतनाथ घिमिरे मेची अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, कपुरी क- गुहनाथ पौडेल- श्ाारा बाल उत्कृष्ट पुस्तक पुरस्कार, नविर्सने दिनहरू- श्री ओम श्रेष्ठ रोदन- लक्ष्मण सत्याल बागमती अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, च्यात्न नसकेको चिठी-डा. दीपक खड्का- डिल्लीराम तिमसिना नयाँ प्रतिभा उत्कृष्ट पुस्तक पुरस्कार, कविताको संरचनात्मक विश्लेषण-डा. खगेन्द्र प्रसाद लर्ुइटेल-सीता पान्डे कोशी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, म बिनाको मेरो जीवन- कमला प्रर्साईं ढकाल- हरिभक्त कटुवाल गीती कविता उत्कृष्ट पुस्तक, गोलमाल- शिव प्रकाश पौडेल- हास्यव्यंग्य अनन्त उत्कृष्ट पुस्तक पुरस्कार, मधुरिमा-रुकु कार्की- ग्ाोविन्द गिरी नारायणी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, आप्रवासका सुसेली- होमनाथ सुवेदी-रोहिणी शर्मा धवलागिरी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, सानी- श्ार्मिला खड्का- डिल्लीराम तिमसिना-नारी हस्ताक्षर उत्कृष्ट पुस्तक पुरस्कार, संझनाको झरी अमेरिकामा घरिघरी- प्रमिला शर्मा-ठाकुरप्रसाद जनकपुर अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार ।

पुरस्कारहरूको राशी यस प्रकार रहेको छ ः १. अन्तर्रर्ााट्रय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १००,०००, २. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार, ने रु २५,०००, ३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार ने रु २०,०००, ४. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार, ने रु १५,०००, ५. सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार, ने रु १५,०००, ६. सर्वोत्कृष्ट हास्यव्यंग्यका पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ७. सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्का, ने रु १०,०००, ८. सर्वोत्कृष्ट गन्डकी अञ्चलका पुस्तकका लागि अनेसास गन्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ९. सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १०. सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी "प्रेरणा" सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ११.सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १२. सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १३. सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००।०० ।

सभापति "प्रेरणा"ले यी पुुरस्कारहरु अमेरिकामा हुने आगामी देवकोटा जयन्तीको पुरस्कार वितरण समारोहमा प्रदान गरिने कुरा उल्लेख गर्दै गत सालदेखि नै यौटा छुट्टै स्वतन्त्र एवार्ड कमिटी गठन गरिएको छ त्यस अनुसार अनेसासका सबैतहका पदाधिकारीहरुले यी अनेसास उत्कृष्ट पुस्तक पुरस्कारहरुमा भाग लिन पाउदछन् । तर उनीहरुका बाबुआमा र छोराछोरी एवार्ड कमिटीमा रहेको हुनुहुन्न । एवार्ड कमिटीमा छन् भने त्यसबाट उनीहरुले राजिनामा दिएर मात्र भाग लिन पाउँदछन् । एवार्डको मूल्याड्ढनको विश्वसनीयता र वैधता कायम गर्न र अनेसासका सबै तहका पदाधिकारीहरुलार्इृ भाग लिनलाई प्रोत्साहित गर्ने यी दर्ुइ कुराको बीच सामञ्जस्य कायम गर्न यसो गरिएको कुरा पनि स्पष्ट पार्नुभएको थियो ।

सो अबसरमा भएको गोरख बहादुर थापा कविता प्रतियोगितामा ‘म जान्छु प्यारी’ कविताको लागि भगवान भन्डारी प्रथम, ‘भानु तिमी’ कविताको लागि माधवप्रसाद रेग्मी द्वितीय, ‘म त हजुर नेपाली’ दिग बहादुर तामाङ्ग र ‘तेल’ कविताको लागि पर्ल रेग्मीले तृतीय स्थान प्राप्त गरे । वालमा ‘मातृभूमिको संझना’ कविताको लागि मुकेश घिमिरे, ‘पुतली’ कविताको लागि निकेश घिमिरे, ‘आदिकवि भानुभक्तको समझनामा’ कविताको लागि आशिष सिटौलाले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गरे । बसन्त श्रेष्ठ, डा. सुशमा आचार्य तर्ीथ पान्डेय निर्ण्ाायक थिए । प्रतियोगी तथा अप्रतियोगी कविता वाचन गर्नेहरु थिए-बसन्त श्रेष्ठ, शाश्वत पराजुली, सुशमा आचार्य तर्ीथ पान्डेय, कविन्द्र सिटौला, कपिल सिटौला, बासु श्रेष्ठ, प्रेम संग्रौला, टिका पुन, हस्त गौतम, नारायण अधिकारी, कुन्जराम थापा, प्रिया सुवेदी आदि । बसन्त श्रेष्ठ, माधव रेग्मी, प्रेम संग्रौला, राम खरेल, विष्णु थापा, शान्तिराज श्रेष्ठ, काल्रि्रसाद पोखरेल तथा धर्मराज थापाले बोल्नुभएको थियो । सिक्किमका भूपू मुख्यमन्त्री सचमान लिम्बूले पठाएको सुभकामना डि.बी. तामाङ्गले पढेर सुनाउनुभएको थियो । अनेसासकेन्द्रका अध्यक्ष मोहल सिटौला ऐले सिक्किम जानुभएको र उपस्थित न भएकोले वहाँको सुभकामना सुनाइएको थियो । सभाको सभापतित्व अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष गोविन्द गिरीको सभापतित्वमा भएको थियो । अनेसासका भूपू उपाध्यक्ष तथा अमेरिका नेपाल सोसाइटीका वर्तमान सचिव खेम भट्टचनले स्वागत भाषण र कार्यक्रमको संचालन अनेसासका बिओटीका उपसभापति भीमप्रसाद रेग्मीबाट भएको थियो । यो कार्यक्रममा बनभोज, भलिबल, र अनौपचारिक गीत र नृत्य पनि गरिएको थियो । भलिबल खेलाडीलाई पनि आगामी देवकोटा जयन्तीको अवसरमा प्रमाणपत्र गरिनेछ । अध्यक्षको आसनबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले जनकविकेशरी, ८४ वर्षपुगेका, नेपालका राष्ट्रिय धरोहर धर्मराज थापाको उपस्थिति पाएकोमा गौरव र पुरस्कार विजयीहरुलाई वधाई र अन्य उपस्थित वा अनुपस्थित सबै सहयोगीहरु प्रति धन्यवाद ज्ञापन गर्दै आगामी २ वर्षभत्र भानुको प्रस्तावित सालीकलाई मर्ूतरुप दिने दृढता व्यक्त गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

194th Bhanu Jayanti Celebration In New York

१९४ औ भानुजयन्ती न्यृ्योर्कको क्वीनस ब्रिज पार्कमा जुलाई १५, २००७ का दिन विभिन्न कार्यक्रमहरु आयोजना गरी न्यृ्योर्कमा बसोवास गर्दै आएका नेपाली समुदायले मनाए । उक्त अवसरमा करिव २०० भन्दा बढी नेपालीहरुको भीड जम्मा भएको थियो । भानुजयन्ती र पट लक पिकनिक हरेक बर्षएलाएन्स फर डिमेक्रेसी एण्ड ह्यृ्मन राइटस् संस्थाले गदै आएकोमा गत बर्षेखि भानुजयन्तीलाई साहित्यिक कार्यक्रमको रुपमा व्यापक बिस्तार गर्ने बिचार गरेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरलाई जिम्मा दिइएको थियो । यस बर्षयसलाई अझ व्यापक बनाउने आशा गरी श्री नरेन्द्र इङ्गनामको संयोजकत्वमा एउटा बेग्लै समिति तयार गरिएको थियो जस्मा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले साहित्यिक कार्याक्रमको जिम्मा लिएको थियो ।

करिब २ः३० बजे शुरु भएको साहित्य कार्यक्रम ४ बजेतिर सकिएको थियो । बाल कविता प्रतियोगिताबाट कार्यक्रम शुरु भएको थियो । बाल कविहरुमा रुबि ढकाल, अमन पन्त, अद्रित खत्री, रुक्म ढकाल, बिश्रान्ति बाग्ले र संजोग पराजुलीले कविता बाचन गरेका थिए र प्रथम रुक्म ढकाल, द्धितिय रुबी ढकाल र तृतीय अद्रित खत्री भएका थिए ।

दोश्रो चरणमा बयस्क कविहरुले आप\\\\mनो कविता बाचन गर्नु भएको थियो । कवयित्री गीता खत्री, राजेन्द्र श्रेष्ठ, परिता राजभण्डारी, रामचन्द्र थापा, सहदेव पौडेल, बिष्णु पौडेल, पद्या मगर, मृ्ना थापा, नगेन्द्र इङ्गनाम, ज्योति पौडेल, बिद्या बराल, सिता खरेल, सृ्जित ढकाल, मणि बाङदेल, माधवप्रसाद भण्डारी, त्रैलोक्य सेन, विनोद रोका, तर्ीथराज बाग्ले, शारदा क्षेत्री र डा. गोविन्द कोइरालाले आप\\\\mनो कविता बाचन गर्नु भएको थियो ।

प्रतियोगी कविताहरु मध्ये प्रथम पुरस्कार सहदेव पौडलको फेरि घरको याद आयो कवितालाई प्रदान गरिएको थियो भने द्धितीय श्रीमती सिता खरेल र तृतीय श्री तर्ीथराज बाग्लेले पाउनु भएको थियो ।

कार्यक्रमको बिचमा कवि कृसु क्षेत्रीको सानो गजल नगेन्द्र इङ्गनामले पढेर सुनाउनु भएको थियो र स्वपनील बरालले अनलाईन कविता बाचन गर्नु भएको थियो । त्यस्तै टिका पुनले भर्जिनियाबाट पठाएको कवितालाई पनि बाचन गरिएको थियो । कविता प्रतियोगिताको निर्ण्ाायक मण्डलमा श्रीमति गीता खत्री, श्री मधुबन पौडल र श्री विनोद रोका चयन गरिएको थियो ।

प्रमुख अतिथिको रुपमा क्वीन काउन्टीका स्टेट सिनेटर जोन साविनि (John D. Sabini) को उपस्थिति थियो ।उहा"लाई नेपाली टोपी लगाइ र ढाकाको दोसल्ला ओर्ढाई डा. गोविन्द कोइरालाले सम्मान गर्नु भएको थियो । यशोदा खालिङ्ग र एश्वर्या शर्माले नेपाली नृत्यबाट प्रमुख अतिथिलाई नेपाली संस्कृतिको झलक देखाई दिएका थिए । त्यसपछि स्टेट सिनेटरले नेपाली समुदायको लागि उहा" अफिसको ढोका संधै खुल्ला भएको व्यहोरा बताउनु भयो र एकताबद्ध भएर काम गरेमा सबैको उन्नती हुने कुरा बताउनु भयो । श्री मृ्रारिराज शर्मा, श्री मधुवन पौडेलले भानुभक्तको देनका बारेमा छोटो चर्चा गर्नु भएको थियो । अमेरिका भ्रमणको सिलसिलामा न्यृ्योर्क आई पुग्नु भएका उद्योग मन्त्री राजेन्द्र महतो र जनकपृ्र विकास समितिका अध्यक्ष रामचन्द्र झाले पनि बोल्नु भएको थियो ।

बाषिर्क भलिबल प्रतियोगिता पनि साथसाथै चलिरहेको थियो र यसपटकको प्रतियोगितामा शर्ेपा केतुक टिम प्रथम भएको थियो ।

कार्यक्रमको अन्तमा स्थायी प्रतिनिधि मधुरमण आचार्यले सबैलाई पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रमको उद्घोषण मणि बाङ्गदेल, नगेन्द्र इङ्गनाम र सुजित ढकालले गर्नु भउको थियो ।

मलेसियामा जयन्ती

ईन्द्र नारथुङ्गे /, मलेसिया -
नेपाली भाषाका आदिकवि स्व. भानुभक्त आचार्यको १९४ औं जन्म जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले मलेसियाको राजधानी क्वालालम्पुरमा ३० असारको दिन कवि गोष्ठी तथा बिचार अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेको छ।
मलेसियामा पहिलो पटक मनाईएको भानुजयन्तीको सो कार्यक्रममा बिभिन्न क्षेत्रमा क्रियाशिल नेपालीहरुको ठूलो उपस्थिति थियो। “मलेसियामा स्थायी रुपमा बस्दै आएका नेपाली मूलका मलेसियन नागरिकहरुको लागि अनेसास” बिषयक अर्न्तक्रियात्मक बिचार गोष्ठीमा बोल्दै बक्ताहरुले नेपाली मूलका नागरिक भएरपनि नेपाली भाषा बोलचाल, अध्ययन र लेखनबाट टाढा बन्दैगएका नेपाली मूलका मलेसियन नागरिकहरुलाई नेपाली भाषा बोल्न, पढ्न र लेख्न जागरुक बनाईरहन अनेसासले महत्वपूर्ण भूमिका खेल्न सक्ने औलाउनु भयो।

मलेसियामा चार सय भन्दा बढी नेपाली मूलका मलेसियन नागरिकहरु बस्दै आएको अनुमान रहेको छ। तिनीहरु मध्ये पहिलो पुस्ताले सामान्य नेपाली भाषा बोले पनि लेख्न र पढ्न सक्दैनन् भने पछिल्लो पुस्ताले नेपाली भाषा बोल्न समेत जान्दैनन्।

कार्यक्रममा “नेपाली सामाजिक सेवा केन्द्र”की सञ्चालिका सपना बस्यालले मलेसियामा केही चिनिया मूलका मलेसियन नागरिकहरुले समेत नेपाली भाषा बोल्न, लेख्न र पढ्न प्रयास गरिरहेको बताउनु हुदै अनेसासले यस्ता बिषयलाई समेत मध्यनजर राखेर कार्यक्रमहरु बनाउनु पर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि “नेपाल वेल्फेयर यसोसियसन अफ मलेसिया”का अध्यक्ष चुडाकुमार गरुङले विश्वमा हामीलाई नेपाली भनेर चिन्ने भने कै भाषा भएकोले भाषा संरक्षणको लागि सबैले चासो देखाउनु पर्ने बताउनु भयो। कार्यक्रमको सभापतित्व ग्रहण गर्ने क्रममा अनेसास मलेसिया शाखाका अध्यक्ष जीवन देवान गाउँलेले अनेसासको कार्यक्रहरु बारे जानकारी दिनुहुँदै हामी नेपालबाट केही समयको लागि कामगर्न मलेसिया आएका नेपालीहरु भोली सबै नेपाल फर्के पनि अनेसास मलेसियामा रहिरहने र भोलीको जिम्मेवारी लिने भने कै मलेसियामा स्थायी बसोवास गर्दै आएका नेपाली मूलका मलेसियन नागरिक भएको बताउनु भयो। कार्यक्रममा खोटाङ सेरोफेरो उद्धार समितिका निवर्तमान अध्यक्ष तेजकुमार राई, चुर्ण ओली लगायतले बोल्नु भएको थियो।

अर्न्तक्रिया कार्यक्रम सँगसँगै अगाडि बढाईएको कवि गोष्ठीमा करिब दुई दर्जन कविताहरु बाचन भएका थिए। गोष्ठीमा मनि राई ‘गोठाले’, गणेश खड्का ‘प्रतिक्षा’, पदम दुखी सम्बाहाङ्फे, दिलिप राई ‘सगर’, पुष्पा राई ‘सवाल’, सञ्जय राई ‘छुच्चा’ ईन्द्र नारथुङ्गे, टंक चन्द, रिजन निन्द्र देवता, पूर्ण साम्पाङ, प्रेम पुजा र सागर बिरहीले कविता बाचन गर्नु भएको थियो। यसैगरि लालबहादुर छन्त्याल, ईन्द्र जिजीबिषा, घिसिङ गीरी, तेजकुमार राई, दिब्य चुरा भाई, दिलदुखी जन्तरे र बिनो लामा ‘दुखिया’ले पनि रचना बाचन गर्नु भएको थियो।

सोही अवसरमा मलेसियामा लामो समयदेखि नेपाली भाषा र साहित्य लेखनको क्षेत्रमा सक्रिय रहदै आउनुभएका अनेसास मलेसियाका बर्तमान सल्लाहकार गणेश खड्का ‘प्रतिक्षा’ नेपाल फर्कन लाग्नु भएकोमा उहाँलाई बिदाई समेत गरिएको थियो। नेपाल पुगेपछि पनि खड्का अनेसास मलेसिया शाखाको सम्पर्क सदस्य रहिरहने जानकारी समेत गर्राईएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष टंक चन्दले स्वागत, सदस्य सञ्जय राई छुच्चाले धन्यवाद र सञ्चालन सचिबर् इन्द्र नारथुङगे र सहसचिब रिजन निन्द्र देवताले गर्नु भएको थियो।

मलेसियाबाट ईन्द्र नारथुङ्गे

१९४ औं भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता सम्पन्न

1:07 pm

१९४ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज यूएइ च्याप्टरले यही आषाढ २९ गते तदनुसार १३ जुलाई २००७ का दिन भानुभक्तको जन्म जयन्तीको अवसरमा पारेर यूएइ व्यापी खुल्ला कविता प्रतियोगिता तथा प्रवासी कविता संग्रहको विमोचन कार्यक्रम सम्पन्न गर्‍यो ।

यू.ए.इको दुबई स्थित एभरेष्र्ट इन्टरनेशनल होटलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि यूएइका लागि नेपाली दूतावासका कावा राजदूत श्री मोहनकृष्ण श्रेष्ठ तथा कार्यक्रमका सभापति बालचन्द्र पोख्रेलले मैनवत्ती बालेर गर्नु भएको थियो भने उक्त कार्यक्रमका विशेष अतिथि प्रा.डा.राजकुमार र्राई हुनुहुन्थ्यो भने अतिथिको रुपमा यू.ए.इमा स्थापना भएका विभिन्न संघसंस्थाहरुको प्रतिनिधि, साहित्यकार, पत्रकार, ब्यवसायिह हुनुहुन्थ्यो । अनेसास यूएइ च्याप्टरका सभापति बालचन्द्र पोखरेलको सभापतित्व तथा नारायणदत्त लम्सालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्ण आमन्त्रित अतिथिहरु, बुद्धिजिवी, पत्रकार, साहित्यकार तथा प्रतियोगिहरुलाई च्याप्टरका उपसभापति परशुराम खरालले स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि कावा राजदूत श्री मोहनकृष्ण श्रेष्ठले अनेसास यूएइ च्याप्टरद्वारा प्रकाशित प्रवासी कविता संग्रहको विमोचन गर्नु भएको थियो । उक्त कविता संग्रहको विमोचन पश्चात् यूएइ व्यापी खुल्ला कविता प्रतियोगिता शुरु भएको थियो । दामोदर नेपाल, जाकिर हुसैन र समदर्शी काइँला गरी तीन जनाको निर्णायक मण्डल रहेको उक्त कविता प्रतियोगितामा २९ जना कविहरुले भाग लिनु भएको थियो भने केही कविता, गजल तथा गीत चाहिँ अप्रतियोगीको रुपमा प्रस्तुत गरिएको थियो ।

अत्यन्त उत्साहजनक रुपमा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थितिले हल खचाखच थियो । उक्त कविता प्रतियोगितामा निर्णायक मण्डलका सदस्य समदर्शी काइँलाले कविताहरु राम्रा छन् तर कविहरुले कविताको भाव र शब्दमा पनि ध्यान पुर्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सबै सहभागीहरुका कविता राम्रा र उत्कृष्ठ छन् भन्दै आखिर प्रतियोगितामा मूल्यांकन गर्नै पर्ने भएकोले प्रथम, दि्वतीय र तृतीय बनाइएको जानकारी दिंदै निर्णायक मण्डलका अर्का सदस्य दामोदर नेपालले उक्त प्रतियोगिताको नतिजा र्सार्वजनिक गर्नु भएको थियो ।

उक्त कविता प्रतियोगितामा संवेदना हराएको मान्छे प्रलय पर्खिरहेछ शीर्षकको कविता सुनाएर उमेश र्राई प्रथम हुनु भएको थियो भने यो कस्तो परिवर्तन शीर्षकको कविता वाचन गरेर यतिराज चापागाई दि्वतीय हुनु भएको थियो । त्यसैगरी वुद्ध जन्माई शान्ति ल्याऊँ शीर्षकको कविता सुनाएर निमेश गिरी तृतीय हुनु भएको थियो ।

 पुरस्कृत प्रतियोगिहरुलाई पुरस्कारको पनि ब्यवस्था गरिएको थियो । तेश्रो पुरस्कार एन. आर. एन. एन सि. सि यू.ए.इका अध्यक्ष सि.पि सापकोटा ज्यूबाट, दोश्रो पुरस्कार विशेष अतिथि प्रा. डा. राजकुमार र्राईबाट, प्रथम पुरस्कार प्रमुख अतिथि यू.ए.इका लागि का. वा. राजदूत मोहनकृष्ण श्रेष्ठ तथा सभापति बालचन्द्र पोख्रेलद्वारा हस्तान्तरण गरिएको थियो भने अन्य प्रतियोगिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कविता प्रतियोगितामा एक मात्र महिला सहभागी तारा खनालले मार्मिक कविता वाचन गर्नु भएको थियो भने अन्त्यमा उहाँले तीजको गीत सुनाएर सबैलाई मनोरञ्जन दिलाउनु भएको थियो ।

 उहाँको प्रतिभा देखेर सहभागी सबैले उहाँको तारिफ गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाली दूतावास यूएइका कावा राजदूत मोहनकृष्ण श्रेष्ठले प्रवासमा बसेर पनि नेपाली साहित्यको क्षेत्रमा योगदान दिनु भनेको ठूलो कुरा हो भन्दै अनेसास यूएइ च्याप्टरले भानु जयन्तीको आयोजना गरेकोमा धन्यवाद दिनु भएको थियो ।

उहाँले अनेसासले छोटै अवधिमा पनि प्रवासी कविता संग्रह जस्तो कृति प्रकाशन गर्न सक्षम भएकोमा आफू अत्यन्तै खुशी भएको समेत बताउनु भयो । साथै उहाँले हालसालै दुइ देश बीच भएको श्रम सम्झौताले नेपालीहरुलाई केही फाइदा मिल्ने तथा भविष्यमा यूएइमा नेपालीहरुलाई रोजगारीको अवसरमा अझ वृद्धि हुने सम्भावना रहेको समेत जानकारी दिनु भएको थियो ।

अर्का वक्ता कार्यक्रमका विशेष अतिथि प्रा.डा. राजकुमार र्राईले नेपाली साहित्यको क्षेत्रमा चाहे नेपालबाट होस् चाहे प्रवासबाट नै किन नहोस् यसरी योगदान दिनु भनेको अत्यन्तै राम्रो कुरा हो भन्दै यहाँ पनि नेपाली साहित्यको भण्डार पूर्ण गर्न सक्ने यूवा हस्तीहरुको कमी रहेनछ भन्ने कुरा व्यक्त गर्नु भएको थियो । त्यसै गरी गैर आवाशीय नेपाली संगठन यूएइका अध्यक्ष सिपी सापकोटाले अन्य कार्यक्रमहरु भन्दा यो बेग्लै कार्यक्रम भएको भन्दै आफूलाई आजको कार्यक्रमले धेरै प्रभाव पारेको कुरा बताउनु भएको थियो । अर्का वक्ता लोक सुवेदीले भानुभक्त जयन्तीको अवसरमा केही बोल्न पाउनु खुशीको कुरा हो भन्दै भानुभक्तको बारेमा जानकारी दिनु भएको थियो । साथै हामीले जहाँ रहे पनि नेपाली साहित्यको क्षेत्रमा केही न केही योगदान पुर्यानुपर्दछ भन्ने राय व्यक्त गर्नु भएको थियो भने तामाङ्ग समाजका अध्यक्ष छत्र लामाले विदेशको जस्तो ठाउँमा पनि नेपाली साहित्यका हस्ति भानुभक्त आचार्यको जन्म जयन्ति मनाउन पाउनु भनेको अति खुशीको कुरा हो भन्दै अनेसास यू.ए.इ च्याप्टरलाई धन्यवाद दिनु भएको थियो ।

उक्त कार्यक्रममा अनेसास यूएइ च्याप्टरका सदस्य प्रकाश भट्टर्राईले भानुभक्तको बारेमा प्रकाश पार्नु भएको थियो भने सचिव तारानाथ न्यौपानेले अनेसास यूएइ च्याप्टरले स्थापनाकालदेखि अहिलेसम्म गरेका कार्यहरु तथा आगामी कार्य योजनाको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । वेष्र्टन यूनियन मनि ट्रान्सफरले प्रमुख प्रायोजन गरेको उक्त कार्यक्रमलाई हिमाल रेमिट तथा नेपाल दुबई डट कमले पनि प्रायोजन रहेको थियो । अन्त्यमा सभापतिले सहभागी सबैलाइ धन्यवाद दिंदै कार्यक्रमको विर्सजन गर्नु भएको थियो ।

अन्तर्राट्रय साहित्य समाजको सोह्रौं वाषिर्क साधारण सभा तथा भानु जयन्ती महोत्सव

1:19 pm

अनेसासको केन्द्रिय कार्यकारिणी समितिको निर्ण्र्ाानुसार यसपालीको १९४ औं भानु जयन्ती तथा अन्तराष्ट्रिय साहित्य समाज -अनेसासकेन्द्र) को सोह्रौं साधारण सभा सदा झैं उडब्रिज -भर्जिनिया)को रमणीय लिसिल्भ्यानिया पार्कमा सम्पन्न हुने भएको छ । अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज वाशिड०्टन डि. सी.ले सदा झैं भव्यतापर्ूवक भानु जयन्ती मनाउन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डि सी मेट्रो च्याप्टरका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा अमेरिकामा अन्तराष्ट्रिय साहित्य समाजको सोह्रौ वाषिर्क साधारण सभा तथा १९४औं भानु जयन्ती समारोह समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा सुवास उप्रेती, विपिन भर्ुतेल, हस्त गौतम, राजु कार्की, विदुर गुरुड०, किरण पन्थ, मन्जु निरौला, विष्णु थापा, वासु सत्याल, टीका पुन रहनु भएको छ ।

भानु जयन्तीलाई यस वर्षविशेष भ्ाव्यतापर्ूवक मनाउन स्ाल्लाहकार समितिको पनि गठन गरिएको छ जसमा मोहन सिटौला, वसन्त श्रेष्ठ, सुवु के सी, राम खरेल, कृश घिमिरे, प्रेमराजा महत, होमराज आचार्य, वासु श्रेष्ठ र अन्य अनेसासका स्थानीय भूपू अध्यक्षहरु पदेन सदस्य रहनु भएको छ ।

भानु जयन्तीमा कवि गोष्ठी र भलिवल हुने

यस वर्षो भानु जयन्तीका अवसरमा सदा झैं प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक

कवि गोष्ठी हुने भएको छ ।

प्रतियोगिताका नियम यस प्रकारको हुनेछ ।

वयष्क कवि

१) गोरख बहादुर थापा कविता प्रतियोगितामा जो कोहीले भाग लिन सक्नेछन् ।

२) यसमा ४ पुरस्कार राखिएका छन् -क)प्ा्रथमका लागि १०० डलर तथा प्रमाणपत्र

-ख)दोश्राका लागि ५० डलर तथा प्रमाणपत्र -ग्ा)तेश्रा २ जनालाइजनही २५ डलर

तथा प्रमाणपत्र ।

३) यो पुरस्कार सदस्यता वृध्दिका लागि भएकाले अनेसासका सदस्य नभएका व्यक्ति

पुरस्कृत भएमा पुरस्कारको रकम सदस्यताका लागि प्रयोग हुनेछ ।

वाल कविगोष्ठी १८ वर्षन्दा तल)

१) प्रतियोगितामा जो कोहीले भाग लिन सक्नेछन् ।

२) यसमा ३ पुरस्कार राखिएका छन -क)प्ा्रथमका लागि ५० डलर तथा प्रमाणपत्र

-ख)दोश्राका लागि ३० डलर तथा प्रमाणपत्र -ग्ा) तेश्राका लागि २० डलर ।

३) विगतका वर्षरुमा प्रथम भै पुरस्कृत भै सकेका वयष्क तथा वाल कविहरु अनि अनेसासका अध्यक्ष तथा निर्ण्ाायकहरु माथिका दुवै प्रतियोगितामा भाग लिन पाउने छैनन् । यस बाहेक सबै अनेसासका पदाधिकारी र अन्य सबैको सहभागिताको लागि प्रोत्साहित गरिएको छ ।

-उक्त पुरस्कारको रकम मोहन थापाले प्रायोजन गर्नु भएको छ )

भानुभक्त मेमोरियल भलिवल प्रतियोगिता

यसका लागि कवि टीका पुनको संयोजकत्वमा समिति बनेको छ ।

सो अवसरमा अनेसासउत्कृष्ठ पुस्तक पुरस्कारको नतिजा प्रकाशन, अनेसासको आयव्यय र भाविकार्यक्रम योजना तथा तर्ीथ पान्डेय लिखित ‘सविता’ खण्डकाव्यको विमोचन, र वनभोज तथा अनौपचारिक सांस्कृतिक मनोरञ्जन र अन्य आकर्ष कार्यक्रमहरु पनि रहेका छन् । यस अवसरमा अनेसासका सदस्यहरु र नेपाली भाषा साहित्य प्रेमी सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विशेष जानकारीका लागि सर्ंपर्क फोन अमेरिकामा ७०३-४९१-१०१४, नेपालमा ४४८१४७६ तोकिएको छ ।

मोहन सिटौला

अध्यक्ष

अनेसास- केन्द्रीय समिति

अनेसास यू.ए.इले १९४ औ भानु जयन्ति भब्यताका साथ मनाउने

 यहि जुलाई ०६, २००७ का दिन यू.ए.इको बर दुबई स्थित नेपाली रेष्टुरेण्टमा अनेसास यू.ए.इ च्याप्टरका सभापति बालचन्द्र पोख्रेलको सभापतित्वमा बसेको बैठकले आगामी हप्ता जुलाई १३ तारीखका दीन भानुभक्त जयन्ति भब्यताका साथ मनाउने निर्णय गरेको छ । साथै उक्त बैठकले संस्थाका संस्थापक उपाध्यक्ष बिष्णु दाहाल र सस्थापक सल्लाहकार स्याम शर्मा यू.ए.इबाट नेपाल जानु भएको र फिर्ता आउने अवधि पनि सकिएको साथै सस्थापक सदस्य रवि भट्ट लामो सदय देखि सर्म्पर्क बिहिन हुनुभएको हुनाले रित्त रहेको पदमा र्सवसम्मतिबाट निम्न ब्यक्तिहरुलाई चयन गरेको छ । उपाध्यक्ष परशुराम खराल, कार्यकारिणी सदस्य प्रकाश भट्टर्राई र सल्लाहकारमा दामोदर नेपाल रहेका छन् । उक्त बैठकले १९४ औ भानु जयन्ति समारोह तथा यू र्एर् इ ब्यापि खुल्ला कविता प्रतियोगिता सम्पन्न गर्नकोलागि अनेसास यू.र्एर्.इ च्याप्टरका वरिष्ठ सल्लाहकार खेमनाथ पौडेलको संयजकत्वमा एक कार्य समिति चयन गरेको छ जसरमा सह सम्योजक परशुराम खराल, सदस्यहरु, बालचन्द्र पोख्रेल, तारानाथ न्यौपाने, कृष्ण प्रसाद अर्याल, कुल बहादुर पोख्रेल, प्रकाश भट्टर्राई, अनील पौडेल, कासीराम पाण्डेय, मनोजकुमार राना रहेका छन् । यू.ए.इमा छरिएर रहेका कविहरुलाई जुलाई १३ तारिक २००७ का दिन दिनको २ बजे भन्दा अगाडी एभे्रष्ट होटेलमा आयोजक अनेसासका ब्यक्तिहरुलाई सर्म्पर्क गरी प्रतियोगितामा भागलिनको लागि कविता समावेस गर्न समेत अनुरोध गरेको छ ।

साहित्य संध्याको रजत जयन्तीमा ज्येष्ठ प्रतिभा -स्रस्टाहरू सम्मानित

12:07 pm

निरन्तर सिर्जनात्मक कार्य गरेर साहित्यिक क्षेत्रमा अलग्गै स्थान बनाएको साहित्य संध्याले यस बर्ष आफनो रजत जयन्ती काठमाडौं स्थित बबर महलको आर्ट ग्यालरिमा मनायो । २५बसन्त र शिशीर पार गरि २६ बर्षप्रवेशको अवसरमा यो साहित्यिक सस्थाले आफनो जीवनकालमा निरन्तर सिर्जनारत रहेका अग्रगमनका पक्षधरका साठी बर्षर सो भन्दा बढी उमेर पुगेका ३२ जना प्रतिभाहरुलाई सम्मान गर्‍यो । यो कार्यक्रम साहित्य सन्ध्याका २५ औं कार्यक्रम-श्रृङ्खलामा सम्पन्न भएको हो ।

सम्मानको लागि आमन्त्रण गरिएका ४०जना ज्येष्ठ प्रतिभाहरुमध्येमा उपस्थित हुनुहुने प्रतिभाहरु हुनुहुन्थ्यो - केवल पुरे किसान, कृष्ण चन्द्र सिह प्रधान, भैरव रिसाल, रमेस विकल, श्याम प्रसाद शर्मा, भवानी घिमिरे, दुर्गालाल श्रेष्ठ, शान्ता श्रेष्ठ, कृष्ण प्रसाद पराजुली, आनन्द देव भट्ट, गोविन्द भट्ट, पुर्ण प्रकाश नेपाल यात्री, मुक्तिनाथ शर्मा, गोपी कृष्ण शर्मा, पुर्ण बैद्य, रोचक घिमिरे, बुद्ध शायमी, मोदनाथ प्रश्रति, मोहन सिटौला, जेवि टुहुरे, अभि सुबेदी, भक्त बहादुर पण्डित, राजेन्द्र सुवेदी, तिर्थ राज वन्त, कविता पौडेल, नरेश शाक्य, शान्ता मानवी, कुन्ता शर्मा, गङ्गा उप्रेती, कलाधर काफले, रुद्र खरेल, पिताम्बर भण्डारी ।

सम्मानित ज्येष्ठ प्रतिभाहरुलाई ६ जना बाल बालिका -गरिमा लुंइंटेल, इजुमा र्राई, श्रीया खनाल, सुजाता भण्डारी, कौस्तुप खनाल, र ओजस्वी भट्टर्राई - हरूले पालैपालो टीका लगाई सम्मान पत्र अर्पण गरेका थिए भने साहित्य संंध्याका अध्यक्ष राम विनयले ज्येष्ठ पुरुष प्रतिभाहरुलाई ढाका टोपी र खादा लगाई दिएर तथा ज्येष्ठ महिला प्रतिभाहरुलाई पछ्यौरा ओर्ढाई दिएर सम्मान गरेका थिये ।

कवि केवल पुरे किसानको प्रमुख आतित्थ र साहित्य संध्याको अध्यक्ष राम विनयको सभापतित्वमा संपन्न उत्तm कार्यक्रममा सम्मानित व्यक्तित्व कविता पाडेलको उपन्यास हिरा को प्रमुख अतिथी केवल पुरे किसानबाट लोकार्पण भयो र सो उपन्यासको बारेमा प्रध्यापक डा। बेनि माधव ढकालबाट विवेचना ुभएको थियो । उक्त सम्मान कार्यक्रममा उपस्थित सबै ज्येष्ठ प्रतिभाहरुले आआफनो रचना बाचन गर्नुको साथै आआफनो मन्तव्य राखेका थिये । उपाध्यक्ष रमेश पोखरेल र सदस्य देवी नेपालबाट साहित्य संध्याले हाल सम्म गरेको क्रियाकलापको बारेमा खास गरी यस कार्यक्रमको बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा जन गाएक जेवी टुहुरे, राम कृष्ण दुवाल र नन्द कृष्ण जोशीको गायनले कार्यक्रमको रोचकता बढाएको थियो ।
देवी नेपालले सञ्चालन गरेको सो कार्यक्रममा सम्मानित हुने एक जेष्ठ प्रतिभा प्रा। मोहन सिटौलाबाट अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बारेमा पनि प्रकाश पारिएको थियो

धन्यवाद

प्रस्तोता

देवी नेपाल

साहित्य संध्याको रजत जयन्तीमा ज्येष्ठ प्रतिभा -स्रस्टा) हरू सम्मानित

साहित्य संध्याको रजत जयन्तीमा ज्येष्ठ प्रतिभा -स्रस्टा) हरू सम्मानित काठमाडौं, यही जेष्ट ५ गते शनिवारका दिन निरन्तर सिर्जनात्मक कार्य गरेर साहित्यिक क्षेत्रमा अलग्गै स्थान बनाएको साहित्य संध्याले यस बर्षआफ्नो रजत जयन्ती काठमाडौं स्थित बबर महलको आर्ट ग्यालरिमा मनायो । २५बसन्त र शिशीर पार गरि २६ बर्षप्रवेशको अवसरमा यो साहित्यिक सस्थाले आप्fm्नो जीवनकालमा निरन्तर सिर्जनारत रहेका अग्रगमनका पक्षधरका साठी बर्षर सो भन्दा बढी उमेर पुगेका ३२ जना प्रतिभाहरुलाई सम्मान गर्‍यो । यो कार्यक्रम साहित्य सन्ध्याका २५ औं कार्यक्रम-श्रृङ्खलामा सम्पन्न भएको हो । सम्मानको लागि आमन्त्रण गरिएका ४०जना ज्येष्ठ प्रतिभाहरुमध्येमा उपस्थित हुनुहुने प्रतिभाहरु हुनुहुन्थ्यो - केवल पुरे किसान, कृष्ण चन्द्र सिह प्रधान, भैरव रिसाल, रमेस विकल, श्याम प्रसाद शर्मा, भवानी घिमिरे, दर्ुगालाल श्रेष्ठ, शान्ता श्रेष्ठ, कृष्ण प्रसाद पराजुली, आनन्द देव भट्ट, गोविन्द भट्ट, पर्ूण्ा प्रकाश नेपाल ‘यात्री’, मुक्तिनाथ शर्मा, गोपी कृष्ण शर्मा, पर्ूण्ां बैद्य, रोचक घिमिरे, बुद्ध शायमी, मोदनाथ प्रश्रति, मोहन सिटौला, जेवि टुहुरे, अभि सुबेदी, भक्त बहादुर पण्डित, राजेन्द्र सुवेदी, तिर्थ राज वन्त, कविता पौडेल, नरेश शाक्य, शान्ता मानवी, कुन्ता शर्मा, गङ्गा उप्रेती, कलाधर काफले, रुद्र खरेल, पिताम्बर भण्डारी । सम्मानित ज्येष्ठ प्रतिभाहरुलाई ६ जना बाल बालिका -गरिमा लुंइंटेल, इजुमा र्राई, श्रीया खनाल, सुजाता भण्डारी, कौस्तुप खनाल, र ओजस्वी भट्टर्राई - हरूले पालैपालो टीका लगाई सम्मान पत्र अर्पण गरेका थिए भने साहित्य संंध्याका अध्यक्ष राम विनयले ज्येष्ठ पुरुष प्रतिभाहरुलाई ढाका टोपी र खादा लगाई दिएर तथा ज्येष्ठ महिला प्रतिभाहरुलाई पछ्यौरा ओर्ढाई दिएर सम्मान गरेका थिये । कवि केवल पुरे किसानको प्रमुख आतित्थ र साहित्य संध्याको अध्यक्ष राम विनयको सभापतित्वमा संपन्न उत्त\m कार्यक्रममा सम्मानित व्यक्तित्व कविता पाडेलको उपन्यास हिरा को प्रमुख अतिथी केवल पुरे किसानबाट लोकार्पण भयो र सो उपन्यासको बारेमा प्रध्यापक डा. बेनि माधव ढकालबाट विवेचना ुभएको थियो । उक्त सम्मान कार्यक्रममा उपस्थित सबै ज्येष्ठ प्रतिभाहरुले आआफनो रचना बाचन गर्नुको साथै आआफनो मन्तव्य राखेका थिये । उपाध्यक्ष रमेश पोखरेल र सदस्य देवी नेपालबाट साहित्य संध्याले हाल सम्म गरेको क्रियाकलापको बारेमा खास गरी यस कार्यक्रमको बारेमा प्रकाश पारिए्को थियो । कार्यक्रममा जन गाएक जेवी टुहुरे, राम कृष्ण दुवाल र नन्द कृष्ण जोशीको गायनले कार्यक्रमको रोचकता बढाएको थियो । देवी नेपालले सञ्चालन गरेको सो कार्यक्रममा सम्मानित हुने एक जेष्ठ प्रतिभा प्रा. मोहन सिटौलाबाट अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बारेमा पनि प्रकाश पारिएको थियो ध्ान्यवाद प्रस्तोता देवी नेपाल

मलेसियामा अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाजको गठन

1:42 pm

बिगत एक बर्षअगाडिबाट नेपाली भाषा र साहित्यको उत्थानमा सक्रिय रहदै आएको प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको यही मे २० तारिक क्वालालम्पुरमा सम्पन्न एक भेलाले अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको अन्तराष्ट्रि नेपाली साहित्य समाजसँग आबद्घता जनाउने निर्णय गरेको छ ।
अन्तरार्ष्ट्रिय क्षेत्रमा नेपाली भाषा र साहित्य प्रेमीहरु बीच सर्म्पर्कको पुल बनी भाषा साहित्यको प्रचार, उत्थान एवं संबर्द्घन गर्ने उद्देश्य बोकेर अन्तरार्ष्ट्रिय जगतमा एकै नामबाट सञ्जाल बिस्तार गर्दै आइरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अबधारणा अनुरुप प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको नाम परिर्वतन भै अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज मलेसिया हुनपुगेको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिश्वका करिब १९ टा राष्ट्रमा स्थापना भै सकेको छ ।
सोही भेलाले पुरानो बिधानलाई आवश्यक मात्रमा संशोधन गर्दै कार्यसमितिमा थपघट समेत गरेको छ । नव गठित कार्यसमितिको अध्यक्षमा जीवन देवान "गाँउले", उपाध्क्षमा टंक चन्द, सचिबमार् इन्द्र नारथुङ्गे, सहसचिबमा रिजन निन्द्र देवता र कोषाध्यक्षमा देवेन्द्र सुर्केली रहनु भएको छ भने समितिका सदस्यहरुमा सञ्जय र्राई "छुच्चा", पुष्पा र्राई "सवाल", राजरोबोर्ट अजनबी शुब्बा, सागर बिरही, दिब्य चुरा भाइ, राजु क्षेत्रीर, र् इन्द्र जिजीबिषा, दिपक मैनाली "पत्थर" दिलदुखी जन्तरे र पुर्ण साम्पाङ् चयन हुनु भएको छ । भेलाले पुरानो सल्लाहकार समिति मध्येका मनि र्राई "गोठाले", गणेश खड्का "प्रतिक्षा", दिलिप र्राई "सगर", बियोगी काइँला र चन्द्र ढकाल "झापाली"लाई अनेसास मलेसियाको बर्तमान सल्लाहकारमा यथावत राख्ने निर्णय गरेको छ ।
भेलाले नाम परिर्वतन गरेपनि पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय समेत गरेको छ । जस अर्न्तगत नेपाली भाषाका आदिकवि स्व. भानु जयन्तीको अवसरमा आउँदो जुलाई १३ तारीकको दिन "परिवर्तनको लागि साहित्य" शिर्षमा बिचार अर्न्तक्रिया कार्यक्रम गर्ने, साहित्य लेखनका साथै प्रचार प्रशारमा टेवा पुर्‍याउने उद्देश्यले आउँदो जुलाई २१,२२ र २३ तारीक मलेसियाको जोहोर क्षेत्रलाई केन्द्र बिन्दु बनाएर "साहित्यको लागि यात्रा कार्यक्रम" सञ्चालन गर्ने, नेपाली साहित्यका महाकवि स्व. लक्ष्मीप्रशाद देवकोटाको जन्म जयन्तीको अवसरमा मलेसिया स्तरिय "बृहद कबिता प्रतियोगिता" कार्यक्रम गर्ने, यसै बर्षभित्र मलेसियामा नेपाली पुस्तकालयको स्थापना गर्ने, आउँदो अगस्त भित्र "विम्ब संयुक्त गजल संग्रह" प्रकाशन गरिसक्ने र जनवरी भित्र "विम्ब साहित्यिक संगालो प्रकाशन" गरिसक्ने निर्णय गरेको छ । यसैगरि मलेसियामा रहेर नेपाली भाषासाहित्यको लेखन तथा संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने र्सजकहरु मध्येबाट प्रत्येक बर्षएक जनालाई पुरस्कार तथा सम्मान गर्न अक्षकोष लगाएत अन्य बिषयमा अध्ययन गर्न जीवन देवान "गाँउले"को संयोजकत्वमा दिलिप र्राई "सगर" र राजरोबर्ट अजनबी शुब्बा सदस्य रहेको एक उपसमिति र मलेसियाबाट अनलाईन साहित्य पत्रिका सञ्चालन सम्बन्धी अध्ययन गर्न देवेन्द्र सर्ुर्केलीको संयोजकत्वमा दिपक मैनाली "पत्थर" र दिब्य चुरा भाइ सदस्य रहेको अर्को उपसमिति समेत गठन गरिएको छ ।
सोही भेलाले मलेसियाको बिभिन्न राज्य वा क्षेत्रमा एकाई वा उपसमिति गठन गर्न हाल क्रियाशिल साहित्यिक संगठनहरुसँग छलफल गर्ने निर्णय साथै बिश्वका बिभिन्न राष्ट्रमा गठन भएको साहित्यिक संगठनहरुसँग सम्बन्ध बिस्तार गर्दै लाने निर्णय समेत गरेको छ । र्
इन्द्र नारथुङ्गे
-सचिब)
अनेसास मलेसिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू.र्एर्.इ च्याप्टरको जरुरी सूचना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू.ए.इ च्याप्टरको जरुरी सूचना

भानु जयन्तिको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू.ए.इ च्याप्टर विविध कार्यक्रमका साथ यू.ए.इ ब्यापि कविता प्रतियोगिताको आयोजना गर्न गईरहेको हुनाले यू.ए.इमा छरिएर रहनु भएका साहित्यकारहरुलाई आजै आ६नो कविता उक्त प्रतियोगितामा सामेल गराउनको लागि पठाउनुहोस् । कविता इमेलबाट पठाउँदा पनि हुन्छ अथवा पायक पर्ने नेपाली होटेलहरुमा अनेसास यू.ए.इको नाम लेखि दिनसक्नुहुने छ । कुनै श्रोतबाट नक्कल गरीएको कवितालाई सामेल गराउने छैनौं । छनौट भएको कविता आँफैले वाचन गर्नु पर्नेछ । त्यसैले कविता पठाउदा आ६नो पुरा ठेगाना, फोन नम्वर खुलाएर पठाउनु होला । उक्त कार्यक्रममा यू.ए.इमा छरिएर रहनु भएका कविहरुको कविता संग्रह "प्रवासी कविता संग्रह" को पनि विमोचन हुने छ । विश्वमा छरिएर रहनु भएका तथा अन्य अनेसास च्याप्टरबाट पनि कविताहरु पठाउन सक्नुहुने छ तर ति कविताहरु प्रतियोगितामा सामेल गरिने छैन । उक्त कार्यक्रममा अन्य स्थानबाट प्राप्त कविताहरुलाई वाचन गरिने छ । प्रतियोगितामा सर्वोकृष्ट छनोट भएका कविताहरुलाई विषेश पुरस्कारको ब्यवस्था पनि गरिने छ । कार्यक्रम स्थान र कार्यक्रमको मिती पछी तय गरिने छ । सभापति बालचन्द्र पोख्रेल अनेसास यू.ए.इ च्याप्टर अन्य जानकारीकोलागि दुवई ०५०६५०६९४७, अबुधावी ०५०६५३५९९४ र् इमेल: inlsuae@yahoo.com

खण्डहर जीवन

7:39 am

 

हरि खड्का
अप्रिल, २३   दुलेगौडा ७, तनहुँ, हालः आवुधावी, यु[1]

नेपालको पर्यटकीय नगर पोखराको पश्चिमतर्फको डाँडा कास्कीकोट, फेवातालको सिरान र हरियो जंगलले यस गाउँ सोभायमान र रमणीय देखिन्छ । यसै गाउँबाट पोखराको लेकसाईड र फेवातालको मनमोहक दृष्य सायद प्रकृतिको आशिर्वाद नै मान्न सकिन्छ । गरीव परिवारमा जन्मेको बिर्खे सामाजिक र आर्थिक थिचोमिचोबाट अछुतो रहन सकेन र आफ्नो अध्ययनलाई ८ कक्षामै सीमित राखी कुटो कोदालो, मेला पर्ममा नै बिताउछ, यो त उसको मात्रै नियति होइन । जवानीको रंगले गरीवलाई पनि कहाँ पो छोड्छ र उसले पनि गाउँकै सुन्तलीलाई जीवन संगीनी बनाउछ । यसरी गरीवमाथि अर्को बज्रपात पर्छ, त्यो समाजको अलिखित कानूनले … बढ्दो तडकभडकले …….. ।

वैवाहिक जीवनका रमाइला क्षणहरु बिताउँदै आर्थिक उत्पीडनबाट छटपटाइरहेको बेला गाउँकै बले, जुन अरबको मानव तस्करी गरी कमाएको पैसालाई आवरणमा सजाउँदै गाउँ घरमा ठाँटबाँटले आउँदा सबैको नजर उ माथि पर्न गए, जुन अस्वाभाविक पनि थिएन । बले मानव तस्करीका मिठा-मिठा कुराहरु गरेर सबैमा सपना बाड्न थाल्यो, त्यसको प्रभाव बिर्खेमा पनि पर्नु स्वभाविक नै थियो । उ पनि अरवका ठूला-ठूला र मिठा-मिठा कुरामा आफ्नो भविष्य सजाउन लाग्यो तर मिठा सपनालाई साकार पार्न एक लाखको जोहो गर्नु सायदै अपत्यारिलो थियो, तै पनि बिर्खेका बाउ छोराको अनुनय विनयपछि गाउँकै मुखिया जेठा बाले घर खेत बन्दगी राखी बिर्खेलाई एक लाख दिन सहमत हुन्छन् । त्यो बेला बिर्खेका बाउ छोराको मनमा खुशीको सीमा रहेन र मुखिया बालाई साक्षत देउता जस्तै मान्न थाले तर मुखिया बाको मासिक सयकडा ५ लाई उनीहरुले भुसुक्कै बिर्से …… यसरी बिर्खेको दुखका दिनहरु सुरु भए ।

बिर्खे पैसा पाएको र आफ्नो सपना साकार भएकोमा खुशी हुँदै आफ्नी प्रीयसीलाई सुनाउन्दा जवानीले ढुलुमुलु भएकी सुन्तलीलाई पैताला जमीनमा भासिएको अनुभव हुन्छ र रुदै आफ्ना प्रीय पतिलाई ‘निमेक गरेर गुजारा गरौला, मलाई कुनै भौतिक सुख सुविधा चाहिदैन प्रीय’ भनी अलाप बिलाप गर्छिन तर त्यसको असर बिर्खेलाई पर्दैन । भोली बिहान भालेको डाँकसँगै गाउँ छोड्नुपर्छ भनि सुत्ने प्रयास गर्छ तर सक्दैन, उ पनि त कहाँ खुशी छ र प्राणप्रीय सुन्तली, चाउरी परेका बाउ आमा, साना साना भाइबहिनीलाई छोडेर टाढा पराई देश जान ? तर पनि बिर्खे अडिग रहन्छ र भालेको डाँकसँगै रातो टिका लगाई गाउँबाट विदा हुन्छ ।

काठमाडौको कोलाहल देख्दा कहिल्यै काठमाणै नटेकेको उसले अरबको वैभव प्रति सोच्न थाल्छ । लामो पर्खाईपछि एकदिन मानव तस्कर बलेले हवाईजहाजको टिकट र भिसा हातमा थमाईदिन्छ । नयाँ ठाउँ, नयाँ परिवेश, अनि कहिल्यै हवाईजहाज नचढेको बिर्खे नेपाल एयरपोर्टबाट आवुधावी एयरपोर्ट आइपुग्छ । हवाईजहाजमा रहँदा त्यहाँका एयरहोस्टेज, आकाशमा हवाईजहाज उडेको विभिन्न कल्पना गर्दै ४ घण्टा गएको पत्तो नै हुँदैन । एयरपोर्टबाट बाहिर निक्लदा आफूलाई लिन कम्पनीको मान्छे आएको देख्दा उसलाई खुशीको सीमा रहँदैन किन कि काठमाडौको बसाईमा एयरपोर्टमा अलपत्र हुनेहरुको कथा उसले पनि नसुनेको कहाँ थियो र ?

भोलीपल्ट ४९ डिग्रीको तातो घाममा १२ घण्टा ढुंगा र बालुवामा काम गर्नुपर्ने सुन्दा उसलाई आफ्नो गाउँको याद आउनु स्वभाविकै भए पनि सुन्दर भविष्य र मुखिया बाको एक लाख सम्झेर काममा अहोरात्र खटिन्छ र घरमा १/२ वटा पत्र पनि पठाउछ । एक दिन शुक्रबारको छुट्टीमा कम्पनीकै नेपाली साथीले बजार घुम्न जाउँ भनि मासुको व्यापार हुने स्थानमा लैजादा सुन्तलीलाई सम्झी एक कदम पछि हट्छ तर पनि बढ्दो जवानीले लठ्ठ बिर्खे आखिर भित्रै पस्छ । यसरी नै एउटा सोझो गाउँलेको अस्मिताको अवसान हुन्छ । विस्तारै-विस्तारै उसको बुद्धिको बिर्को बन्द हुँदै जान्छ । जाँड रक्सी र रण्डी कोठी चहारी फिलिपिनो, ईण्डोनेसिया, चाईनिज हुँदै रसियनसम्म पुग्दा उसको महिनाको कमाई महिनालाई पुग्दैन र आफ्नो घर, परिवार, अस्मिता र भविष्यलाई नै दाउमा राखी त्यसैमा लीन हुन्छ ।
बिर्खेलाई नेपालबाट हिड्दाको सपना चकनाचुर हुँदा र भोगविलासमा लिप्त रहँदा अझै पनि पश्चाताप छैन र भिसा थपी ३ बर्ष काम गरेर केही जोहो गरेर घर जाने सोच बनाई भिसा थप्न मेडिकल जाँदा उसलाई साथीभाईले सुन्दरीबाट उपहार पाएको पो छस कि भन्दा पो झल्यांस्स हुन्छ । तै पनि डराई-डराई मेडिकल चेकअपमा जान्छ र आएर खाना नखाई डङ्ग्रङ्ग बिछ्यौनामा लड्छ तर आँखामा निद्रा छैन, मनमा पश्चाताप र डर छ, सत्नै सक्दैन, कोल्टे फेर्दै फेर्दै रात बित्छ, दिन प्रतिदिन शिथिल हुँदै जान्छ । ५/७ दिन पछि कम्पनीको बोस पुलिससहित क्याम्पमा आउछ र उसलाई एड्स भएको जानकारी दिन्छ र कानुनी प्रक्रियापछि उसलाई उपहार सहित नेपाल पठाइन्छ । उ चिच्याउछ, आफ्नै जिउमा चिथ्रोर्छ, रुन्छ, उफ्रन्छ र बल्ल सुन्तली र बुढा बाउ आमाको याद आउछ । अब पछुताएर हुने के नै थियो र ? गल्तीको आभाष समयले डाँडो काटेपछि आएर ……. ।

नेपाल एयरपोर्टमा पुग्दा गाउँकै शन्तेलाई एयरपोर्टमा भेट्छ र घर तथा सुन्तलीको हाल खबर सोध्छ । शन्तेले उ गएको बर्ष दिनमा नै घर खेत मुखिया बाले आफ्नो बनाएको, बाउ आमा, भाइबहिनी छिमेकीको गोठमा बसेको र सुन्तली एक बर्षपछि नै माइत गएको र माईतकै तल्ला घरे हर्केको भुडी बोकी बेपत्ता भएको ईतिश्री सुन्दा उ आँखाभरि कालो बादल छाई आकाशले थिचे झै महशुस गर्छ । यो बेलामा न उसको पैसामा मस्ती गर्ने चाईनिज थिए न त रसियन नै । उ केही नबोली त्यहाँबाट बसपार्क हुँदै पोखराको बस चड्छ, सबै आ-आफ्नै धुनमा मस्त, उ एक्लै छट्पटिरहन्छ र बस खाना खानको लागि मुग्लिङ्गमा रोकिदा सबै यात्रु खानको लागि होटल छिर्छन तर बिर्खे अनायासै पोखरातिर पैदलै लाग्छ र मुग्लिङ्गको पुलमा पुगेर एकटकले उर्लिएको नदीतिर मात्र हेर्छ, उसले केही पनि सोच्न सक्दैन, जताततै अन्धकार मात्र पाउछ र आफूले गरेका गल्तीहरु एक-एक मनमा खेलाउँदै आँखा चिम्म गरी पुलबाट हामफाल्छ ।

यसरी सुन्दर सपना र सुन्दर भविष्यको अवसान हन्छ,  उसलाई उर्लदो भेलले कहाँ पुर्‍याउछ थाहा हुँदैन । एकै छिनमा बजार र गाडीका सबै मान्छेहरु जम्मा हुन्छन् र विभिन्न खासखुस, हेराहेर गर्छन, किन र कसरी ……. सबै अलमल्ल ……. । न उसलाई सम्झेर रुने कोही छन्, न त कठै भन्ने ….. । यसरी मिठो सपना र सुन्दर भविष्यको दुःखद् अन्त्य हुन पुग्छ ।

“मेरो इतिहास टिष्टाले सुसेल्छ”

                                     रुसाहाङ्ग चेम्जोङ

 

 

निरन्तर…..

 

सल..

 

लछारीदै

 

पछारीदै

 

छछल्किदै

 

मेरो गौरव गाथा बोकेर

 

मेरो पूर्खाको इतिहास अंगालेर

 

तर आज पूर्खाको छाती फोरेर

 

बहादुरता देखाउन खोज्नेहरु

 

तनाशाहीहरु अर्काको अंग बेचेर

 

महाजन बन्न खोज्छन् राज्यका भाइरसहरु

 

मेरो इतिहासका घुन बन्छन्

 

मेरो पूर्खाको अंग फोरेर भाग बण्ड गर्छन्

 

हेर त्यहाँ काङगडा रोईरहेको

 

टिष्टा रोइरहेको

 

कसले देखे तिनीहरुको रुवाइ -

 

कसले बुझे तिनीहरुको पीडा -

 

कसले दिए तिनीहरुलाई साहानुभूति -

 

कसले दिए तिनीहरुलाई महल पट्ट ि-

 

तै पनि मनको देखाइलाई

 

एक्लोपनाको विरहमा

 

टिष्टा सुसेली रहेको

 

काङगडा उजाडी रहेकोछ

 

धेरै सम्झौताहरुले हामी माझबाट टाढा पारीदिए

 

सुगौली सन्धी भन्दा यताका त्रि्रो सुस्केराहरु

 

मेरो कानमा गुञ्जीरहन्छ

 

मेरो दार्जिलिङको नागरी त्यसै विलाए

 

तै पनि आशा टिष्टा त्रि्रो सुस्केरामा

 

निरन्तर मेरो भाव गुञ्जीरहनेछ

 

बस गुञ्जीरहोस्

 

लघु कथा टिका र सिंदुर

8:19 am

विजय नेपाल
रिजन र सृष्टिको चिनजान भएको धेरै भएको छैन । ज्ञाम्पस प्रवेशको पहिलो दिन सामान्य परिचयबाट अघि बढेको उनीहरुको सम्बन्धले बिस्तारै हाँगा हाल्दै थियो । सृष्टि गाँउको एक विपन्न परिवारबाट उच्च शिक्षाको लागी शहर झरेकी युवती हुन । सृष्टिले शहर झर्दा बाबु आमाको हातबाट निधारभरी लगाएको टिका अनि त्यस भित्र ठुलो मानिस बन्ने आशर्ीवाद लिएकी थिई , तर उसलाई रिजनको संगतले भिन्न बनाउदै लग्यौ ।समय बित्दै जाँदा उनीहरु म्ाायाका कुरा गर्न पोख्त भैसकेका थिए । यतिकैमा दोस्रो बर्षो परिक्षा नसकिदै थियो । रिजनले सृष्टिसँग विवाहको प्रस्ताव राख्यो । अन्ततः भगवानलाई साक्षी राखेर सृष्टिलाई सधैका लागी आफ्नो बनायो रिजनले । एक्लो छोराको हरेक खुशीमा चल्ने बाबु आमाले पनि सृष्टिलाई बुहारीको
रुपमा पाउँदा किञ्चित बे खुसी बनेनन् । यता, छोरीले जात फालेर पोर् इल गई भन्ने हल्लाले गाउँ पिटियो । सोही क्रममा साथीको हातबाट सृष्टिले एक पत्र प्राप्त गरी । बाबुको हस्ताक्षर सहितको उक्त पत्रमा तेरा लागी माईतीको ढोका सधैंको लागी बन्द भयो भन्ने कुरा उल्लेख थियो । विवाहको बर्षदिन नबित्दै सृष्टिले आफ्ना श्रीमान्को हरेक कु -कार्य सहनु पर्ने भयो । राति ढिलो घर र्फकने रिजन स-साना कुरामा पनि सृ ष्टिमाथी बज्रिन थाल्यो । एक दिन रिजन थला पर्याै । उपचारमा संलग्न चिकित्सकले उसलाई प्राणधातक रोग एच.आई.भी. संक्रमण भएको कुरा बताए । यो कुराले सृष्टि छाँगाबाट खसी । उसलाई थाहा छ उसले आफ्नो गर्भमा एडस हर्ुकाएकी छे । उसका सपनाहरु एकाएक तुहिन थाले । बाबुआमाकोर् इच्छामा लात मारेकी सृष्टिलाई अब गाउँको सम्झनाले सताउन थाल्यो । ठुलो मानिस बन्ने आशामा निधारभरी लगाएको टिकासँगैको बाबुआमाको आशर्ीवाद श्रीमानको सिन्दुरले पखालिदियो ।

बेरोजगारको भार

1:02 pm

बसन्त मोहन अधिकारी

गाउँ बेसी मेला पातमा

 

चिसो चु्ल्हो बास बस्ने सांझमा

 

साहुले माग्छ ऋणको डोको

 

परिवार मेरो सधै भोको

 

हर्ुर्केको छोरा जेठो बाठो

 

कसरी छैकौ मनरुने गाँठो

 

ऋण काढी पढे, जागिरको आशमा

 

लिलामी भए गाँउलेको माँझमा

 

खेतबारी सबै साहुको भयो

 

मर्नु बाँच्नु जिवन रहयो

 

बेरोजगार जीवन घर खेत भयो

 

बैदेशीक रोजगार बाध्यता पर्र्यो

 

बाध्यताले आज विदेशमा आए

 

परिवार सवैको सपना ल्याए

 

यसैमा आज सबैको आश

 

घर खेत भई विदेशी बास

 

नेपाली युवा विदेशी भा

 

नदेख्ने गरी देश डुबी रा

विश्व-धर्मको राजमार्ग

8:56 am

विश्व-धर्मको राजमार्ग

विश्वमा धर्मको नाममा जति हिंसा भएको छ, त्यति अरु कुनै बहानामा भएको छैन भनिन्छ । वास्तवमा धर्म-तत्वले मनुष्यलाई सम्पूर्ण जीवन र जगत्को ज्ञान गर्राई मोक्ष प्रदान गर्दछ । तथापि, विडम्बनानै मान्नुपर्छकि त्यही धर्म-तत्वलाई राम्ररी नबुझेको हुनाले वा गलत किसिमले बुझिदिँदा मानव समाज उल्टै युद्ध, हिंस्रकता, त्रासदीको चपेटामा फस्न पुगेको छ । कमी धर्म-तत्वमा रहेको छैन, बरु मानव धारणामा रहेको छ समस्याको मूल जरो । धर्मको नाममा मच्चिएको रडाको देखेर अधार्मिक नास्तिक वा धर्म-निरपेक्ष बन्नु समस्याको समाधान पटक्कै होइन । ‘कण्टकेनैव कण्टकम्’ भनेझैं समस्या समाधान गर्ने साधनपनि धर्म मात्र हुनसक्छ ।

यसकालागि र्सवप्रथम त विश्व-धर्मको धारणा प्राथमिक आवश्यकता हुनेछ । विश्व-धर्मको धारणामा सनातन वैदिक धर्मले गर्न सक्ने योगदान अद्वितीय एवं अनुपम छ । विश्व-धर्मको मजबुत जग सनातन वैदिक धर्म परम्परालेनै सुनिश्चित गर्न सक्छ भन्ठान्नुको समुचित कारणहरू छन् ।

बौर्द्धधर्म र जैनधर्म दुवैको आधार प्राचीन वैदिक हिन्दू-दर्शन ‘सांख्य’ हो भन्ने विचार केही अध्येताहरूको रहेको छ । जसरी बौद्धजन बुद्ध -जागृत) का अनुयायी हुन्, उसरीनै जैन मतावलम्बीहरू ‘जिन’ -विजेता) का अनुयायी कहिन्छन् । त्यसो त ‘बुद्ध’हरू धेरै छन् तापनि सामान्यतया यस उपाधिले हामी सिर्द्धार्थ गौतमलाई बुझदछौं । महावीर वर्धमानलाई ‘जिन’ उपाधिले हामी चिन्दछौं र उहाँ जैनहरूका अन्तिम तीथङ्कर हुनुहुन्छ । अचेल ‘हिन्दू’ विशेषणले बढी चिनिने ‘वैदिक संस्कृति’का अनेक धाराहरूका झैंनै बौद्धमत र जैनमतका पनि आ-आफ्नै विशेषता रहेका छन् ।

र्सवपल्ली राधाकृष्णन्ले उल्लेख गर्नुभएको छ - बर्नूफको विचारमा बौर्द्धधर्मले केबल सांख्यको सिद्धान्तलाईनै क्रियात्मक रूप प्रदान गरेको हो; र बेबरका अनुसार त सांख्यदर्शनका ग्रन्थकार कपिलमुनि र गौतमबुद्ध एउटै व्यक्ति रहेको हुनुपनि सम्भव छ । प्रकृतिको नित्यत्वसँग सम्बन्ध राख्ने केही विषय, द्रव्यहरूको तत्व एवम् अवसान आदि सांख्य र बौद्ध दर्शनमा समान रहेको विल्सनको मान्यता छ । यसैगरी, जैकोबी र गार्बका अनुसार, सांख्यको द्वैत एवम् तत्वहरूको गणनासम्बन्धी स्थापना बौर्द्धधर्मको तुलनामा धेरै प्राचीन हो । राधाकृष्णन्का अनुसार, सृष्टिरचना सम्बन्धी सांख्यको कल्पना र बौर्द्धधर्मको सोही सम्बन्धी कल्पनामा समानताहरू छन् । सांख्यदर्शनका प्रणेता मानिएका ऋषिवर कपिलमुनि गौतमबुद्धभन्दा अनेक पिढी अघि जन्मनुभएको तथा बुद्धकालीन समयमा सांख्यको विचार प्रचलनमा रहेको सर्न्दर्भ यहाँनेर उल्लेख्य छ ।

कोलब्रुकले आफ्नो अध्ययनमा पाएकि जैनमत र सांख्यदर्शनका धेरै अंग एक-आपसमा मिल्दाजुल्दा रहेछन् । यी दुबै दर्शन प्रकृतिलाई अनादि एवम् अनन्त मान्दछन् र संसारको निरन्तरतामा विश्वास गर्दछन् । एकको द्वैतवाद अर्कोको द्वैतवादसँग भिन्न नभएको राधाकृष्णन्को मतपनि यहाँनेर उल्लेख्य छ ।

बौद्ध तथा जैन दर्शनहरूलाई ‘अवैदिक’ भन्ने प्रचलन छ । यस शब्दको आधार लिएर कतिपय उपबुज्रुकहरूले बौद्ध, जैन र वैदिक दर्शनहरू एक-अर्काका विरोधी नै हुन् कि भन्ने भ्रम फैलाएका पनि छन् । तर, यथार्थता के हो भने यिनीहरूबीचमा भएको भेद ‘विरोध’ होइन; बरु जीवन र जगत्लाई व्याख्या गर्ने निजात्मक विशिष्टतामात्र हुन् । यदि जैन तथा बौद्धमतहरूका आध्यात्मिक तहको विश्लेषण गर्ने हो भने तिनमा वैदिक यथार्थता नै प्रतिबिम्बित भएको पाइन्छ । यता, शिख धर्मको सर्न्दर्भमा चर्चा गर्नुपर्दा यसको सनातन वैदिक धर्मसँगको नाता बारेमा सबै तथ्यहरू र्छलङ्गै छन् । पूज्य गुरुदेवहरू तेगबहादुर तथा गोविन्दसिंहले हिन्दूत्वको निमित्त गर्नुभएका योगदानहरू इतिहासमा सुनौला अक्षरले अंकित भइसकेका छन् ।

विविधताको दृष्टिले विचार गर्दा प्राचीन आर्य वैदिक हिन्दू-संस्कृति कालान्तरमा हजार भन्दा बढी सम्प्रदाय, शाखा-प्रशाखाहरू एवम् मत-मतान्तरहरूमा विस्तारित भएको छ । समयक्रममा शैव, वैष्णव, बौद्ध, जैन आदिजस्ता हिजो एउटै सम्प्रदाय मानिनेहरूमा पनि अनेकौं प्रशाखाहरू विस्तारित भएका देखिएकै छ । तर आधारभूत रूपमा तिनका बीचमा साम्यता पाउन नसकिने होइन । मुख्य कुरो त मिलनविन्दुको आधार खोज्ने सदाशय हुनु जरुरी छ । -यस सम्बन्धी थप चर्चा र स्पष्टताकोनिम्ति नेपाली भाषा-संस्कृति परिषद्द्वारा वि.सं. २०५७ मा प्रकाशित गरिएको आयोदधौम्य निर्मलद्वारा लिखित पुस्तक "आस्थाको शान्ति-युद्ध" उपयोगी हुनेछ । अझ, पछिल्ला दिनहरूमा त संसारका प्रायः सबै धार्मिक सम्प्रदायमा प्रचलित -वा मान्यताप्राप्त) राम्रा-राम्रा पक्षहरू छानेर आफूले पृथक् विचारधारा विकसित गर्ने प्रयासहरूपनि हुन थालेका छन् । ‘धर्मतत्व’लाई धारण गर्ने प्रयासका क्रममा यस्ता अनेक सम्प्रदायहरू भविष्यमा पनि आउने नै छन् । यसलाई स्वाभाविक तबरले लिनुपर्ने हुन्छ ।

वैदिक धर्म एवम् दर्शनको विस्तृति भारतवर्षम्ममात्रै होइनकि विश्वका अरु समृद्ध संस्कृति सभ्यतापनि यसबाट लाभान्वित भएका छन् । प्रसिद्ध इस्लामी विद्वान हजरत साज रहमानी जस्ता व्यक्तित्वहरू त के भन्दछन् भने इस्लामको आधारपनि हिन्दूधर्म नै हो; तर इस्लाममा घुसेका हिंस्रक, युद्धपिपासु एवम् खुनी प्रकृतिका लडाकूहरूका कारणलेमात्र दुइ धर्मबीचमा भेद तथा द्वेष हुन आएको हो । स्वयम् येशू ख्रिस्ट (जीसस क्राइस्ट)ले काश्मीरमा आई पढी-गुनी ज्ञान हासिल गरेर इजरायल फर्केपछि ‘नयाँ करार’को जग हालेको तथ्यपनि पत्तो पाइसकिएको सर्न्दर्भमा इर्साईहरूले सनातन वैदिक धर्मको नेतृत्व अस्वीकार गर्नु पर्ने कुनै कारण छैन ।

व्यक्ति वा समूह विशेषको तात्कालिक व्यवहारलाई हेरेर वा धर्मका नाममा हुनथालेका अचेलका तुच्छ स्तरका जालीझेली राजनीतिक बबण्डरमा चक्करिएर होइनकि दार्शनिक एवम् सैद्धान्तिक अवधारणागत तहसम्मनै पुगी तथ्यहरूको समुचित विश्लेषण गरिनुपर्छ । यदि विश्व-मानवसमुदायको कुनै साझा धर्म-चेतना हुनसक्छ भने (हुन्छ र हुनुपर्छ भन्छु म) -त्यो आधार वैदिक सनातन धर्मले प्रदान गर्न सक्दछ । सनातन वैदिक आर्य संस्कृतिको आधारभूत प्रस्थापनासम्म नपुगी विश्व-धर्मको आत्मसातता सम्भव कसरी होला र ! अस्तु ।

आयोदधौम्य

हिन्दूत्वको आधार

- मूलमन्त्र ॐ
- वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
- निराकार वा/तथा साकार परम्सत्तामा अखण्ड विश्वास
- मूर्त वा अमूर्तको पूजा वा ध्यान
- कर्म अनुसारको फल मिल्दछ भन्नेमा विश्वास
- ‘आत्मा’ तथा ‘पुनर्जन्म’मा विश्वास
- मानवजीवनको परम्लक्ष्यका रूपमा ‘मोक्ष’

विश्वको प्रथम जनविद्रोह, बेनको पतन र नयाँ राष्ट्रको विधि निर्माण

विश्वको प्रथम जनविद्रोह, बेनको पतन र नयाँ राष्ट्रको विधि निर्माण

१. विषय प्रवेश
भारतवर्षीय सन्दर्भमा ज्ञान, विज्ञान, अध्यात्म, धर्म, संस्कृति सबैको मूल वेद नै मानिएको छ । वैदिक युगीन राजनीतिबारे अध्ययन-अनुसन्धानको क्रम चलिरहेको छ र हालसम्मको अध्ययनबाट विज्ञहरू के निष्कर्षा पुगेका छन् भने सामाजिक, राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरूको मूल पनि वेदमा पाउन सकिन्छ ।

संसारकै सर्वाधिक् प्राचीन ग्रन्थ ऋग्वेदको समयमा राजनीतिक प्रणाली कस्तो थियो भन्ने सन्दर्भमा हाम्रो सामुन्ने ‘सत्ययुग’को कुरा आउँछ । सत्ययुगमा मानवसमाजले समस्त अभावहरूमाथि विजय प्राप्त गरेको थियो र समाज भोक, रोग, शोकरहित थियो । त्यस युगमा राजनीतिक सीमारेखाहरूको अर्थ थिएन; संप्रदाय, पन्थ, मजहबहरूको घेराबन्दी थिएन र जाति र भाषाको भेदले पनि अर्थ राख्दैन । त्यहाँ कोही मालिक र कोही दास थिएनन्, कोही धनी र कोही गरिब थिएनन् र कसैले कसैलाई हैकम चलाउने स्थिति पनि थिएन । सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन; मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहने हुन्छ । यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन; कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी - कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ किनकि हिंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ । सर्वत्र सुख, शान्ति, आनन्द ।

उत्तरवैदिक कालमा भने परिस्थिति धेरै फरक भइसकेको झलक पाइन्छ । अथर्ववेदमा ‘राष्ट्र’ तथा ‘राज्य’ को अवधारणा अहिलेकै जस्तो अर्थमा पाइन्छ । अथर्ववेदमा अनेक राजनीतिक सिद्धान्तहरूलाई स्थान दिइएको छ । वास्तवमा मानव इतिहासमा मातृभूमिको अवधारणा प्रथम पटक अथर्ववेदमै पाइन्छ । प्रसिद्ध ‘भूमि-सूक्त’ले नै राष्ट्रियताको अवधारणा विकसित गराएको हो । भूमिसूक्त( १२।१ मा ऋषि पृथ्वीलाई माता र आफू स्वयंलाईचाहिँ उनको पुत्र घोषित गर्दछन् - "माता भूमिः पुत्रो अहम् पृथिव्याः ।"

राष्ट्र, राष्ट्ररक्षाको विविध उपाय, विभिन्न शासन प्रणाली, संस्था तथा सिद्धान्तहरूको पनि सुस्पष्ट उल्लेख अथर्ववेदमा छ । कतै जनताका प्रतिनिधिहरूले प्रत्यक्षतः शासन गर्ने गणतन्त्रात्मक शासन प्रणाली थिए; कतै राजतन्त्रात्मक शासन प्रणाली थिए र कतै मिश्रति (अहिलेको सर्न्दर्भमा भन्नु पर्दा संवैधानिक राजसंस्थायुक्त संसदीय व्यवस्था) शासन प्रणाली थिए । जस्तोसुकै शासन प्रणाली रहेको भए तापनि यतिबेलासम्म शासक भन्दा लोक (प्रजा) नै बलिया रहेका थिए । पौराणिक कालखण्डमा भने शासक (राजा) अत्यन्त बलशाली देखा पर्दछन् । त्यस युगका जनप्रिय शासकहरूको वर्णनपुराणहरूमा हामी पढ्न सक्छौँ । साथै, कतिपय अवसरमा निरङ्कुश शासकविरुद्ध भएका जनविद्रोहका गाथा पनि पुराणका पानामा समेटिएका छन् । यस लेखमा श्रीमद्भागवतमा वणिर्त बेन राजाविरुद्धको जनविद्रोहलाई संसारकै पहिलो जनविद्रोहका रूपमा चर्चा गरिएको छ । तत्पश्चात् पृथुले कसरी सङ्क्रमणकालको बुद्धिमत्तापूर्ण व्यवस्थापन गरी जनअनुमोदित शासनको आधारशीला राखे भन्नेबारे चर्चा पनि यहाँ समावेश गरिएको छ ।

२. प्राचीन भारतवर्षा प्रचलित विभिन्न शासन प्रणालीहरू
वैदिक वाङ्मयको अध्ययन गर्दा शासनको उत्पत्तिसम्बन्धी विभिन्न छ प्रकारका सिद्धान्तहरू खुट्ट्याउन सकिन्छ ( (१) व्यक्तिविशेषप्रधान सिद्धान्त, (२) मत्स्यन्याय सिद्धान्त, (३) सत्ययुग सिद्धान्त, (४) सामाजिक सम्झौताको सिद्धान्त, (५) पितृप्राधान्य सिद्धान्त र (६) दैवी सिद्धान्त । राज्यको उत्पत्तिको आधार जुन सिद्धान्तलाई मान्ने हो, त्यसैअनुसारको शासन प्रणाली निर्धारण हुने तथ्य यहाँनेर स्मरणीय छ।

प्राचीन भारतवर्षा शासनका विविध प्रणालीहरू प्रचलनमा थिए । ऐतरेय ब्राह्मणमा विभिन्न प्रकारका शासन प्रणालीहरूबारे वर्णनगरिएको छ । ती शासनप्रणालीहरूलाई मूलतः लोकप्रधान प्रणाली र राजाप्रधान प्रणाली गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । तीमध्ये साम्राज्य, राज्य, पारमेष्ठ्य, माहाराज्य र आधिपत्यमा राजसत्ताको र भौज्य, स्वाराज्य र वैराज्यमा लोकसत्ताको प्राधान्य रहेको बुझिन्छ ।

राजसत्तात्मक हुँदैमा ती सबै व्यवस्थामा निरपेक्ष रूपमा राजा सर्वशक्तिमान रहने अवस्था भने थिएन । यजुर्वेदमा कतिपय यस्ता मन्त्र विद्यमान छन्, जसको आधारमा हामी त्यतिखेर राजा जनताद्वारा प्रत्यक्षतः निर्वाचित हुनु पर्ने व्यवस्था रहेको बुझ्छौँ (जस्तै( यजु. ९।४०) । कतिपय अवस्थामा राजालाई हटाउन र पुनर्नियुक्त गर्न पनि सकिने प्रावधान रहेको (अथर्व. १।४।६) देखिन्छ । रामायणकालमा पनि राजाको छोरा नै स्वतः राजा बन्ने कुनै निश्चित थिएन र विशः (जनता) ले वरण गरेपछि मात्र कोही व्यक्ति औपचारिक रूपमा राजा बन्न सक्दथ्यो । राजाको उत्तराधिकारीका रूपमा उनका जेठा छोरालाई प्राथमिकता दिइन्थ्यो; तर त्यो अनिवार्य थिएन र परिषद् (सभा) ले अन्य व्यक्तिलाई उत्तराधिकारी चयन गर्ने सम्भावना पनि प्रबल रहन्थ्यो ।

‘सम्राट-पद्धति’ अनुसार सम्राटको आज्ञानै सर्वमान्य हुन्छ । राजा वा सम्राटका लागिपनि नैतिक नियमहरू हुन्छन् र उसले त्यही आधारमा शासन गर्दछ । राजाले प्रजाको रक्षा गर्नु, राष्ट्रको उन्नति प्रगति गराउनु र दुष्टहरूलाई दण्ड दिनु पर्दछ । आफ्नो दण्ड विधानले नै राजा प्रतापी हुन्छ (अथर्व. ४।८।१) भनिएको छ । ‘विराट’ पद्धतिमा राजा हुँदैनन् । जनता र्सवसम्मति या बहुमतका आधारमा आफ्नो फैसला गर्दछन् । यस पद्धतिमा जो सामूहिक निर्णय हुन्छ, त्यही नै मान्य हुन्छ ।

‘स्वराट्’ पद्धतिमा केन्द्रीय शासन हुन्थ्यो । अथर्ववेदमा स्वतन्त्र राजाको लागि ‘स्वराट्’ शब्द प्रयोग गरिएको छ, जो आफ्नो तेजस्विताका कारण निर्वाचित हुन्छ (अथर्व. २०।११३।२) । जनता यस्तो व्यक्तिलाई चयन गर्दछन् जो इन्द्र अर्थात् ऐर्श्वर्ययुक्त होस् । वृत्र अर्थात् पापी/अज्ञानी व्यक्तिलाई राजा बनाउने उनीहरूको चाहना हुँदैन (अथर्व. १२।१।३७) । यस प्रणालीमा जनताका प्रतिनिधि सभा र समितिमा जान्छन् र केन्द्रीय सभा तथा समितिमा उनीहरू राज्य सम्बन्धी नियमहरू बनाउँछन् । यसमा जनताका प्रतिनिधिले राष्ट्रमा शासन गर्ने हुनाले यसलाई जनतन्त्र राज्य पनि भनिन्छ ।

ऐतरेय ब्राह्मणमा उल्लेखित आठ प्रकारका शासन प्रणालीका अतिरिक्त अन्य प्रणालीहरू पनि कालान्तरमा भारतवर्षा प्रयोगमा आउन थालेका संस्कृत वाङ्मयको अध्ययनबाट थाहा लाग्दछ । उदाहरणका लागि, राष्ट्रिक, पेत्तनिक, द्वैराज्य, अराजक, उग्र र राजन्य । शुक्रनीतिमा हेर्ने हो भने प्रायः राजसत्तात्मक प्रणालीकै मात्र वर्णन हामी पाउँछौँ । ऐतिहासिक विकासक्रमलाई ध्यानपूर्वक हेर्दा भारतवर्षीय समाज जति जति वैदिककालबाट पौराणिककालतिर पदार्पण गर्दै गयो, उति उति लोकसत्ता कमजोर र राजसत्ता बलियो हुँदै गएको देखिन्छ ।

३. लोकसत्ता र राजसत्ता
वैदिक वाङ्मयमा एकातिर राजाकै एकल शासन चल्ने प्रणाली र अर्कोतिर गणतन्त्रात्मक शासन प्रणालीजस्ता नितान्त विपरित प्रणालीहरूबारे उल्लेख गरिएको भए तापनि वैदिक ऋषिहरूले आदर्श ठहर्याएको शासन प्रणाली भने मध्यमार्गी रहेको देखिन्छ । अहिलेको सन्दर्भमा राजासहितको संसद (किङ्ग इन पार्लियामेन्ट) भन्न सकिने लोकतान्त्रिक पद्धति अनुरूपका सभा (ऋ. १०।७१।१०, अथर्व. ७।१२, यजु. १६।२४ र १६।२८) एवं समिति (अथर्व ६।८८।३ र ५।१९।१५) जस्ता संस्थाहरूसहितको राजसंस्थाको व्यवस्थालाई सर्वोत्तम मानिएको साक्ष्य वैदिक वाङ्मयमा छ । वैदिक युगको राष्ट्रको शासन आदर्श अवस्थामा सभा र समिति नामका दुई संस्थाहरूसहित राजाद्वारा हुने गरेको देखिन्छ । राज्यको प्रशासन चलाउन राजाले मन्त्रिमण्डलको गठन गर्नु पर्ने र त्यो मन्त्रिमण्डल सभा र समितिबाट अनुमोदित हुनु पर्ने प्रचलन रहेको थियो ।

अथर्ववेदकालीन राज्यमा पाँच प्रकारका लोक (प्रजा) रहेका थिए -ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र निषाद । यी सबै पृथ्वीकै सन्तान भएकाले सबैलाई समान अधिकार प्राप्त हुने कुरा अथर्ववेदमा बताइएको छ (अथर्व. १२।१।१५) । राष्ट्रमा उँच-नीचको भेद नभएर मित्रता र एकताको भाव होस् -अथर्व. १२।१।२); पारस्परिक फूट कहिल्यै नहोस् (अथर्व. ३।८।१) र संगठन, सौमनस्यको विस्तार होस् (अथर्व. ६।६४।१) भन्ने भावना व्याप्त रहेको देखिन्छ ।

राष्ट्रको रक्षाका लागि सेना आवश्यक हुने भएकाले २१ प्रकारका सेनाको व्यवस्था गरिएको देखिन्छ । वैदिक कालीन सेनामा पुरुषकासाथै महिला पनि रहने गरेको बुझिन्छ । अथर्ववेद २।३।१ मा इन्द्रलाई र १।२७।४ मा इन्द्राणीलाई सेनापतिका रूपमा उल्लेख गरिएको छ । सामान्यतया युद्धलाई ठीक मानिएको छैन, तर कसैले आक्रमण गरेमा प्रत्याक्रमण गर्न भनिएको छ । जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको र राष्ट्र-रक्षाका लागि राजा र प्रजा समानरूपेण उत्तरदायी भएको देखिन्छ । सबैको कल्याण गर्ने भावना, सत्यको आत्मसातता, पदार्थहरूको यथार्थ ज्ञान प्राप्त गरी प्राकृतिक नियमहरूको ठीक-ठीक पालना, आस्तिकता, धर्ममय आचार-व्यवहार वैदिक राजनीतिका आधारका रूपमा स्पष्टसँग देख्न सकिन्छ ।

पौराणिककालमा भने राजसत्ता नै प्रायः सर्वस्वीकृत शासन प्रणाली बन्न सफल भयो । त्यसयता भारतवर्षीय राज्यहरूमा राजाको वरिपरि नै सम्पूर्ण राज्यसत्ता घुमेको र राज्यको भाग्य पनि राजाअनुसार सौभाग्य वा दुभाग्यका रूपमा रहने गरेको देखिन्छ । हुन त त्यस युगमा पनि प्रायः राजाहरू आफ्नो सर्वोच्चताको स्थितिमासमेत जनतालाई ‘जनार्दन’ का रूपमा उत्तिकै महत्व प्रदान गर्नमा सचेत रहेको देखिन्छ । तर बेनजस्ता कतिपय राजाहरूले आफूलाई स्वेच्छाचारी, निरङ्कुश बनाएर अलोकप्रियता कमाएकाले लोक (प्रजा) ले विद्रोह गरेको दृष्टान्त पाइन्छ ।

४. बेन र प्रथम जनविद्रोह ः
बेन भनिने राजाको निरङ्कुश, स्वेच्छाचारी शासनबारे श्रीमद्भागवतमा प्रशस्त लेखिएको छ । कतिपय कुरा अतिरञ्जना र मिथकीकरणले यता उता परे तापनि श्रीमद्भागवत पढ्दा प्रष्ट बुझिन्छ कि"राजा नै इश्वर हो", "राजा नै राष्ट्र हो" र "राजाको स्वैच्छिक आदेश नै दण्ड (कानुन) हो" भन्ने घोषणा गर्दै बेनले सभा, समिति र मन्त्रिपरिषद्लाई भङ्ग गरिदियो । आफ्ना राज्यभित्रका सम्पूर्ण ग्रामसभा, गणसभा र जानपदसभालाई पनि उसले भङ्ग गरिदियो । राज्यले जुनसुके बेला व्यक्तिको स्वतन्त्रता र आर्थिक अधिकारमाथि हमला गर्ने चलन बेनले बसाल्यो । आफ्नो इच्छामुताबिक धार्मिक कर्म गर्नसमेत रोक लाग्यो। वैदिक राजनीतिअनुसार सञ्चालित शासन पद्धतिलाई बेनको सैन्यवादी पद्धतिले विस्थापन गरेपछि लोकमा अत्यन्त असन्तुष्टि फैलियो ।

सर्वसाधारणले आफ्नो कष्ट ऋषिहरूसमक्ष राखेपछि अहिंसावादी ऋषिहरूले पहिले त बेनलाई भेटी राजधर्म सम्झाउन प्रयास गरे । तर बेनले ऋषिहरूको प्रमण्डललाई दुर्व्यवहार गर्यो । राजसत्ता र लोकसत्ताको सुसंयोजनमा राष्ट्र अघि बढ्नु पर्दछ भन्ने ऋषिहरूमध्ये केहीलाई बेनले जेलमा राख्यो । अति भएपछि एकथरीले जङ्गलबाट बेनविरुद्ध सशस्त्र विद्रोह सुरु गरेको बुझिन्छ, जसलाई श्रीमद्भागवत ‘निषाद’ का रूपमा चिनाइएको छ । यता ऋषिहरूले भने त्यस्तो हिंसात्मक विद्रोह अस्वीकार गरे । उनीहरूले ‘हुङ्कार’ ले नै बेनको सैन्य उन्मादमाथि विजय प्राप्त गरे । श्रीमद्भागवतमा जेलाई ‘हुङ्कार’ भनिएको छ, अहिलेको सर्न्दर्भमा त्यो नारा-जुलुस र हड्ताल नै हो ।

बेनविरुद्ध लोकले गरेको विद्रोह नै मानवको ज्ञात इतिहासमा प्रथम जनविद्रोह हो । यसअघि पश्चिमा सर्न्दर्भमा स्पार्टाकसको नेतृत्वमा दासहरूद्वारा भएको विद्रोहलाई प्रथम जनविद्रोहका रूपमा व्याख्या गर्दै उनलाई ‘आदिविद्रोही’ मान्ने गरेको पाइन्छ । उता, चिनीया सर्न्दर्भमा आँखीभौँ रङ्गाएकाहरूको र पहेँलो फेटा बाँधेकाहरूको विद्रोह (किसान विद्रोह) लाई अझ प्राचीन मानिन्छ । तर ती सबै भन्दा पुरानो र्ठहर्छ राजा बेनविरुद्धको विद्रोह । उक्त पौराणिक विद्रोहको विशेषता केमा पनि छ भने त्यसले आधुनिक सर्न्दर्भमा ‘सत्याग्रह’ भनिने अहिंसात्मक विद्रोहको श्रेष्ठता त्यतिखेरै प्रमाणित गरेको छ ।

५. पृथुको राज्यारोहण ः
बेनको पतनपछि नयाँ शासक कसलाई बनाउने भन्ने सवाल खडा भयो । बेनविरुद्ध सशस्त्र विद्रोह गर्ने ‘निषाद’ को दाबी सबै भन्दा पहिले आयो । तर ऋषिहरूले अस्वीकार गरेपछि ‘निषाद’ को सत्तारोहण सम्भव भएन । स्वयं ऋषिहरूले नै सत्ता चलाउनु पर्ने एकथरीको मागलाई ऋषिगणले स्वीकारेन, किन भने उनीहरूले विद्रोहको नेतृत्व गरेको शासक बन्ने अभीष्टले थिएन । नयाँ राज्यको स्वरूप कस्तो हुनु पर्ने र कस्तो शासन प्रणालीमा कसलाई शासक बनाउने भन्नेबारे अन्यौलको स्थिति केही लामै समयसम्म कायम रहेको सङ्केत श्रीमद्भागवतमा पाइन्छ । ऋषिहरू र र्सवसाधारणको मत सभा र समितिसहितको राजा रहने पुरानै पद्धतिको पक्षमा गएपछि ‘निषाद’ पक्षको दाबी एकदमै कमजोर ठहरियो र अन्त्यमा बेनकै वंशज पृथुलाई राजा बनाउने सहमति जुट्यो ।

श्रीमद्भागवतमा बताइएअनुसार राज्यको सञ्चालन लोकसम्मतिको आधारमा राजा, मन्त्रिपरिषद्, सभा, समिति र स्थानीय पालिकाहरूले गर्ने संयन्त्र विकास गरिएको थियो । बेन भन्दा अघि गणसभाहरू मुख्य शक्तिशाली हुने गरेकोमा पृथुको समयमा भने तिनलाई भन्दा पनि भौगोलिक आधारलाई प्रधानता दिई ग्रामपालिका, नगरपालिका जस्ता निकायको व्यवस्था गरिएको बुझिन्छ । सभा र समितिमा राष्ट्रका सबै भूभाग र सबै समुदायको प्रतिनिधित्व होस् भनेर विशेष ध्यान पुर्याइएकाले अचेल भनिने ‘समावेशीकरण’ को अवधारणालाई पनि त्यतिखेर आत्मसात् गरेको भन्नु पर्ने हुन्छ । सम्भवतः त्यतिखेर बनाइएको दण्डनीति -कानुन) लिखित नै थियो । बेनबाट त्यसअघि नै ठूलो धोका खाइसकेकाले पृथुलाई दण्ड (कानुन) को पूर्ण नियन्त्रणमा राख्ने प्रबन्ध गर्न भने ऋषिहरूले भुलेनन् भन्ने प्रष्टै बुझिन्छ ।

त्यो प्रथम जनविद्रोहले कुनै व्यक्तिविशेषको स्वेच्छाचारी शासनको अवधारणालाई स्पष्टतः अस्वीकार गर्दै शासन विधि वा कानुन (त्यतिखेरको शब्दावलीमा ‘दण्डनीति’) को हुनु पर्ने वैदिक मान्यतालाई पुनर्पुष्टि गर्यो । राजालाई ‘राष्ट्रभृत्य’ -राष्ट्रको सेवक) र लोकलाई ‘राष्ट्रस्वामी’ मानिने (अथर्व. १९।३७।२ र १५।९।१) वैदिक मतमा पृथुले पूर्ण आस्था प्रकट गरेका थिए । उनको जनप्रियताबाट डाढिएर अर्को राज्यका ‘इन्द्र’ नामका कोही समकालीन राजाले पृथुविरुद्ध प्रचारयुद्ध -आधुनिक सर्न्दर्भमा प्रोपागाण्डा-वार) समेत गरेका थिए। तर उनको लोकप्रियता यस्तरी बढ्यो कि राज्यारोहणको केही वर्षपछि नै लोकले पृथुलाई विष्णुको अवतार (जीवितर् इश्वर) का रूपमा पूज्न थालिसकेका थिए । उनकै नामको आधारमा धर्तीको नयाँ संज्ञा ‘पृथिवी’ भन्न थालिएको थियो ।

यसरी पारस्परिक भक्तिले राजा र प्रजाबीचको सम्बन्ध अत्यन्त सौहादर बन्न पुगेको थियो । वैदिक राजधर्मको मर्यादालाई पृथुले कहिल्यै उल्लङ्घन नगरेको श्रीमद्भागवतमा बताइन्छ । यद्यपि कालान्तरमा रावण, कंस, जरासन्ध, शिशुपाल, शाल्वजस्ता राजाहरूले भने राजालाई नै सर्वेर्सवा ठान्ने बेनको सोचलाई फेरि अगाडि बढाएका थिए । हाम्रोमा एक शताब्दी चलेको राणाशासन बेनवादी शासन प्रणालीको अर्को रूप थियो ।

सर्न्दर्भ सामग्री ः
अधिकारी, निर्मलमणि; "वैदिक राजनीति र त्यसको पुनप्रयोग"; देशप्रेम साप्ताहिक; वि.सं. २०६० मंसिर ४ गते ।
जोशी, रामप्रसाद (अनु.); श्रीमद्भागवत; काठमाण्डौ ः नानीमैया जोशी, वि.सं. २०४७ ।
दीक्षित, मदनमणि; त्यो युग; काठमाण्डौ ः समीक्षा, वि.सं. २०४७ ।
निर्मल, आयोदधौम्य; आस्थाको शान्ति-युद्ध; विराटनगर ः नेपाली भाषा-संस्कृति परिषद्, वि.सं. २०५७ ।
निर्मल, आयोदधौम्य; "वैदिक राजनीतिका आधार"; स्पेसटाइम दैनिक; वि.सं. २०५८ चैत २४ गते ।
निर्मल, आयोदधौम्य; वैज्ञानिक सत्ययुगको आधारशीला; काठमाण्डौ ः युग निर्माण अभियान नेपाल, वि.सं. २०६१ ।
प्रपन्नाचार्य, डा. स्वामी; वेदमा के छ -; इलाहावाद ः प्रा. चिरञ्जीवी शर्मा, वि.सं. २०३८ ।
विद्यालङ्कार, सत्यकेतु; प्राचीन भारतकी शासन-पद्धति और राजशास्त्र -सातवाँ संस्करण); नई दिल्ली ः सरस्वती सदन, सन् २००१ ।
सक्सेना, डा. प्रवेश; वेदों में क्या है -; दिल्ली ः पुस्तक महल, सन् २००१ ।
ज्ञानी, प्रो. शिवदत्त; भारतीय संस्कृति; बर्म्बई ः राजकमल प्रकाशन, सन् १९४४ ।

- निर्मलमणि अधिकारी

कविता

साउदीमा आयौ साथी मन त्रि्रो बहलाउन
केही सालको लागि हुने भो झन खलबलाउन
मगज त्रि्रो ताजै होला अझै पार्नु चिसो
नेपाली खबर सुनाउनु हुन्छ कि कसो

हिजो आउदा पल्लो घरे कान्छी रुदै थिइ
आउने बाटो कुर्छुनी भन्दै थिइ
उनको र मेरो धेरै भो खबर नचलेको
भेटिएनछ कि पत्र हुलाकमा गई हालेको

हाम्री आमा रुदा मैले आउने बाँचा गरेथे
आँधा गाँग्रो पानी बिहानै मैले भरेथे
तल्ला घरे धारोमा पानी आउन छाड्यो रे
पानी लिन जादा घटै माइलो चिप्लेर मर्‍यो रे

अरु खबर मैले धेरै भो सुन्न नपाएको
धन्नै बष दिन त भएछु बिदेश आएको
त्यसैले नौलो खबर भए भन्नु होला साथी
यहि खबरले ऋणै होला मै माथी ।

निर बहादुर तामाङ्ग
साउदी अरेबिया

अनेसास यूएई च्याप्टरद्वारा देउराली पाक्षिक खबर पत्रिका प्रकाशन

5:16 am

जनवरी , २००७ मा नेपाली समाज क्षेत्रीय समिति मुसाफाहाले आयोजना गरेको फुटबल कार्यक्रममा प्रमुख अतिथि यूएईका लागि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले देउराली खबर पत्रिकाको पहिलो नमूना अंक विमोचन गर्नुभयो

अनेसास यूएई च्याप्टरका सभापति बालचन्द्र पोख्रेल प्रधान सम्पादक रहनु भएको उक्त पत्रिका यूएईबाट पहिलो पटक पाक्षिक रुपमा प्रकाशन हुन थालेको हो

यूएई.मा छरिएर रहेका नेपालीहरु जोसँग न्टरनेट इमेलको राम्रो सुविधा छैन त्यहाँ देउराली पाक्षिक खबर पत्रिका पु-याउने इमेल इन्टरनेटबाट विश्वका अन्य नेपालीहरुलाई यूएईमा भएका  अन्य देशका समचारहरुसहित उपलब्ध गराउने उद्देश्यले प्रकाशन भएको देउराली निकट भविश्यमानै वेभ साइटबाट पनि प्रकाशनमा ल्याउने जानकारी प्रधानसम्पादक पोखरेलले दिनु भएको थियो

साथै प्रधानसम्पादक पोखरेलले प्रवासमा हुने गरेका गतिविधि घटनाहरु, कथा कविता, प्रवासी जीवनको अविस्मरणिय क्षण, आदि उपलब्ध गराइदिन नमूना अंक पढिसकेपछि प्रतिक्रिया दिनका लागि पनि अनुरोध गर्नु भएको थियो उपस्थित सम्पूर्ण नेपालीहरुले बडो चाखका साथ पत्रिका लिनुभएको थियो पत्रिका पढिसकेपछि प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो

यूएइव्यापी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

 नयाँ वर्ष सन् २००७ तथा मुस्लिम समुदायको पर्व बकरीदको पावन अवसरमा नेपाली समाज मुसाफाह क्षेत्रीय समितिको आयोजनामा डिसेम्बर ३०, २००६ देखि जनवरी १ २००७ सम्म तीन दिन यूएईको मुसाफाह क्षेत्र बडा मस्जिद नजिकैको फुटबल मैदानमा यूएईव्यापी खुला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। नेपाली समाज केन्द्रीय समितिका निवर्तमान उपाध्यक्ष भुवन राईले खेलको उद्घाटन गर्नु भएको थियो । साथमा, मुसाफाह क्षेत्रीय समितिका अध्यक्ष तथा खेलकुद संयोजक अर्जुन शाह, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रकाश श्रेष्ठ, नेपाली समाज केन्द्रीय समितिका निवर्तमान सम्वाद सचिव दामोदर नेपाल उपस्थित हुनुहुन्थ्यो । यूएईका विभिन्न क्षेत्रबाट खेलाडीहरु तथा दर्शकहरुको खचाखच उक्त खेलमा २४ टिमले भाग लिएका थिए । खेलाडीहरुको खेल्ने चाहना हुँदाहुँदै पनि समय अभावले ९० मिनेटको खेललाई अन्त्यमा ४० मिनेटको समयमा खेलाइएको थियो । तीन दिनसम्म सञ्चालित फुटबल प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले पनि भाग लिएकोमा पेनाल्टी किकमा बाहिरिएको थियो । कार्यक्रमको अन्तिम दिन जनवरी १, २००७ मा प्रमुख अतिथि यूएईका लागि कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठ साथै राजदुतावासका अन्य कर्मचारीहरुले खेलको नजर गर्नु भएको थियो । उक्त कार्यक्रममा यूएईमा कार्यरत विभिन्न विशिष्ठि व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । अन्तिम दिनको कार्यक्रमको सभापतित्व नेपाली समाज मुसाफाह क्षेत्रीय समितिका अध्यक्ष तथा खेलकुद संयोजक अर्जुन शाहले गर्नु भएको थियो भने अबुधावी क्षेत्रीय समितिका सभापति लक्ष्मण सापकोटाले उपस्थित सम्पूर्ण दर्शक तथा खेलाडीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मुसाफाह क्षेत्रीय समितिका सचिव गिरीधारी रिजालले गर्नुभएको थियो । २४ टिम मध्ये पूर्वाञ्चल टिम बीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने अल साबा टिमले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । आयोजकको मूल्याङ्कनमा गल्फ ड्यून्सका गोपाल थापा सर्वोकृष्ट खेलाडी चुनिएका थिए भने उहि टिमका खेलाडी शिरिष मगर सबैभन्दा बढी गोल गर्ने खेलाडी चुनिएका थिए । उनले प्रतियोगिताभरि ६ गोल गरेका थिए । दुवै खेलाडीलाई नेपाली समाज केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सर्वेन्द्र वाग्लेले कप र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । । प्रमुख अतिथि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले प्रथम हुने टिमलाई पुरस्कारस्वरुप कप, खसी र प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने दोस्रो हुने टिमलाई नेपाली समाजका वर्तमान सभापति रामेश्वर शाहबाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रतियोगितामा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । खेलको प्रायोजनमा नेपाल ईन्भेष्टमेन्ट बैक र यूएई एक्सचेन्जले सहयोग गरेको थियो ।

सुचना

11:37 am

सुचना          सुचना               सुचना

 

निकट भविश्यमा नै अनेसास यू.ए.इ. च्याप्टरले लक्ष्मि प्रसाद देवकोटाको उपलक्ष्यमा वाचन गरिएका कविताहरुको संग्रह प्रकाशन गर्न गईरहेको छ । तर्सथ यदि तपाईहरु पनि उक्त कविता संग्रहमा कविता प्रकाशन गर्न चाहनुहुन्छ भने कृपया अनेसासको इमेलमा सर्म्पर्क गर्नुहोला । साथै अनेसास यू.ए.इ. च्याप्टरले नया वर्षो पावन अवसर पारेर देउराली पाक्षिक खवर पत्रिका प्रकाशन गर्ने जमर्को गरेको छ उक्त पत्रिकाकोलागि आवश्यक सामाग्रिहरुपनि उपलब्ध गर्राईदिनुहुन सम्पर्ूण्ा साहित्यिक ब्यक्तिहरुमा अनुरोध गर्दछ । अनेसास यू.ए.इ. च्याप्टर

आलोचना

7:34 am

फ्याउ फ्याउ
स्याल कराए जस्तो
कराइरहेछ
भुकिरहेछ
आफैमा बिश्वास छैन उसलाई
अन्योलमा नै
अत्यासीत मुद्रामा नै
अहंकार उसमा
तर बिश्वासको के कुरा
आफ्नै सोचाइले
एक्लै सताइरहेको
आफैलाइ देख्दैन
अरुको के कुरा !
एक्लै पिल्सिरहेको हुन्छ
भित्र भित्रै जलिरहन्छ
एक निर्दोस कारिन्दा
टक्क उसको अगाडि उभिन्छ
खै के सोच्दछ
एक्कासी बरबराउन थाल्दछ
नतमग्न भएर सुन्नु मत्र
सोच्दछ
चुप रहनु बेश
बाहिर निस्कन्छ
स्यालहरु यस्तै नै हुन्
भुक्ने जातहरु
भूकिरहन्छन्

इटनी शिब आर.

चैनपुर - धादिड.

नेपाल

आप्रवासका सुसेली’को विमोचन

5:16 am

१२-०२-०६ को दिन पुरुषोत्तम सुवेदीको निबासस्थान साउथराइडिङ्ग भर्जिनियामा दियो बलेको, फूल, मालाले सजिएको थालीमा गुलाफी रंगको कागजले परिपेष्ठित कृतिले विमोचन कार्यक्रमलाई यौटा यज्ञ जस्तो ज्योतिर्मय बनाएका थिए । त्यस अवसरमा होमनाथ सुवेदीद्वारा लिखित ‘आप्रवासका सुसेली’ कविता संग्रहको विमोचन नेपालबाट भरखर आउनु भएका पत्रकार तथा लोक संस्कृतिका अन्वेषक भोजराज थपलियाको हातबाट संपन्न भयो ।

कार्यक्रमको सभापतित्व अनेसास केन्द्रीय समितिका अध्यक्ष मोहन सिटौलाले गर्नुभएको थियो भने नेपालबाट सोही दिन अमेरिका आउनुभएका वालसाहित्यकार प्राध्यापक गुहनाथ पौडेलले होमनाथ सुवेदीका कृति प्रकाशन र यिनको विशेषताबारे दार्शनिक समीक्षा प्रस्तुत गर्दै भन्नुभयोः यो कृति दर्शनले भरिएको छ । यसको दर्शनको व्याख्या आज रातभर गरेर पनि सकिन्न । लेखकले आफ्नो मन्तव्य दिदै भन्नु भयोः अमेरिका र नेपालको बिचको जीवनको द्वन्द्व नै यसको वस्तु हो र यसैभित्रका पीडामा मानवीय स्वतन्त्रताको अन्वीक्षण गरिएको छ । यो यसको मर्म हो । यसैमा डायस्पोराको पीडाको दर्शन पनि परिव्याप्त छ । मुख्य अतिथि भोजराज थपलियाले होमनाथ सुवेदीको सिर्जनाको चर्चा गर्दै भन्नुभयो- "यति टाढा सात समुद्रपार आएर नेपाली भाषामा सातसातवटा उपन्यास र अरु चारवटा गरी ११, ११वटा कृति लेखिसकेको नेपाली साहित्यकार आजसंम मैले अर्को कुनै देखेको छैन ।" कृतिको विवेचना गर्दै मोहन सिटौलाले "छन्दोबद्ध कविताको न्यूनता खटि्कदै गएको अवस्थामा सातसमुद्र पारबाट अधिकतम छन्दमा लेखिएको ‘आप्रवासका सुसेली’ कविता संग्रह दिएर होमनाथ सुवेदीले महत्वपर्ूण्ा काम गर्नुभएको छ" भन्नुभयो । कल्पना सत्यालबाट संचालित सो कार्यक्रममा नन्दा सुवेदीको गीत, प्रिया सुवेदीको कविता, तथा प्रकाश तथा परुषोत्तम सुवेदीबाट विमोचित कृतिका कविताहरु वाचन गरिएका थिए । उषा सत्यालबाट आशर्ीवचन तथा कल्पना सुवेदीले कार्यक्रममा उपस्थित भैदिनुभएकोमा पाहुनाहरुप्रति आभारी व्यक्त गर्दै होस्टको दायित्व निर्वाह गर्नु भएको थियो । कार्यक्रम पछि डिनरको व्यवस्था पनि गरिएको थियो । १३६ पृष्ठको यो कविता संंग्रहको मोल डरल ५।०० छ र किन्न इच्छुक पाठकले ७०३-४९१-१०१४ मा सर्ंपर्क गरी मगाउन सकिन्छ ।

चमेनाघर (कथा)

8:28 am

‘नरेशचन्द्र’

चौवाटैमा खरले छाएको सानो कटेरो छ । कटेरो सडकतिर फर्किएको छ । ढोकाको ठिक माथीतिर ‘चमेनाघर’ भनेर लेखीएको एउटा साइनवोर्ड छ । साइवोर्डमा त्यस चमेनाघरमा पाइने हरेक परीकारको बिबरणहरु खुलाइएको छ । ओहोर दोहोर गर्ने ढाक्रेहरुको लागी भनेर ढोकापारी भित्तामा लामो बिसौनी पनि मिलाएर खोपीएको छ ।

‘आजको रात काटन पाइएला -’ झमक्कै सांझ परीसकेको थियो । मैले त्यही बस्ने सोच बनाएर सोधे ।

‘पाइन्छ, पाइन्छ † कतिजना हुनुहुन्छ - खटीया धेरै छैन, बा नपुग्ने हो कि -’ भित्रैबाट प्रत्रि्रश्न आयो ।

‘म एकजना मात्र, हजुर †’ ढोकैमा पुगरे मैले भने । टुकीको मधुरो उज्यालोमा धन्दा गर्दै गरेकी पच्चीस छव्वीसकी यूवती जुरुक्क उठेर ढोकैमा आई र मलाई नियाल्दै हेरी । एकले अर्कालाई नियाल्ने क्रम करीव आधा मिनेट जती जारी रहयो ।

जेष्ठ बैशाखको चर्को घाम, दिनभरीको हिर्डाईले म निकै गलीसकेको थिए । त्यसैले खानाको टुङ्गो गरेपछि म खटीयामा लगाएको कपडाको थाकमाथी ढले । उ पुनः आफ्नो धन्दाकुन्दा गर्न लागी । निधै ध्यानपर्ूवक म उसको कृयाकलापको अवलोकन गर्न थाले । उसको देहभाषामा थोरै उछृङखलता भाल झल्किन्थ्यो ।

‘केही लिनुहुन्थ्यो कि -’ चुल्हो छेउमै उभीएर केहीवेरपछि मतिर हेरेर हास्दै उसले सोधी ।

‘के खाने र खै - म रक्सी लिन्न । एक ग्लास पानी पाउ, सोधीहाल्नु भयो ।’ मैले थकीत श्वरमा भने ।

बास्तवमा त्यो मेरो अर्डर उसंग आत्मीयता देखाउनका लागी मात्र थियो । कांचको ग्लासमा कागतीको रस मिसाएको पानी मेरो छेवैमा उभीएर मलाई नै हर्ेर्दै दिई । उसको पटीलो जीउ देखेर मेरो उत्ताउलोन उत्तेजीत भएको त्यो क्षण मेरो लागी उसंगको प्रथम अनुभव थियो ।

‘दर्ुइ बर्षपहिला यहीबाटै घर गएको थिए । उवेला त यो होटल थिएन । कहिलेदेखी सुरु गर्नुभयो -’ मैले फेरी सोधे ।

‘भयो नि अर्ढाईबर्ष।’ चुल्होतिर अगाडि बढदै उसले भनी ।

‘सेन्टरमै खोल्नुभएछ । व्यापार त राम्रै होला, हैन -’ मैले भने ।

‘आव्वर्ुइ † के को व्यापर हुनु नि - जिउ पाल्ने काम मात्र भएको छ । सुरुमा त राम्रै थियो तर अहिले छैन भन्दा पनि हुन्छ । राम्रो हुदा त्यही रक्सीको हुने हो । अतंकबादीहरु गाउमा पसेपछि त खुलेर रक्सी लिन पनि सबैले छोडे । जावो तातोपानी बेचेर के नै हुन्छ र - आतंककारीको डरले बटुवाहरु यो बाटो हिडनै पनि छोडी सके । जीउ पाल्नै सार्‍हो-गार्‍हो छ, हजुर ।’ मैले उ बोलेको सुनीरहे ।

‘अव त हिडलान नि । देशमा शान्ति भयो भन्छन ।’ मैले उसलाई साहनुभूती दिदै भने । आफ्नो कामलाई उसले निरन्तर दिइरही ।

‘बिदेशदेखी आउनुभा’ जस्तो छ, हो -’ चुल्हो छेउमा उभीएर फेरी मतिर हर्ेर्दै उसले सोधी । योबेला धेरै नजीक भएझै गरी बोली । उसको बोलीमा कुटनैतिक भाव भन्दा ग्रामीण शैलीको भाव प्रष्ट थियो ।

‘हो, म मलेसीयादेखी फर्किदै छु तर आज चाही तल कटारीदेखी । हिडने बानी छुटेछ, भन्नु पनि लाजै मर्दो- सोलु पुग्नै हम्मे परीसक्यो ।’ मैले घुमाउरो शैलीमा आफ्नो जिल्ला बताए । उसले मतिर फेरी पुलुक्क हेरी । सायद, मेरो बनावटी मुस्कन बुझी क्यार, उसले आफ्नो मुण्टो फेरी अन्तै फर्काई ।

पाहुनाको नाममा त्यो रात म एक्लै थिए । उसले निकै मेहेनत गरेर खाना बनाई । गोलभेडाको अचार, काउलीको तरकारी, कुखुराको भुटन, रायोको साग, दाल, दही र पोख्रेली चामलको भात खानाका परीकारहरु थिए । खाना तयार बनाउन नै उसलाई दुइघण्टा लागेको थियो । तर हामी बिचको आत्मीयता भने यतिन्जेलमा निकै नजीक भइसकेको थियो ।

खाना तयार भएपछि म खाना खान चेकटीमा बसे । उसले मेरो छेवैमा टुकी राखी ताकी म खानाको हरेक परीकार राम्रोसंग देखु । म उसलाई हर्ेर्दै खाना लिन थाले, मेरो सामनेमा बसेर उ मेरो अवलोकन गर्न थाली । हामी योवेला थोरै बोलीरहेका थियौ । मेरो सामने उसको उपस्थितीले म भने दोबाटोको होटलमा छु जस्तो पटक्कै लागेन, घरैमा छु जस्तो लागीरहेको थियो ।

रातको दश बजीसकेको थियो । खाना खाइसकेपछि मलेसीयाको मेरो अनुवभ सुन्नमा उ व्यस्त थिई । गफ रसीलो बनाउन म काल्पनीक घटनाहरु- जुन घटेकै थिएनन- थपेर बोलीरहेको थिए । छेवैमा बसेर एकचित्त उ मलाई नै सुनीरहेकी थिई ।

‘तपाईलाई म्यारीज आउछ ।’ करीव एघार बजेतिरको कुरा हो यो- अप्रत्यसित उसले कुरो निकाली ।

‘ज्यान थाकेको छ, न्रि्रले छोपीसक्यो । त्यसैले तास खेल्न भन्दा त आंखा चिम्लीन मन लागीरहेको छ ।’ मैले आनाकानी गर्दै भने ।

‘एक दुइ हात नारौ न ।’ एकपाराले मतिर हर्ेर्दै उसले भनी । ‘हुन्न -’

‘नार्नु र -’ मैले अल्छि मान्दै भने । यतिन्जेलमा उ तास लिन अल्मारी छेउमा पुगीसकेकी थिई ।

‘तर, पैसामा हैन नि । पैसामा खेलीयो भने रात बितेकै थाहा हुदैन । भोली त जसरी पनि घर पुग्नु छ ।’ उ फर्कि नसक्दै मैले भने ।

‘सानोले बांडने, काटनु †’ पुरानै ठाउमा बस्दै उसले भनी । मैले तास काटेर्,र् इटाको चौका उल्टीयो, उसले भोटेको बास्सा पाल्र्टर्ीइ । मेरो बांड भन्दै उसले तासको पत्ति बांडन थाली । त्यसपछि म्यारीज सुरु भयो ।

‘कति भो मलेसीयामा जानुभएको -’ हातको तास मिलाउदै फेरी प्रसंगलाई अगाडि बर्ढाई ।

‘भयो तिनबर्ष’ मैले भने ।

‘उहां के गर्नुहुन्छ नि -’ मलाई थकाई लागेको उसलाई थाह थिएन । फेरी उ बोली ।

‘बिदेशमा नेपालीले के गर्छ र - त्यही सबैले गर्ने नै गर्छर्ुु’ हिचकिचाउदै मैले भने ।

‘बिदेश जानलाई के गर्नुपर्छ - हामीलाई पनि भन्नुस न । यहां त केही गर्नै नसकीने भो । गर्न खोज्नेलाई पनि गरी खानै दिदैनन ।’ तास मिलाउदै लामो स्वस लिदै उसले भनी ।

‘भो, रहर नगर । यहां बसेर देखेको बिदेश र उही पुगेको बिदेशमा आकाश पात्तल फरक छ । बिदेशमा सार्‍है दुःख हुन्छ । मान्छेले हेप्छन । मरेर काम गर्नुपर्छ । त्यहां आफ्नो मर्जी मरे चल्दैन । अरुको खटनमा बस्नर्ुपर्छ । बिदेश भन्नु मात्रै, गधाको जुनी पो बिताउनु पर्छ । गर्न सक्नेलाई नेपालै श्वर्गे छ । मलाई पनि यतै केही गरौ जस्तो लागीरहेको छ । घरमूली घर छोडेपछि त घरबारै ब्रि्रदो रहेछ । यो चिडीको तिर्की तिमीले फालेको हो -’ यतीवेला हामी ‘तिमी’ भनेर एकअर्कालाई संबोधन गर्न थालीसकेका थियौ ।

‘हैन । त्यो पल्टिएकोर् इटाको दुक्की चाही हो । पैसा कमीन्छ भने एकदर्ुइ बर्षहेपाई खादा के फरक पर्छ त - जुनीभर भोग्नु पर्दैन क्यारे,’ उसले भर्ुइमाथी लथालिङ्गै छरीएका तासहरु एकठाउ बटुल्दै भनी ।

‘माल त के पल्टीएको थियो नि -’ उसको अनुहारतिर हर्ेर्दै मैले सोधे ।

‘भोटेको चौका,’ उसले भने ।

‘हैन, हर्ेदा त भरखरकै देखिन्छौ, तर बुढोजस्तो कस्तो छिटो बिसेको हौ - योसंग तिनचोटी हुन्छ तिमीले माल सोधेको ।’ उसले भनी ।

‘मलाई न्रि्रा र थकाईले च्यापेको छ भन्ने कुरा कस्तो नबुझेको हौ- भरखरको बालक जस्तो ।’ मैले व्याङ्गे गर्दै भने ।

‘निकै नै गलेको छौ भने यो सिरानीमा ढल न त ।’ उसले माटो सिरानी अडेसा गर्न दिई ।

‘भोटेको चौका आइज †’ जीउ थोरै लच्काउदै मैले फेरी तास थुते ।

‘बालबच्चाहरु कति छन -’ मलाई नहेरी उसले सोधी ।

‘तिनजना । दर्ुइ छोरा एक छोरी ।’ मैले नढांटी भने ।

‘त्रि्रो नि -’ मैले पनि सोधे ।

‘छैनन,’ उसले भनी ।

‘किन - बिहे नै भएको छैन कि, नबनाएको -’ फेरी मैले सोधे ।

‘आफ्नो त कर्मै उस्तो । बिहे त सानैमा भएको हो, तर उहांलाई उनीहरुले मारे । बिधुवी हूं म,’ उसले हलुकै भनी ।

‘किन मारे - के उ लालसेना अथवा सै’सेनाको मान्छे थियो -’ झस्किदै उतिर हेरे ।

‘के खाएर होस नि सेना, बिचरा । जासुसी गर्‍यो भनेर मारे । तर जासुसी थिएन उ । आफ्नो चुलो भित्रैकाहरु उठेर त्यसो गरेका थिए । तर मेरो आंशुले तिनीहरुलाई त्यती सञ्चोले बस्न कहां दिन्छ र † उनीहरुले गरेको अपराध उनीहरु आफैले यही जुनीमा भोगेर मर्नुपर्छ । के फल्यो खै -’ भुइमाथी छरीएको तास ठम्याउदै उसले भनी ।

‘पानाको छक्क लाग्छ -’ मैले हातैमा उठाएर उसको आंखा नजीकै लगेर देखाउदै भने ।

‘चाहीन्न † माल आइज, खै † मालजत्ति सबै मुनी छन कि क्या हो । तिमीले तासै नफिटी बांडे जस्तो छौ,’ थुतेको तास मिलाउदै थोरै झर्कीएर उसले भनी ।

‘फिटन त राम्रै फिटेको थिए । सातजनाले खेल्ने खेलमा दुइजना मात्र बसेपछि यस्तै त हुन्छ ।’ संझाउदै मैले भने-  ‘शो’ भो -’ 

‘किन यती छिटो हुन्थ्यो नि लै लै † तिमी चोट्टे हो -’ उसले सोधी ।

‘सुरुदेखी नै चोट्टेमा छु तर तासैले साथ दिइरहेको छैन ।’ तास मिलाउदै मैले भने ।

‘फेरी कहिले र्फकन्छौ, उता मलेसीयातिर -’ तासको प्रसंग बदलेर उसले फेरी सोधी ।

‘खै † फर्किए भने एक महिनापछि फर्किन्छु होला,’ मैले भने- ‘तर मनले चाही र्फकन मानीरहेको छैन ।×’

‘सांच्चै, मलेसीयाका मान्छेहरु कस्ता हुन्छन - मलाई पनि भनन ।’ उसले आफ्नोर् इच्छा प्रकट गरी ।

‘बानी बेहोरा कि अनुहार -’ मैले उसलाई हर्ेर्दै भने ।

‘दुवै †’ उसले थोरै मुस्कुराउदै भनी ।

‘नेपालीहरुलाई देखाउने बानीवेहोरा पशुको जस्तो, अनुहार चाही हाम्रोसंग मिल्दोजुल्दो हुन्छ ।’ मैले भने ।

‘नेपाली केटीहरु पनि जान थालेका छन रे, हो -’ तुरुन्तै उसले प्रश्न थपी ।

‘भरखर भरखर आउन थालेका छन रे भन्ने मैले पनि सुनेको छु ।’ मैले भने ।

‘मलाई पनि लैजान सक्छौ - तर पर्ढाई छैन, जानेकी पनि केही छैन । धेरै पढेको हुनर्ुपर्छ होला, हैन -’ उसले बिदेश जाने आफ्नोर् इच्छा फेरी दोहोर्राई ।

‘मलेसीया जानका लागी के पर्ढाई चाहीन्छ र - काम गर्न बल भए पुग्छ । तर, तिमीलाई त यतै ठिक छैन र - म त व्यर्थै गएछु जस्तो लागीरहेको छ ।’ मैले उसलाई संझाउने ढंगले भने ।

‘गाउमै गरी खान खोज्दा त सबैको तारो भइने रहेछ । बिधुवी भएपछि त सबैले हेप्दा पनि रहेछन । छिमेकीहरु नानाथरी भन्छन । गाउमा बिधुवी म मात्र होइन भनेर चित्त बुझाउने गरेकी छु । कति त अस्ति नै मुग्लान जाने भनेर गइ पनि सके । घरको पाखुरा नभएपछि बिचराहरु कहां जाउन † बालबच्चा, उनीहरुको शिक्षादिक्षा, आफैले सबै हर्ेर्नै पर्‍यो । मलाई नि’ जाउ भन्दै थिए । तर, उतै जान चाही मनैले मानेन, त्यसैले गइन ।’ उसले भनी ।

‘गाउमा यतीका धेरै बिधुवीहरु छन र भन्या -’ मैले आर्श्चर्य प्रकट गरे ।

‘माथी डांडाखर्कमा लालसेनाका र आर्मीको मान्छेहरुको चारपटक भिडन्त भइसक्यो । दुवै पक्षको सैयौ मान्छेहरु मरे, मारीए । पाखैभरी रगत जमेको थियो । पछिसम्म स्याल ब्वसोहरु रगत चाटदै रातभरी कराउदै गरेको सुनिन्थ्यो । बचराहरु † कम्ती बिजोग भएर मेरे †’ उसले लामो सास फर्ेर्दै भनी- ‘बिचाराहरुको आत्माले शान्ती पावस । म त यही चाहन्छु ।’

‘खै के फाल्यौ -’ उसको कुराले मेरो शरीर जीरीङ्ग भइसकेको थियो । डरैसरी मैले सोधे ।

‘उ नाङ्गै देखेनौ भर्ुइमाथर्ीर् इटाको सत्ता - छिः कस्तो घुडा पो दख्यो । खै त्रि्रो खुट्टा अली परतिर सार त, घुडा कुजीएला झै भयो । खै के फाल्यो -’ पलेटीबाट खुट्टा फुकाएर तन्काएर छरीएको तासमाथी आंखा घुमाउदै भनी ।

‘पख न, थुक्क † मरेर फेरी सत्तै आएछ, ल यही सत्ता, कति प्वायन्ट छ त्रि्रो, लाग्छ -’ मैले सोधे ।

‘दश जति होला,’ उसले हातको तास हर्ेर्दै अन्दाजमा भनी ।

‘त्रि्रो जहानलाई मार्ने अपराधीहरुलाई कार्वाही भयो त -’ मैले पुनः प्रसंग जोडे ।

‘जनसरकार भनेर एकातिर उनीहरुकै सरकार छ, अर्कातिर सरकार भनेका हामी भनेर अर्का छन । अव कसलाई उजुरी गरेर कार्बाही हुने - यो जुनीमा त त्यतीकै होला ।’ आफ्नो आंखा नजीकै तास लागेर मिलाउदै भनी ।

योवेला उसको अनुहारभरी हरेशभाव देखिन्थ्यो । उसको अनुहारभरी अभाव र लाचार प्रष्टै थियो । आंशु पोखीने ठाउमा कसैको कोठी बसेको छ भने उसले जीवनमा धेरै रुनर्ुपर्छ भन्ने मैले सानैमा सुनेको थिए । यतीको सफा र भरीलो अनुहार, सबैले मन पर्ने खालको ठूल्ठूला आंखाको माझमा चिटिक्क परेको नाक, सलक्क परेका औलाहरु, तर कस्तो खुनी भाग्य † भगुवान पनि कति पक्ष्ँपाती † उसको गालाको कोठी आंशु बग्ने खोल्सीमै देखेर मैले मनमनै कुरा खेलाउन थाले ।

‘खै - के फाल्ने, छिटो फाल न ।’ मेरो मनभित्र खेलीरहेको कुरा उसलाई थाह थिएन । उसले आफ्नो हतार देखाई ।

‘के फाल्ने र - एउटै मिल्ने तास छैन । जे फाले पनि कुरो एउटै हो । ल चिडीको बास्सा आयो, लाग्छ -’ फाल्टो तास फाल्दै मैले भने ।

‘तिमी त सार्‍है अन्तरात्मा बुझ्ने मान्छे पो रहेछौ, बाबै † मैले दिएको तिनवटा तास तिमीले लिइसक्यो । तर, मलाई मिल्ने एकपत्ति फालेको छैनौ, क्या बाठो ।’ उसले तास थुत्दै भनी । 

‘के यो गाउमा आतंकवादीहरु सांच्चै नै धेरै छन -’ मैले पुनः प्रसंगलाई जोडे ।

‘त्यही भएरै त आर्मीको क्याम्प यस गाउमा सरेको छ । गाउमा कोही मर्दहरु छैनन । आस्ती भरखरसम्म खेती उव्जाउने ठाउमा आतंककारीहरु ट्रेनीङ गर्थे । बस्तु चरनमा आर्मीको व्यारेक थियो । यस्तो ठाउमा को बस्न सक्छ ल तिमी नै भन त - त्यही भएर लोग्नेमान्छेहरु कोही छैनन । खै † देशमा शान्ति आयो भन्छन तर गाउका ठिटाहरु अझै आएका छैनन । अहिले यो गाउमा हामी जति छौ, सबै महिलाहरु मात्र छौ ।’ उसले भनी ।

‘तिमीहरुलाई चाही केही गर्दैनन -’ मैले फेरी प्रश्न गरे ।

‘किन नगर्नु नि । वेलावेला दुःख दिन आइरहन्छन नि । देवताजस्तो मेरो जहानलाई त गुमाए भने अव लोभ गर्न नै मसंग के छ र - जे गर्न मन लाग्छ गर भन्दिन्छु । चुपचाप आउछन, जान्छन,’ उसले भनी ।

‘यस्तो डर धम्कीमा बस्नु भन्दा त काठमाण्डौतिर जानु नि ।’ मैले सुझाव दिए ।

‘उहां गएर के गर्नु नि - जागीर खानलाई पढेकी छैन । जता गएपनि पैसा र आफ्नै मान्छे चाहिन्छ । जहानको हत्य भइसकेपछि त घरबाट पनि अलच्छीनी भनेर निकाले । जीउ पाल्न भाडामा यो होटल चलाउदैछु । होटल चलेको देखेर सुरुमा त घरधनी आफैले चलाउने कुरा गर्दै थियो । तर, अहिले व्यापार ठप्पै छ, त्यसैले उ चुप छ । माइती जाउ- सानो घराना, अन्त जाउ जाने कहां - कर्मै उस्तो । भनीहाले नि- गाउमा बिधुवी म मात्र हैन भनेर आफ्नो चित्त बुझाउछु । काठमाण्डौ गएर सबैलाई आफ्नो दुःख किन देखाउनु - पाए समुद्रपारै जाने, हैन भने यो एक जुनीलाई यतै ठिक छ ।’ उसले फेरी लामो सास फर्दै भनी । 

‘तिमी त छक्क पर्‍यो नि । छिटो फाल न, कि ‘शो’ भयो -’ उसको कुराले म झस्किए । रातको एक बजेको हुदो हो, मलाई झपझप न्रि्रा लाग्न थालीसकेको थियो । यतीवेला मेरो ध्यान तासमा भन्दा तिनबर्षेखी एक्लै घर चलाउदै आएकी शुष्मीता माथी बढी थियो । घरमा पुरुष नभए नारीले कस्तो चुनौती भोग्नु पर्छ भन्ने चित्र मैले यहीबेला देखेको थिए । थकीत मात्र थिइन, गाउघरको कुराले गाउ पुग्ने मेरो उत्साह नै पनि हराइसकेको थियो ।

‘के फाल्यो खै -’ उसको कुराले म फेरी झस्किए ।

‘थुक्क † यो हातले कहिले पो मिल्ने पत्ति थुतेको छ र † ल यो लाग्छ -’ बुङबाट थुतेको भोटोको चौका, जुन माल थियो, त्यही तास माल नठानेर कञ्जुर्साई गर्दै भुइमा खसाए ।

‘बल्ल यसैले ‘शो’ भयो भन्दै मैले फालेकै पत्ति टिपेर मिलाउदै तास भुइमाथी फिजाई । फिजाइएको तास हेरे- ‘शो’ भइसकेको थिएन । ‘तास राम्रो हेर है, ‘शो’ भइसकेको छैन, फाइन तिर्नु पर्ला नि †’ मैले उसतिर थोरै जोसीएर भने ।

तर, अनौठौ लाग्ने कुरा- योवेला उ पुरै नङ्गीएर मतिरै हर्ेर्दै एकपाराले हासीरहेकी थिई । अकमक्क पर्दै म उसलाई हर्ेन थाले । धिपधिप गर्दै बलीरहेको टुकीलाई खिसिक्क हास्दै उसले निभाई । छिनभरमै कोठा अन्धकार भयो । त्यस अन्धकारभित्र छोटो खित्का छोडेर टेलीनु बाहेक मेरो मस्तिष्कले अरु केही भ्याउन सकेन र म पनि खित्त हासे । त्यसपछि भने म चमेनाघरमा छु जस्तो पटक्कै लागेन ।
 (c) Nepalipost.com
 

सिंहासन संसद्को स्टोरमा

 संसद्को सबैभन्दा उच्च स्थानमा सजाइएको चाँदीको राजसिंहासन संसद्को स्टोरमा थन्काइएको छ । यसले संसद्भित्र राजाको प्रतिनिधित्व गथ्र्याे । राजाले यसमै बसेर सरकारको नीति तथा कार्यक्रमसम्बन्धी शाही सम्बोधन गर्थे । चाँदीले चम्किएको सिंहासनका दुवैतिर आँखा टल्कने सिंहको आकृति थियो । सदन सुरु हुनुअघि यही कुर्सीतिर निहुँरेर मात्र सभामुखले आसन गर्थे । लोकतन्त्रपछि संसद्मा राजाको कुर्सीतिर निहुरिने प्रचलन हटेको हो । अन्तरिम संसद्का लागि पुनःसंरचना गर्नेक्रममा यो सिंहासनलाई स्टोरमा थन्काइएको हो । पञ्चायती राजमा राजदरबारबाटै सिंहासन ल्याएर राखिएको थियो । २०४८ पछि पनि यो कुर्सी निरन्तर रह्यो । आकर्षक बुट्टा कुँदिएको चाँदीको गहु्रँगो सिंहासन दुई जनाले पनि सजिलै यताउता लैजान सक्दैनन् । संसद् सचिवालय प्रमुख प्राविधिक अधिकृत रुद्रबहादुर केसीले ०१५ सालमा निर्वाचित प्रतिनिधिसभाको बैठक बस्दा ग्यालरीमा सिंहासन नभएको जानकारी दिए । ‘पञ्चायतकालमा दरबारबाट ल्याइराखिएको हो,’ उनले भने- ‘राजतन्त्रको इतिहाससँग जोडिएको मुख्य सिंहासन हनुमानढोका दरबारमा छ । त्यसैको नमुनामा अरू सिंहासन पछि बनेका होलान् ।’ सिंहासन कहिले ल्याइयो भन्ने रेकर्ड संसद् सचिवालयसँग छैन । राष्ट्रिय पञ्चायतको कक्षलाई ०४८ मा प्रतिनिधिसभा बैठक कक्ष बनाएपछि त्यहाँको सिंहासन र अन्य भौतिक पक्ष पूवर् वत् राखियो । ‘दरबारसँग सोधेर यही सिंहासनको नमुनाअनुसार राष्ट्रिय सभामा राखिएको सिंहासन तयार गरिएको हो,’ केसीले भने । तर नयाँ सिंहासनको पनि संसद्मा रेकर्ड छैन । ‘त्यसको रेकर्ड मैले भेटेको छैन,’ भण्डार शाखाका अधिकृत गोपालनाथ श्रेष्ठले भने । गृह मन्त्रालयअन्तर्गत तयार भई उतैबाट हस्तान्तरण भएकाले रेकर्ड पनि उतै हुन सक्ने केसीको भनाइ छ । राजशासनको प्रतीक ‘राजदण्ड’ राख्ने सन्दुस -काठको बाकस) भण्डार कक्षमा यथावत् छ । तर त्यहाँ राजदण्ड भने छैन । संसद् अधिवेशन सुरु हुनुअघि भर्पाइ गरेर ल्याइने राजदण्ड अधिवेशन सकिएपछि बैठकेले राजदरबार पुर्‍याउने चलन थियो । ‘यसपटक प्रयोग नगरिएपछि दसैंको फूलपातीको अघिल्लो दिन दरबार लगेर बुझाइसकिएको छ,’ बैठके सिर्जन खनालले भने । उनीहरूले विगतमा जस्तै दरबारको राजकीय सम्पत्ति कोषमा राजदण्ड बुझाएका हुन् । ‘पहिले अधिवेशन सकिएपछि बुझाइन्थ्यो,’ उनले भने । केसीका अनुसार मार्सल राख्ने र राजदण्ड ल्याउने परम्परा पनि राष्ट्रिय पञ्चायतबाट सुरु भएको हो । राजदण्ड बोकेर ल्याउन दुई जना सैनिक मेजर औपचारिक पोसाकमा आउने परम्परापछि मार्सलमा परिणत भएको उनको भनाइ छ । ग्यालरी बैठकको नयाँ व्यवस्थापनमा विधायकहरू बस्ने रोहमा मार्सन जाने स्थान हटाइएको छ । ‘पहिले वाच एन्ड वार्डको दरबन्दी थियो,’ उनले भने- ‘भित्र पस्ने दर्शक, पत्रकारहरूको परिचयपत्र हेरेर बस्ने स्थान ठीक भए/नभएको हेर्नेमात्र उनीहरूको काम थियो । पछि माननीयहरूको वरिपरि घुम्ने व्यवस्था गरियो ।’ अन्तरिम व्यवस्थापिका सदस्यका लागि ग्यालरी बैठक फराकिलो पारी साँघुरो लबीलाई पहिले राष्ट्रिय सभाको बैठक हलसम्म विस्तार हुने संसद् सचिवालयले जनाएको छ । ग्यालरी बैठकमा रहेका राणकालीन सिकारका तस्बिरहरू हटेका छन् । तर लबीमा सजिएका राजाका तस्बिर यथावत् छन् । दक्षिणतर्फको प्रधानमन्त्री च्याम्बरमा श्रीपेच लगाएका राजा ज्ञानेन्द्रको तस्बिर यथावत् छ । सांसदहरूले लबीबाट पुराना तस्बिर हटाउन भने पनि प्रधानमन्त्रीको च्याम्बरतर्फ कसैले ध्यान दिएका छैनन् । ग्यालरी बैठक भवनको मुख्यद्वारमाथिको राजमुकुट अंकित लोगो पनि हटेको छ । त्यहाँ संसदको नयाँ लोगो राखिको छ । ‘अब संसद्मा राजतन्त्रको झल्काउने कुनै प्रतीकचिह्न छैन,’ सभामुख सुवास नेम्बाङले भने । ग्यालरी पुनःनिर्माणसँगै संसद् सचिवालयका नयाँ भवनमा माओवादीको संसदीय दलको कार्यालय तयार भएको छ । १ सय ५० सिटको बैठक कक्षसहितको माओवादी संसदीय दल अन्य दलहरूको कार्यालयभन्दा सुविधायुक्त र भव्य देखिन्छ ।

साभार कान्तिपुर अनलाइन

8:08 am

Picture%2520024.jpg

९८ औ लक्ष्मी जयन्ति तथा साहित्यिक समारोह कार्यक्रम

8:30 am

युएइमा ९८ लक्ष्मी जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न ।

 

अन्तर्रर्ाा्य नेपाली साहित्य समाज यू.ए.इ च्याप्टरले ९८ औ लक्ष्मी जयन्ति तथा साहित्यिक समारोह कार्यक्रम अक्टोवर २०, २००६ अर्थात कार्तिक ३ २०६३ का दिन दुवईको फिस्टेल रेष्टुरेष्टमा भब्यताका साथ सम्पन्न गरयो.।

यू.ए.इका लागि महामहीम कार्यबाहक राजदुत श्री मोहन कृष्ण श्रेष्ठ ज्यूको प्रमुख अतिथीमा सम्पन उक्त कार्यक्रमको सभापतित्व अनेसास यू.ए.इ च्याप्टरका सभापति बालचन्द्र ज्यूले गर्नु भएको थियो ।अन्य अतिथीहरुमा राजदुतावासका द्धृतिय सचिव प्रकाशमणी पौडेल , तृतिय सचिव विक्रम गीरी, यू.ए.इमा स्थापना भएका विभिन्न संघसस्थाका प्रतिनिधिहरु, यू.ए.इमा छरिएर रहेका साहित्यिक ब्यक्तिहरु, बुद्धिजिवी वर्ग, पत्रकार ज्यूहरु, विभिन्न पेसामा संग्लग्न प्रवासी नेपालीहरुको वृहत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी ज्यू र सभापतिज्यूबाट महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको फोटोमा फुलमाला चर्ढाई बक्ति प्रज्वलन गरी ार्यक्रमको विधिवत रुपमा उद्धघाटन गरिएको थियो भने भर्खरै नेपालमा प्लेन दर्ुघटनामा परी ज्यान गुमाउन बाध्य स्वदेशी तथा विदेशी विशिष्ट ब्यक्तिहरुको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमको सुरुमा नेपालबाट प्राप्त कविता प्राध्यापक विश्वमणी अधिकारीले पठाउनु भएको राजाको आगनमा देउसी

कृष्णजड.ग आए आगन, सरकारको वयान मागन

हे औसीको दिन, गाई तिहार किन भैलो -

……………………………………………

ब्यड.ग्यात्मक देउसी भाकाको गित अनेसास यू.र्एर्.इ च्याप्टरका सदस्य जगन्नाथ पौडेलले भट्याउनु भएको थियो भने उपस्थित सबैले तालमा ताल मिलाएर भैलोरी भन्नु भएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा कविहरुले आ, आफ्नै भाकामा लक्ष्मी प्रसाद देवकोटाको बारेमा, लक्ष्मी पुजा साथ साथै देशको वर्तमान स्थितीको बारेमा गित गजल मुक्तक, कविताहरु प्रस्तुत गर्नु भएको थियो । केन्द्रबाट प्राप्त साहित्यकार होमनाथ सुवेदी र अध्यक्ष मोहन सिटौला तथा साउदीबाट सागर श्रेष्ठले पठाउनु भएको सुभकामना सन्देश पढेर सुनाईएको थियो साथसाथै विभिन्न ठाउँबाट प्राप्त साहित्यकारहरुको कविताहरु उपस्थित साहित्यकारहरुले वाचन गरेर सुनाउनु भएको थियो ।

 

कार्यक्रम सञ्चालक अनेसास यू.ए.इका महासचिव सुवास अधिकारीले गर्नु भएको थियो भने स्व्ाागत मन्तब्य सदस्य कृष्ण अर्याल ज्यूले दिनु भएको थियो । लक्ष्मी प्रसाद देवकोटाको जिवनी, तथा भूमिकाकोबारेमा अनेसास यू.ए.इका सचिव तारानाथ न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । अनेसासको भूमिका, भावी योजना, अनेसासको स्थापना यसले विश्व जञ्जालमा फिजाएको जालोको बारेमा बृस्तृत जानकारी अनेसास यू.ए.इका बरिष्ठ सल्लाहकार खेमनाथ पौडेलले दिनु भएको थियो । कार्यक्रमको प्रायोजनमा यू.ए.इ एक्सचेन्जले सहयोग गरेको थियो ।

 

कार्यक्रममा उपस्थित बिभिन्न साहित्यकारहरुले आफ्नो मन्तब्यमा यू.र्एर्.इमा पहिलोपटक लक्ष्मी प्रसाद देवकोटाको जत्मजयन्ति तथा साहित्यिक कार्यत्रममा उपस्थित हुन पाएकोमा खुशी प्रकट गर्नु भएको थियो । महिला साहित्यकार श्रीमती अञ्जु वाग्लेजीले लामो बर्साईमा आज बल्ल साहित्यिक कार्यक्रममा उपस्थित हुन पाएकोमा र अनेसासको बारेमा अझै बढी जानकारी भएकोमा खुशी प्रकट गर्नुहुँदै अनेसासमा आवद्ध भएर जान प्रवासमा छरिएर रहेका साहित्यकारहरुलाई अनुरोध गर्नु भएको थियो ।

प्रमुख अतिथी श्री मोहन कृष्ण श्रेष्ठ ज्यूले आफु आएको छोटो समयमा पनि पहिलो पटक साहित्यिक कार्यक्रममा उपस्थित हुन पाएकोमा र अनेसास यू.ए.इ च्याप्टरले स्थापना कालको छोटो अवधिमानै सफलता प्राप्त गर्न सकेकोमा खुशी प्रकट गर्दै भविश्यमा पनि साहित्यिक कार्यक्रममा सहभागी हुन पाईयोस भनी अनेसास यू.ए.इ च्याप्टरलाई धन्यवाद प्रकट गदैै शुभ दिपावलीको पावन अवसरमा राजदुतावासको तर्फाट सम्पर्ूण्ा प्रवासी नेपालीहरुलाई शुभ कामना दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति बालचन्द्र पोख्रेलले यू.ए.इमा छरिएर रहेका साहित्यकारहरुलाई अनेसासको छातामुनी गोलबद्ध भएर अगाडी बढ्न अनुरोध गर्नु हुदै आउदा दिनहरुमा अन्य साहित्यकारहरुको जन्मजयन्ती मनाउदै जाने र उक्त कार्यक्रममा कविता प्रतियोगिता जस्ता साहित्यिक कार्यक्रम गर्ने वाचा गर्दै सभाको बिर्सजन गर्नु भएको थियो ।

7:41 am

अनेसास यू.र्एर्.इ च्याप्टरद्धारा दुगा पूजा सम्पन्न

SCD40245.jpg

अनेसास यू.र्एर्.इ च्याप्टरले यू.र्एर्.इको सारजाहमा बडा दशैको उपलक्ष्यमा आश्विन १३, २०६३ अर्थात सेप्टेम्वर २९, २००६ का दिन दर्ुगापूजाको कार्यक्रम सम्पन्न गर्‍यो । अनेसासका सभापति बालचन्द्र पोख्रेलको सभापतित्व तथा रमेश दाहालको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम दर्ुगादत्त पोख्रेलले सञ्चालन गर्नु भएको थियो । Picture%2520024.jpgउपस्थित अनेसासका सदस्यहरु र आमन्त्रित नेपाली दाजुभाइहरुले प्रवासमा पहिलो पटक दुगा पूजा गर्न पाउँदा आफू हर्षबभोर भएको जनाएका थिए । उपस्थित सबै प्रवासी नेपालीहरुले दुर्ूगामाताको फोटोमा फूल र अक्षताले पूजा गरी प्रसाद ग्रहण गरेका थिए । आगामी दिनहरुमा पनि नेपाली परम्परा, संस्कृतिलाई जिवन्त र दिगो राख्न अनेसासले अझै गहकिलो भूमिका खेल्न सफल होस् भन्दै उपस्थित प्रवासी नेपालीहरुले एक आपसमा विजया दशमीको शुभकामना आदान प्रदान ब्यक्त गरेका थिए ।

यू.ए.इमा लक्ष्मि पुजा तथा महाकवी लक्ष्मि प्रसाद देवकोटाको जन्मजयन्ति मनाउने

11:07 am

विदेशमा छरिएर रहेका साहित्यकारहरुलाई एउटै छातामुनी ल्याउन सफल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ले विभिन्न साहित्यकारहरुको जन्म जयन्ति मनाउने क्रममा आउदो अक्टोवर २०, २००६ तदानुसार कार्तिक ३ गते २०६३ का दिन यू.ए.इ च्याप्टरले लक्ष्मी पूजा, कवि गोष्टी र महाकवि लक्ष्मि प्रसाद देवकोटाको १९८ औ जन्म जयन्ति मनाउन गईरहेको सहर्षजानकारी गराउदछौ । उक्त कार्यक्रममा यू.ए.इमा छरिएर रहनु भएका साहित्यप्रेमी नेपालीहरुलाई उक्त दिन फिस्टेल होटेल बर दुवैमा दिनको ३ बजे उपस्थित हुनको लागि अनेसास यू.ए.इ च्याप्टर अनुरोध गर्दछ ।

 

सभापति

 

अनेसास यू.ए.इ

विश्वकै सवैभन्दा पुड्को मानिस नेपालमा

4:24 am

विश्वको सवैभन्दा पुड्को मानिस नेपालमा हालसालै फेला परेको छ । चौध वर्षिय खगेन्द्र मात्र वीस इन्च अग्ला छन् । उनको तौल साढे चार किलो वताइएको छ । गिनिज वल्ड रेकर्डका लागि नोमिनेसन हुने संभावना उनको तीव्र भएको बताइन्छ । हालसम्म गिनिज वल्ड रेकर्डमा सवैभन्दा कम उचाइ भएको व्यक्ति पच्चीस इन्च अग्ला छन् ।

कविता

च्यातिएका टुक्रा टुक्रा तस्वीर तिम्रो जोड्न सक्छु म ।

मनदेखी तनसम्मको चित्र पनि दुरुस्त कोर्न सक्छु म ।

ठान्छौ होला जान्दैन यो कति पनि कथा मेरो

बाजी राखौं तिमीलाई तिमीभन्दा राम्ररी पढ्न सक्छु म ।

सोंच्छौ होला बुझ्दैन यो मूटु छेंड्ने व्यथा मेरो

तिमी रुंदा तिमीभित्र सारै सारै दुख्छु म

भो चाईदैन तिम्रो माया

दुखेकै छन् मुटुहरु, छाति भित्र तडपिएर

खसेकै छन् आँशुहरु आंखाबाट छल्किएर,

भो चाईदैन पारदर्शी तिम्रो माया

सकेकै छु ज्युंन यहाँ, पाईला पाईला बल्झिएर 

 पिरतीको फूल टिपी, पूजा गर्थे माया मनले,

किनिएछ तिम्रो त्यो मन, सुन किन्ने प्यारो धनले,

सजिएर बस्छौ अरे हिरा मोती सुनै सुनमा,

चाँदनी झै चहक छौ रे जति छैन माथी जूनमा

भो चाईदैन पारदर्शी तिम्रो माया,

दुखेकै आशा सबै छात्ति भित्र तडपिएर,

सकेकै छु हाँस्न यहाँ

चोटै चोटमा बल्झिएर

नेपाली समाज यू.ए.इको कार्य समितीमा हेर फेर

11:23 am

खेमनाथ पौडेल

यू.ए.इ

नेपाली समाज यू.ए.इको यहि आश्विन ६ सेप्टेम्वर २२ २००६ शुक्रवारका दिन दुवैमा बसेको ५ औ बैठकले कार्यसमितीमा भएको फेरबदललाई अनुमोदन गरेको छ । बैठकले कार्यसमितिका कोषाध्यक्ष श्री हरी खड्काले कार्यब्यस्तताको कारण दिनु भएको राजीनामा स्विकृति गर्‍र्यो भने अदक्ष कृष्ण ढकाले समाजको बृहत हित र एकरुपतालाई ध्यानमा राख्दै समाज नयाँ पुस्तालाई नेत्तृत्व सुम्पने आफ्नो हेतु रहेको भन्दै अनायस बैठकमा आफ्नो राजीनामा पेश गर्दा कार्यसमितीका सदस्यहरु अचम्ममा पर्नु भएको थियो । पछी उहाँले आफ्नो बास्तविक इच्छा समाजलाई अझै एकरुपता र दरीलो बनाउने इच्छा रहेको खुलास गरे पश्चात उहाँले देखाउनु भएको शाहसता, महानता र त्यागको उच्च मुल्याङ्कन र सम्मान गर्दे बैठकले उक्त राजीनामा स्विकृति गरेको थियो । साथै उहाँको सामाजीक सेवाभाव, दक्षता, कार्यकुशलता, लगनशिलता, निश्वार्थता, मिलनसारिता आदि गुणहरुको समाजले निरन्तरता कदर गने कार्य समिती भन्दा बाहिर रहेपनि उहाँ सधै नेपाली समाजको एउटा अंग भएर रहनु पर्ने छ भन्दै बैठकले कार्यसमितीमा विभिन्न कारणले रिक्त हुन आएको पदहरुमा र्सवसमितीले पदपुर्ति गर्‍र्यो । जसअनुसार अध्यक्ष श्री र्सर्वेन्द्र वाग्ले, उपाध्यक्षमा श्री यमलाल पगेनी, महा सचिवमा श्री प्रज्वल श्रेष्ठ, कोषाध्यक्षमा श्री रविन्द्र पौडेल, केन्द्रिय सदस्य तथा सम्वाद सचिवमा दामोदर नेपाल र्सव समितीले चयन गर्‍र्यो भने अन्य पदाधिकारीहरु यथावत रहनु भएको छ ।

नेपाली समाज यू.ए.इ केन्द्रिय ले कार्यवाहक राजदुतको स्वागत तथा अर्न्तकृया कार्यक्रम सम्पन्न


खेमनाथ पौडेल
यू.ए.इ
यहि आश्विन ६, अर्थात सेप्टेम्वर २२, २००६ शुक्रवारका दिन यू.ए.इका लागि नव नियूक्त कार्यबाहक महामहिम राजदुत श्री मोहन कृष्ण श्रेष्ठज्यूको स्वागत तथा अर्न्तकृया कार्यक्रम सम्पन भयो । उक्त कार्यक्रम नेपाली समाज यू.ए.इ केन्द्रिय का अध्यक्ष श्री कृष्ण दकालको सभापतित्व र सचिव श्री शंकर ज्ञवालीको संञ्चालनमा सम्पन्न भएको थियो ।
दुवई स्थित नेपाली फिस्टेल होटलको हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीनव नियूक्त कार्यवाहक राजदुत श्री मोहन कृष्ण श्रेष्ठ, हुनुहुन्थ्यो भने अथितीहरुमा द्धितिय सचिव प्रकाश मणि पौडेल, तृतिय सचिव विक्रम गीरी, उहाँहरुका सम्पूण् परिवार, नेपाली समाजका संस्थापक सदस्यहरु भाइराजा श्रेष्ठ, अनन्त बाबु श्रेष्ठ, महेश चन्द्र रेग्मी, मोहन शर्मा, उमेश र्राई, अन्तर्राट्रय नेपाली साहित्य समाज यू.ए.इका सभापति बालचन्द्र पोख्रेल, अन्य संघसस्थाका प्रमुखहरु, बुद्धिजिवी वर्गहरु, महिला दिदी बहिनीहरु, लगायत अन्य विषिष्ठ महानुभावहरु र विभिन्न पदाधिकारीहरु र कार्यक्रताहरुको ठूलो जमघट रहेको थियो ।
कार्यक्रममा विभिन्न बक्ताहरुले बोल्दै यू.ए.इमा नेपालीहरुले भोग्दै आएका समस्याहरुको समाधानको लागि दुतावासबाट निरन्तर सहयोगको अपेक्षा राख्दै कार्यबाहक राजदुतलाई स्वागत तथा भावी कार्यको शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्ष ढकालले नेपाली समाजका विगत, बर्तमान र भावी कार्ययोजना प्रस्तुत गर्दै विभिन्न विषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो । साथै छुट फुटको रोगले आक्रमण गरेको नेपाली समाजलाई एकिकरण गरी अगी बढाउन आफु तत्पर रहेको तर गुलवन्दीमा केहि ब्यक्तिहरुको खराव ब्यवहारको कारण सम्भव नभएकोले उक्त खराव तत्वलाई पहिचान गरी सिंगो नेपाली समाज निर्माणमा पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।
अन्तर्रााट्रय नेपाली साहित्य समाज यू.ए.इका सभापति बालचन्द्र पोख्रेलले नव नियूक्त कार्यवाहक राजदुतलाई स्वागत गर्दै नेपालीहरुको समस्याको समाधानकोलागि राजदुतावासलाई सक्दो सहयोग गर्नें र राजदुतावास बाट पनि पुण् सहयोगको आशा राखेका छौ भन्नु भएको थियो साथै यू ए इ भरी छरिएर रहेका सम्पुण्ा साहित्य प्रेमी दाजुभाई तथा दिदि बैनिहरुलाई अनेसासँग आबद्ध भई विदेशी भूमिा नेपाली भाषा साहित्यको जगेना गर्नको लागि पनि अपिल गर्नु भएको थियो ।
सचिव संकर ज्ञवालीले नेपाली समाजले गरेका कार्यहरु, उद्देश्य, भावी कार्यहरुको प्रतिवेदन राजदुत समक्ष पेश गर्नु भएको थियो ।
श्रेष्ठले पनि आफुले समाजलाई एकिकरण गर्न सक्दो कोशिज गर्ने प्रतिबद्धता जाहेर गर्नु हुदै यो भन्दा पहिला भएका कार्यहरु भन्दा पनि अझै राम्रो गर्दै जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । आफु आएको एक हप्ता भित्रमानै आफुले गरेका केहि राम्रा कुराहरुको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो । सरकारले मलाई यहाँ काम गर्न पठाएको छ । दुतावास भनेको तपाईहरुलेनै तिर्नु भएको करबाट संञ्चालित संस्था हो । मेरा अग्रज साथी मधुवन पौडेलजीले राम्रो काम गर्नु भएको रहेछ मैले उक्त कार्यलाई कमिहुन दिन्न भन्दै सम्पूण्ा नेपालीहरु, नेपाली समाज र दुतावास बिचमा पारस्पिरिक सम्वन्ध रहनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रम सञ्चालनमा निर्धारित समयलाई पछयाउन नसक्नुले आयोजकको नेपाली स्वभाव झल्कि रहेको थियो ।

 


 

यूरोप तथा मिडिल इस्ट देशहरुमा लाईभ नेपाल टेलीभिजन

12:48 pm

यूरोप तथा मिडिल इस्ट देशहरुमा लाईभ नेपाल टेलीभिजन

 

खेमनाथ पौडेल

 

यू..

 

नेपालमा तत्काल भईरहेका घटनाहरु, ज्ञानबर्दक, मनोरञ्जनात्मक नेपाली पन नेपाली संस्कृति झल्कने खालका कार्यक्रमहरु अब यूरोप तथा मिडिल इष्ट देशहरुमा बसोवास गर्ने नेपालीहरुले सजिलै सँग नेपाल टेलीभिजन मार्फ हेन पाउने छन् केहि समय पहिला पहिलो पटक प्रवासी भूमि लण्डनबाट सञ्चालित नेपाली टेलीभिजनले यूरोप तथा मिडिलर् इष्ट देशहरुमा छोटो समयमानै लोक प्रियता कमाउन सफल भएको थियो उक्त टेलिभिजनबाट नेपाल टेलिभिजनमा प्रसारण भइसकेका  कार्यक्रमहरु मात्र प्रसारण हुदा दिक्क लाग्दथ्यो २०४१ सालमा स्थापना भएको नेपाल टेलीभिजन पहिलो पटक विश्वका करिब ७३ वटा देशहरुमा लाईभ हेन सकिने भएको प्रवासमा बसोवास गर्ने नेपालीहरुले थोरै लागतमा ओक्टुवर , २००६ देखि नेपाल टेलिभिजन लाईभ हेन पाउने छन् नेपाल टेलिभिजन लण्डनबाट सञ्चालित ग्यालक्सी टिभीमार्फ यूरोप तथा मिडिल इष्टदेशहरुमा हर्डबट सेटलाईटबाट हेन सकिन्छ हर्डबट च्यानल सेट गरिसकेको भए तलको फिक्वन्सि नम्वर तथा सिरियल नम्वरमा नेपाल टेलिभिजन आउने बृस्तृत जानकारीको लागि यसमा भिजिट गर्नुहोला

 

 


http://www.gtvnepal.com

 

HotBird6
Freq= 10971 MHz,

 

Polarization     horizontal
S.r    27,500,

 

Fec 3/4

 


अनेसासको पहिलो मिटिङ्गमा उपस्थित कार्यकारिणी पदाधिकारीहरु बैठकमा भाग लिदै

6:54 am

अनेसासको पहिलो मिटिङ्गमा उपस्थित कार्यकारिणी पदाधिकारीहरु बैठकमा भाग लिदै

अनेसासको पहिलो मिटिङ्गमा उपस्थित कार्यकारिणी पदाधिकारीहरु बैठकमा भाग लिदै

अनेसासको पहिलो मिटिङ्गमा उपस्थित कार्यकारिणी पदाधिकारीहरु बैठकमा भाग लिदै

 

नेपाली समाज क्षेत्रिय समति अवुधाबीले कार्यबाहक राजदुतको स्वागत गर्दै अर्न्तकृया कार्यक्रम सम्पन्न

7:09 am

नव नियूक्त कार्यबाहक राजदुत महामहिम श्री मोहन कृष्ण श्रेष्ठज्यूले आफ्नो कार्यभार समाल्नु भएको उपलक्ष्यमा नेपाली समाज क्षेत्रिय समिति अबुधावी यू.ए.इले यहि सेप्टेम्वर १८ २००६ मा नेपाली राजदुतवासको कार्यलयमा स्वागत तथा अर्न्तर्कया कार्यक्रम सम्पन्न गर्‍र्यो । उक्त स्वागत तथा अर्न्तकृया कार्यक्रममा महामहिम कार्यबाहक राजदुत श्री मोहन कृष्ण श्रेष्ठ, द्धृतिय सचिव प्रकास मणि पौडेल र अन्य राजदुतावासका कर्मचारीहरु र समितीको तर्फाट केन्द्रिय उपाध्यक्ष र्सर्वेन्द्र वाग्ले, क्षेत्रीय सल्लाहकार दामोदर नेपाल, आवुधाबी क्षेत्रीय अध्यक्ष लक्ष्मण प्रसाद सापकोटा, उपाध्यक्ष प्रज्वल श्रेष्ठ, र अन्य पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । उक्त स्वागत तथा अर्न्तकृया कार्यक्रममा समितीको तर्फाट यहाँको नेपालीहरुको अवस्था, नेपालीहरुले भोग्दै आएका समस्याहरु साथै यहाँको बस्तुस्थितिको बारेमा राजदुत समक्ष जानकारी गराइएको थियो भने राजदुतज्यूवाट तपाईहरुको सहयोगबाट नै यि समस्याहरुको समाधान गर्ने बाटो खुल्ने बताउदै भविश्यमा आइपर्ने समस्याहरुलाई राजदुतावासले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

यू.ए.इमा नेपाली कार्यक्रम

10:58 am

हिन्दुहरुको महान चाड विजया दशमीको पावन अवसरमा यू.ए.इमा बसोवास गर्ने नेपालीहरुले आयोजना गर्नुभएको सुमधुर सास्कृतिक कार्यक्रम यहि अगष्ट २२, २०६३ मा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमा नेपाली राजदुतावासका कर्मचारीहरु र यू.ए.इ अबुधवीमा बसोवास गर्ने नेपालीहरुको उल्लेखनिय उपस्थित थियो । कार्यक्रमलाई मनोरञ्जन दिनको लागि नेपालबाट ख्यात्रि्राप्त कलाकारहरु मनोज गजुरेल, कोमल वली, बद्रि पगेनी, रेखा थापा, ऋचा घिमिरे, दिपेश किशोर भट्टर्राई, धिरज र्राई, सत्यकला र्राई उपस्थित हुनुहुन्थ्यो । साँझको ८ बजे सुरु हुने भनिएता पनि दर्शकहरुको कमिले गर्दा कार्यक्रम १ घण्टा पछि अर्थात साँझ ९ बजे मात्र सुरु भएको थियो । कार्यक्रमको सञ्चालक हास्य विधाका हस्ति मनोज गजुरेलले ठ्ट्यौली पाराले गर्नु भएको थियो । कार्यक्रमको शुरुमै मनोज गजुरेलको हास्यब्यङ्ग प्रस्तुतीले रौनक छाएको थियो । कार्यक्रममा बद्रि पगेनीको भर्खरै बजारमा आएको नारीहरुमा आधारीत गितले सबैलाई स्तब्ध वनाएको थियो भने अर्को प्रस्तुती अझै पनि नेपालमा गणतन्त्र आएको छैन भन्ने गितले प्रवासमै भए पनि गणतन्त्र जिन्दावाद भन्दै उपस्थित सबैले जोसिलो पाराले नारा लगाउन आतुर थिए । कलाक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कोमल ओलीको बिहे भाछैन भन्ने गितले सबैलाई नचाएको थियो भने दर्शकहरुको तर्फाट पोईल जान पाम पाम् पाम् गितको फर्माईसका झटाराहरु ओईरीएका थिए र त्यहि गितको तालमा सबै दर्शकहरु उप्रि उप्रि नाचेर मनोरञ्जन लिएका थिए । युवा पुस्ताको मनमा बस्न सफल जोशिला पप गायक धिरज राइको बेग्लैखालको प्रस्तुतीले उपस्थित सबैलाई नाच्न बाध्य बनाएको थियो भने अर्का पप गायक दिपेश किसो भट्टराइको भेडाको उनजस्तो गित सबैले तालमा ताल मिलाएर गाएका थिए । रेखा थापा र ऋचा घिमिरेको हट डान्सले सबैलाई मोहित बनाएको थियो भने सत्यकला राइको गितले सबैलाई भावुक बनाएको थियो । कार्यक्रमको बिच बिचमा मनोज गजुरेलको हात्यब्यङ्ग प्रस्तुतीले पेट मिची मिची हसाउन बाध्य बनाएको थियो । कहिले राजाको भुमिका कहिले प्रचण्डको भुमिका त कहिले माधव र गिरीजाको भुमिकाले दर्शकलाई थप मनोरञ्जन दिलाएको थियो । अन्त्यमा कोमल वली र बद्रि पगेनीको दोहोरीले सबैलाई नचाएको थियो । भोलीपल्ट पनि यू.ए.इको अर्को शहर दर्ुवईमा कार्यक्रम भएको हुनाले होला कलाकारहरु धेरै हतारमा देखिन्थे र ४ घण्टा पुरा कार्यक्रम पनि नगरी मध्यरातको साढे बाह्र बजे कार्यक्रमको अन्त्य भएको थियो ।

राष्ट्रपति बन्ने चाहना छैन: प्रचण्ड

 

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नेपाल गणतन्त्रमा परिणत भएपनि     आफूलाई राष्ट्रपति बन्ने चाहना नभएको बताएका छन्।

बीबीसी नेपाली सेवाको विशेष कार्यक्रम "प्रचण्डलाई प्रश्न" मा नेपाली सेवाका स्रोताहरूसंग कुरा गर्दै, प्रचण्डले देशमा राजतन्त्र पुरै परास्त नभएको र आवश्यक परेमा फेरी अर्को आन्दोलन जरुरी भएको बताए।

उनले राजतन्त्रबारेमा जनताको फैसलालाई स्वीकार गर्ने उल्लेख गरे तर जनताले राजतन्त्रको पक्षमा मत देलान् भन्ने आफूलाई नलागेकोमा जोड दिए।

चेतावनि

दर्जनौं सशस्त्र माओवादी कार्यकर्ताहरूले घेरेका काठमाण्डौंस्थित रेडियो सगरमाथाको स्टुडियोबाट प्रत्यक्ष प्रसार गरिएको उक्त कार्यक्रममा प्रचण्डले शान्ति प्रकृयाको गति अलि अवरूद्ध भएको उल्लेख गरे।

"सरकारले जसरी हिजोका प्रतिगामी शक्तिहरूसंग सम्बन्ध बढाउंदै लगको छ र वार्तालाई तिब्रता दिने कुरामा चिसोपन देखापर्छ त्यो पनि एउटा गम्भिर चिन्ताको विषय निश्चित रूपमा छ," प्रचण्डले भने।

तर उनले वार्ता पुरै संकटमा परि नसकेकोमा जोड दिंदै वार्ता विफल भयो भने चाहिं प्रतिगमन हुनसक्ने चेतावनी दिए।

आफ्नो दल सत्तामा गएको खण्डमा जनतालाई तत्काल राहत दिने एउटा प्याकेज ल्याउने बताउंदै प्रचण्डले भने, "आफ्नो दलको क्रान्तिकारी भूमिसुधारले एउटा नयां परिस्थिती सृजना गर्नेछ र विकास निर्माणका पुर्वाधार तयार पार्ने कार्यको थालनी हुनेछ।"

आरोप

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग अब हुने शिखर वार्तामा संविधान सभाको मिति तोक्ने र हतियार व्यवस्थापनमा सहमति गर्ने कुराले प्राथमिकता पाउने प्रचण्डले बताए।

उनले आफ्नो दल सत्तामा पुग्ने संभावना भ‌एको उल्लेख गर्दै, त्यसो भएमा वर्तमान नेपाली सेनालाई नयाँ राष्ट्रिय सेनामा पुनर्गठित गरिने र सेनाको संख्या घटाइने उल्लेख गरे।

नयाँ सेना प्रमुख रूक्माङ्गद कटुवालको नियुक्तिलाई संकेत गर्दै, प्रचण्डले हालैको जन आन्दोलन दबाउन भूमिका खेल्ने सेनाका अधिकारीहरूलाई सरकारले पुरस्कृत गरेको आरोप लगाए।

चर्चित पण्डीत नारायणप्रसाद पोखरेलको गत बर्ष भएको हत्यामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको प्रचण्डले बताए।

पोखरेलको हत्या माओवादीहरूले गरेको आरोप लगाइएको थियो र त्यसबखत हत्याका बारे छानविन भैरहेको माओवादीहरूले जनाएका थिए।

बीबीसी नेपाली सेवाका सुमन खरेलले काठमाण्डौंस्थित रेडियो सगरमाथाको स्टुडियोबाट प्रत्यक्ष प्रस्तुत गरेका उक्त कार्यक्रमका लागि स्रोताहरूका हजारौं पत्र, इमेल तथा फोनहरू प्राप्त भएका थिए।

प्रचण्ड पत्नीसँगको अन्तर्वार्ता

9:07 am

अनेसास दुवई, सुन्दरपुरकी सीताको भाग्यमा श्रीनगरका छविलाल जुरेका रहेछन। १५ वर्षकै कलिलो उमेरमा उनीहरूको विवाह भयो, पञ्चेबाजा घन्काएर। छविलालभन्दा सीता छ महिना जेठी हुन। ब्राह्मण परिवारमा हुर्केर पनि उनीहरू दुवै कम्युनिस्ट पार्टीमा लागे। छविलाल कालान्तरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डका रूपमा चिनिए भने ५३ वर्षीया सीता पौडेल पार्टीको सल्लाहकारका रूपमा। त्यसो त कम्युनिस्ट पार्टीका सर्वोच्च कमान्डरकी श्रीमती पनि प्रख्यात भएको इतिहास छ। जस्तो माक्र्सकी श्रीमती जेनी माक्र्स, माओकी श्रीमती याङ काइ हुई उच्च नेतृत्वसँगै जोडिएको नाम हो। यद्यपि सीताको नाम त्यसरी जोडिएको छैन। पार्टी कार्यकर्ताहरूको बुझाइमा कास्कीको ह्याङजा गाउँमा जन्मिएर उनले एक कक्षाको पनि औपचारिक शिक्षा लिने मौका पाइनन तर व्यावहारिक कामले कोहीभन्दा कम छैनन।  पार्टीभित्र विभिन्न विवाद चल्दा उनले त्यसलाई साम्य पार्न मध्यस्थकर्ताको भूमिका खेलिन। त्यसैले पार्टीले उनलाई केन्द्रीय सल्लाहकारमा चयन गरेको छ। गत साउन ४ गते भक्तपुरमा सीता पौडेलसँग अन्तर्वार्ता लिने अवसर जुर्यो, जहाँ उनका पुत्र प्रकाश तथा माओवादी नेतृ हिसिला यमी सँगै थिए।
विवाह कलिलै उमेरमा गर्नुभा रैछ, अहिले भएको भए बालविवाह मानिन्थ्यो होइन ?
(हा हा.. हा हाँस्दै) अहिलेको भए त्यसै भनिन्थ्यो होला।
मागी विवाह हो ?
हो, मागी विवाह नै हो ।
विवाहभन्दापहिले उहाँलाई देख्नुभएको थियो ?
नाइँ, कुरा चलेपछि मात्र देख्या हुँ । त्यतिबेला गाउँ वा खोलाटोलामा जातभातको चलन थियो। त्यही सिलसिलामा विवाह भएको हो ।
त्यतिबेला कस्तो महसुस गर्नुभयो ?
पत्तै भएन, विवाह गर्याजस्तो देखिन्थ्यो। साथीहरू विवाह गर्नुपर्छ भन्थे तर विवाह गरेर के गर्ने, कसो गर्ने, केही मेसो थिएन ।
उसोभए पञ्चेबाजा घन्काएर विवाह गर्नुभयो रु ?
अँ, धुमधाम साथ पञ्चेबाजा बजाएर भएको हो । जेहोस् त्यतिबेला गाउँमै नभएको विवाह भएको हो ।
तपाईंको पढाइ नि ?
अहँ, कत्ति पनि पढेकी छैन । सायद म पोखरामै भइदिएको भए पढ्न पाउथेँ होला । मेरा साथीहरूले सात आठ कक्षा पढ्या छन् । चितवनमा आएपछि वस्तु चराउने, थारू साथीभाइहरूसँग खेल्ने काम भयो । स्कुल धेरै टाढा थियो । बुवाआमाले पढाउन नखोज्या भने होइन । छोरो भैदिया भए जसरी पनि पढाउनुपर्छ भन्ने हुन्थ्यो होला । छोरी भएको नाताले त्यसो भएन । अर्को, ठाउँ र वातावरणले पढ्ने मौका मिलेन ।
तपाईं कत्ति पनि नपढेको मान्छे, पढेको केटासँग विवाह हुँदा अप्ठ्यारो मान्नुभएन ?
त्यतिबेलासम्म उहाँले पनि खासै पढ्नुभएको थिएन । उहाँ दस कक्षा पढ्दै हुनुहुन्थ्यो, विवाह गरेपछि काठमाडौँ पढ्न जानुभयो । त्यस्तो कुनै अप्ठ्यारो भएन ।
तपाईंहरू पुरानो इष्टमित्र पनि हो ?
केही न केही त जोडिएको हो । चितवन बट्यौनी गाविसको सुन्दरबस्ती हाम्रो माइती थियो , उहाँ श्रीनगरको । हिडेर जाँदा १५ मिनेट लाग्थ्यो ।
उहाँ काठमाडौं गएर पढ्न थालेपछि के गर्नुभयो ?
सुरूका दिनमा गाउँका महिलाले जे गर्थे त्यही गरियो । १२ वर्षसम्म सगोलमा बस्यौं । ०३५ सालमा परिवारबाट छुट्टियौं। ०३८ सालमा प्रकाश जन्मियो । त्यसअघि तीन छोरी जन्मिसकेका थिए ।
भनेपछि छोरो पाउने अभिलाषा धेरै ढिलो पूरा भयो, होइन ?
हाँस्दै, मलाई त त्यस्तो केही लाग्दैनथ्यो । सासूलाई नाति नै चाहिन्छ भन्ने थियो । मैले त छोरीहरू भएपछि परिवार नियोजन गर्ने भनेकी थिएँ । उहाँले पनि हुन्छ -हुन्छ भन्दाभन्दै छोरो पनि जन्मियो । प्रकाश जन्मिएपछि त उहाँ भूमिगत भैहाल्नुभयो ।
तपाईँ पनि भूमिगत हुनुभयो ?
त्यस्तै मान्नुहोस ।
तपाईँ राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
छोरी पनि भइयो, बुहारी पनि भइयो, महिलाको पीडा पनि भोगियो। ०३५ सालमा अमिक दाइ (हाल उप -प्रधानमन्त्री) की श्रीमतीले कक्षा लिने कुरा चल्यो । ठीकै छ, त्यसमा जाऊ न त भन्नुभयो । त्यतिबेला घरबाट निस्कन गार्हो थियो । त्यहाँ गएपछि दिदीको भाषण सुनेर निकै प्रभावित भएँ । त्यसपछि अब आन्दोलन गर्नुपर्छ भन्ने अठोट लिएकी हुँ ।
श्रीमान् राजनीतिमा लागेका बेला कुनै गुनासो गर्नुभयो ?
मैले पढ्न पाइन, दुःख पाएँ भन्ने कुरामा उहाँसँग झगडा गरिन । तर, कयौं कुरा पार्टीसँग सम्बन्धित हुन्छन् नि, त्यहाँ महिलाले खेल्ने भूमिकामा मेलै संघर्ष गरेकी हुँ ।
कस्तो खाले संघर्ष ?
पार्टीभित्र गडबड हुने बेलामा पार्टी फुट्न आँटेको बेला सक्दो भूमिका खेलें । रोल्पामा पार्टीको मिटिङ बसिरहेको थियो, भारतबाट त्यहाँ जाँदा केही गडबड भएको पाएँ । अनि ल है, पार्टी कुनै पनि हालतमा फुटाउन हुन्न भनेर जोडदार कुरा रा राखें। तपाईं दायाँ -बायाँ गर्न पाउनुहुन्न भनेर उहाँलाई पनि भन्थें (हिसिलातिर इंगित गर्दै) । यस्तै कुरामा झगडा हुन्थ्यो, अरू व्यक्तिगत कुरामा होइन । एउटा कुरा त बाल्यकालमा विवाह भयो, हिँजोआजको जस्तो श्रीमान्-श्रीमतीको व्यवहार पनि भएन । प्रचण्डसँगै जन्मियाजस्तो, सँगै हुर्कियाजस्तो , जन्मदेखि नै सँगै रहेजस्तो फिलिङ हुन्छ मलाई, उहाँलाई पनि ।
तपाईंहरूबीच पारिवारिक कुरामा कहिल्यै झगडा भएन ?
पारिवारिक कुरामा, बूढाबूढी सँगै बस्दा त्यस्तो झगडा हुँदैनथ्यो । कहिलेकाहीँ ठाकठुक त भैहाल्छ । आफैभित्र द्वन्द्व हुँदा बेलाबेलामा सोचाइ परिवर्तन हुने भएको अवस्थामा दुई जनामा झगडै हुदैन भन्ने होइन ।
श्रीमान्-श्रीमतीबीच झगडा हुँदा धेरै दिनसम्म नबोलेको कुनै घटना छ ? कहिलेकाहीँ विवाद भए होलान तर आधा घन्टाभन्दा बढी नबोलेको रेकर्ड छैन । उहाँको स्वभावले पनि त्यसो गर्न दिँदैन । बरू मलाई रिस उठ्लाजस्तो हुन्थ्यो । तपाईंको बाल्यकालमै विवाह भयो, उहाँले कृषिमा स्नातक गरेपछि वा पछि पार्टीको नेता भएपछि तपाईंलाई छोड्ने त्रास भैरहन्थ्यो कि ?
बाल्यकालमै विवाह भयो । त्यसपछि आमाले खेल्ने भूमिका पनि खेलियो । छोराछोरीलाई पढाउँदा गहना बेचेर, दुनियाँ सास्ती खाएर जीवन यापन गरियो । यस्ता कुरा केही न केही त थाहा भैहाल्छ । यस्तो शंका न पहिले भयो, न पार्टीमा लागेपछि भयो न अहिले छ ।
तपाईंसँगै भूमिगत हुनुभएको हो ?
उहाँ ०३८ सालमा भूमिगत हुनुभयो । उहाँ सुरूमा नारायणगढमा बस्नुहुन्थ्यो । त्यो सबैका लागि पायक ठाउँ थियो । सबैतिरका साथीहरु त्यहाँ आउँथे । उनीहरूलाई खाना पकाएर ख्वाउनुपथ्र्यो । ०४३ सालदेखि म पनि भूमिगत भएँ । ०४६ सालतिर प्रजातन्त्र आएपछि काठमाडौँ गएँ । जनयुद्ध सुरू नहुँदासम्म केटकेटीहरू काठमाडौंमै थिए । त्यतिखेर जेठी छोरीको विवाह भैसकेको थियो, माहिली छोरी पढ्दै थिइन् । त्यहाँ खर्चबर्च चलाइन्थ्यो । जनयुद्ध सुरू भएपछि केटाकेटी राख्नै गार्हो भयो । त्यतिखेर प्रहरीले स्कुल रस्कुलमा दाहाल नाम गरेका केटाकेटी खोज्दै हिँड्न थालेपछि सुरक्षाका लागि भए पनि सँगै लगियो । पछि छोरीहरूको १०/१० कक्षा पढ्दापढ्दै विवाह गरियो भने छोराले १२ कक्षासम्म पढ्न पायो ।
जनयुद्धसुरू गरेपछि काठमाडौँबाट कतातिर लाग्नुभयो ?
यतातिर नजाऊँ कि क्या हो । यो प्राविधिक कुरा पर्यो ।
एक्कासि भूमिगत हुँदा निकै अप्ठ्यारो भयो होला होइन ?
अप्ठ्यारोको त कुरै नगरौं । उकाली -ओराली त कति गरियो, गरियो ।
नेपालका कति जिल्ला घुम्नुभयो ?
त्यसको त मेसै पाइन । जहाँ -जहाँ उहाँ जानुहुन्थ्यो, त्यहीँ गइयो ।
अहिले पार्टीमा के हुनुहुन्छ ?
केन्द्रीय सल्लाहकार छु।
यतिका वर्ष भूमिगत हुँदा पनि सल्लाहकारमा सीमित रु यो पद त कुनै जिम्मेवारी नदिएर थन्काइने पद होइन र ?
मेरो काम आन्तरिक सल्लाह दिने हो । यसलाई जतातिर बंग्याइदिए पनि भयो । कहाँ के बिगि्रएको छ, पार्टीकै सल्लाहअनुसार मिलाउने काम हुन्छ ।
प्रचण्ड र बाबुरामबीच धेरै पटक खटपट भैसकेको छ, अहिले दुवै यहाँ हुनुहुन्छ । तपाईँहरू पनि झगडा गर्नुहुन्थ्यो ?
किन झगडा गर्ने रु उहाँलाई पनि सोध्नुहोस । मैले भन्थें, खबरदार, यसमा तपाईंको पनि हात छ, दायाँ- बायाँ गर्नुहुन्न । यद्यपी बाहिर जति कुरा आयो, उहाँहरूबीच त्यस्तो वैमनश्य भने थिएन । उहाँहरू (प्रचण्ड र बाबुराम) बीच छलफल पनि हुन्थ्यो , सँगै बस्नुहुन्थ्यो । हामी एकै ठाउँमा खाना खान्थ्यौं ।
तपाईंको विचारमा जनयुद्धले नेपाली महिलालाई के दियो ?
नेपालमा सामन्तवाद, पितृसत्तावाद थियो, अहिले हाम्रो पार्टीमा ४० प्रतिशत महिला सक्रिय छन् । त्यो हेर्दा महिलाको स्तर धेरै बढेको छ र पार्टीको माथिल्लो तहमा उहाँहरू पुग्नुभएको छ ।
तपाईं जनयुद्धमा लागेपछि पढ्न जान्नुभयो रे, हो ?
पढ्न अलिअलि आउँथ्यो । भूमिगत भए पनि अध्ययनलाई बढाउँदै लगें । पत्रिका पढ्छु । कहाँ हाम्रो राम्रो कुरा छ, त्यो पढ्छु
नराम्रो पढ्नुहुन्न ?
पढ्न त पढिन्छ , तर त्यति ध्यान जाँदैन ।
सामान्यतया कम्युनिस्ट पार्टीमा सर्वोच्च कमान्डर भनेपछि श्रीमती पनि उत्तिकै प्रख्यात हुने चलन छ । तपाईँ आफूलाई कस्तो महसुस गर्नुहुन्छ ? मलाई घमन्ड छैन । मलाई लाग्छ , पहिले गाउँमा जस्ती थिएँ, त्यस्तै छु । म यी जनता, यी महिलालाई कहिल्यै भुल्दिन । त्यो व्यवहारले देखाउने कुरा हुन्छ । यद्यपि श्रीमान् सँगै हिँड्दा मैले पाएको सम्मान देखेर खुसी लाग्नु स्वाभाविक हो । तपाईहरु धेरै समयसम्म भारतमै बस्नुभयो ?
करिब आठ वर्षजति नेपाल आउने-जाने क्रम चलिरहन्थ्यो ।
आफ्नो छोराको विवाह पार्टीका प्रभावशाली नेताकी छोरीसँग धुमधामका साथ गराउनुको कारण ?
त्यस्तो केही होइन । उनीहरू आफैंले एक-अर्कालाई मन पराएका हुन् । हामी विवाह गर्छौं भने । ठीकै छ भनियो । अनि पार्टीले स्वीकृति दिएको हो ।
अहिलेका केटाकेटी बढी प्रेम विवाह गर्छन् , यसमा तपाईँ के भन्नुहुन्छ ?
राम्रो लाग्छ । तपाईँहरूलाई लाग्ला, यो पढेलेख्या नभएकी महिला हो, परम्परावादी होली भनेर । खासगरी मलाई मिलाएर भन्न त आउँदैन तर आधुनिक हुनुपर्छ, नयाँ हुनुपर्छ । नयाँ नीति हुनुपर्छ भन्ने मेरो मान्यता हो । प्रेम विवाह सोचेर, पाको भएर गर्नुपर्छ, उमेर पुगेर गर्दा यही नै राम्रो हो ।
तपाईँलाई पनि कसैले प्रेम प्रस्ताव गरे होलान् नि ?
नाइँ, कहाँ राख्ने ? हरे, त्यो बेलामा प्रेम भनेको थाहै थिएन । त्यसमा पनि बाहुनका छोराछोरीले । एकैपटक आफ्नै बूढासँग प्रेम भयो हा हा.. हा.. (हाँस्दै) ।
सबै छोराछोरीको विवाह गरियो, जीवनमा धेरै दुःख पनि गरियो । धर्मकर्म गरौं, तीर्थधाम जाऊँजस्तो लाग्दैन ?
के को तीर्थ ? त्यसै तीर्थजस्तो हुन्छ हामीलाई त । जिन्दगीभर तीर्थ गए जस्तो भएको छ । ५३ वर्ष भइयो, घुमिएकै छ, यही हो तीर्थ हाम्रा लागि । धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई ।
बाहुनकी छोरी तथा बुहारी भएर पनि त्यस्तो कट्टर किन ?
बुवा १४ वर्ष बर्मा पुगेर आउनुभाको मान्छे । घरमा आमाले पूजाआजा गर्नुहुन्थ्यो । बुवाले हकार्नुहुन्थ्यो , ए बूढी ढुंगा पुजेर पनि धर्म हुन्छ र रु बुवाको त्यस्तो कुरा सुनेर होला, मलाई सानैदेखि धर्मप्रति आस्था जागेन ।
खाना आफै पकाउनुहुन्छ ?
आफ्नो कोठा भएको ठाउँमा भाँडा छन् भने पकाउँछु ।
कस्तो खानामा रुचि लाग्छ ?
दाल, भात, तरकारी । प्रायः साग पकाइन्छ । माछा-मासु पनि खाइन्छ ।
गाईको मासु खानुहुन्छ होइन ?
त्यो भने अहिलेसम्म खाइनँ । नखाएको कुरो कसरी भनूँ ? कसैलाई मन लाग्छ खान्छन्, कसैले खाँदैनन् । यसमा कुनै करकाप हुँदैन ।
राँगाको नि ?
त्यो त २२ र२३ वर्षदेखि नै खान थालेको हो । बादलजीको विवाहदेखि सुरू गरेको । उहाँको विवाहमा हामीलाई भोज खान बोलाउनुभयो । त्यतिबेला बाटामा राँगो काटेको देखिपछि घरमा दुईरचार छाक भात खाँदैनथ्यौं । देख्दै घिन लाग्ने, त्यतिखेर पनि खान मन त लाग्या थिएन। उहाँहरूले खाएपछि अरूले खान हुने, मैले मात्र किन नहुने भनेर खाइयो । त्यसपछि उहाँहरूले भन्दा बढी खाएँ । अहिले भैंसीको मःम खान्छु ।
तपाईँ महिला भएर घर, परिवार, सासू -ससुराको सेवा गर्नुपर्नेमा अध्यक्षसँग बस्न थाल्नुभयो । यसले पारिवारिक कर्तव्य निर्वाह गर्न पाइन भन्ने लाग्दैन ?
व्यक्तिगततिर गइन म । यो पाइन , त्यो पाइन भनेर पनि कहिल्यै भनिन । पार्टीमा लागिसकेपछि व्यक्तिगत कुरातिर त्यति ध्यान गएन । यो कुरा उहाँहरूलाई पनि थाहा होला (  हिसिलातिर लक्षित गर्दै) । बाल्यकालमा सासू -ससुराको स्याहार गरियो । पार्टीमा लागेपछि परिवारभन्दा पनि पार्टीकै चिन्ता लाग्न थाल्यो । पार्टीलाई कसरी जोगाउने हो, उहाँ (अध्यक्ष) लाई कसरी बचाउने हो भन्ने कुरामै लागियो ।
तपाईँहरू यत्रो वर्ष भूमिगत हुनुभयो, कुनैबेला संयोगले जोगिएको अनुभव छ कि ?
त्यस्तो त कति परियो-परियो । डेढ वर्षअघि रोल्पा गएको बेला हामीहरू बसेकै घरमा सेनाले बमबारी गर्यो ।
भारतमा पनि अप्ठ्यारो हुन्थ्यो होला ?
भारतमा त कति हुन्थ्यो भनेर साध्य छैन । अर्काको देशमा बस्या छ, त्यही पनि खोजिराख्या छ । नेपालमा झोलामा टाउको ल्याऊ र झोलाभरि पैसा लिएर जाऊ भनेर मूल्य तोक्या छ । भारतमा कतिखेर के हुने हो, डरैडर थियो । मलाई पनि खुबै टेन्सन हुन्थ्यो ।
जनयुद्धमा लागेर निजी जिन्दगी नै दुःखैदुःखमा गएजस्तो लाग्दैन ? जिन्दगीको त कुरै छोडौं । हाम्रो पीडा भन्नुहोस् त, यहाँभित्र खुसी पनि छन्, धेरै कुरा भोगियो । घरपरिवार पूरै छताछुल्ल हुँदोरहेछ । सम्पत्तिको नाममा चितवनमा एक कठ्ठा जमिन छ । त्यो पनि कहाँ छ, पत्तो छैन ।
अहिले वार्ता भैराख्या छ, यसले कस्तो मोड लेला ?
वार्ता निकासतिर जालाजस्तो लाग्छ । जनता हाम्रो पार्टीले सफल होस् भन्ने चाहन्छन् । यहाँ षड्यन्त्रको तानाबाना पनि बुनिएजस्तो छ, सबैभन्दा दुष्ट त अमेरिका रै छ । अमेरिकाजस्तो संसारको अपराधी देश अरू कोही लाग्नछाड्यो मलाई त । संसारमा नभएका पढे-लेखेका मान्छे र धनी देश भन्छन्, दुनियाँ गरिब जनतालाई मारेर ध्वंस बनाउँदै हिँड्छन् भने यी कस्ता मानव रु अझ संकटकालमा सबैभन्दा रिस अमेरिकामाथि थियो । नेपाली जनताको शान्तिको चाहना अमेरिकाले भाँड्न खोजेको छ, त्यसैगरी केपी ओलीहरूले वार्ता हुँन दिदैनन् कि भन्ने चिन्ता छ । जसरी पनि वार्ता सफल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो
उसो भए दीर्घकालीन निकास हुन्छ ?
हुनैपर्छ,यदि भएन भने यस्ता केपी ओलीहरूलाई जनताले छिनोफानो गर्नेछन् । फेरि आन्दोलनबाहेक विकल्प छैन । देश डुब्न लागेको बेलामा अझै पनि नेताहरू गम्भीर हुँदैनन् भने जनताले त्यसै छोड्दैनन।
तपाईं अहिले सासू हुनुहुन्छ, जनयुद्धमा १५ हजारभन्दा बढीको बिचल्ली भयो । हजारौं निमुखा सुरक्षाकर्मीका पत्नी विधवा भए । तिनमाथि दया लाग्दैन ? किन नलाग्नु ? दया मात्र होइन, हामी रातका रात नसुत्या बेला पनि छ । हाम्रा पीडा भन्नुहुन्छ भने यति मार्यो उति मार्यो भन्दा निकै पीडा हुन्थ्यो । शाही सेनाका अबोध जवानहरू मारिँदा तीनका परिवारले के गर्लान्, तिनीहरूमा कति पीडा भयो होला भनेर चिन्ता हुन्थ्यो ।
माडीजस्ता धेरै घटना गराएर थुप्रै निर्दोष मानिसको ज्यान पनि लिनुभयो नि ?
माडीको कुरै नगर्नुहोस् । माडीले कति दिन, कति हप्ता हामीलाई टेन्सन गरायो , मुडअफ गरायो । त्यत्रा जनतामाथि त्यस्तो हुनु दुर्भाग्य हो, ठूलो भूल हो ।
तपाइ रुनुहुन्छ ?
रोइन्छ कुनै बेला । चिने-जानेका साथीहरू पर्दा रुन्छु । अहिलेसम्म सबैभन्दा बढी पीडा भएको घटना लिस्नेको हो । जुन बेला सबै पत्र-पत्रिकाले आठ, नौ सय माओवादी मरे भनेर प्रचार गर्यो । रेडियो नेपालले पनि त्यस्तै भन्यो । त्यतिबेला फोन थिएन, सेटलाइट फोन पनि थिएन । मान्छे पठाउनुपथ्र्यो, अनि मात्र सही सूचना आउँथ्यो । अलि गार्हो थियो । ५र ६ दिनसम्म प्रस्ट कुरा नआउँदा उहाँलाई पनि निकै टेन्सन भयो । मलाई पनि त्यतिखेर खान मन लागेन , निद्रा पनि लागेन । जब बीबीसीले, सेनाले जे भन्या हो, त्यो उल्टो रै छ भन्यो अनि हामीलाई ठूलो राहत भयो । यस्ता थुप्रै घटना छन , जतिबेला हामी रोएका छौं । विस्तारै बानी पर्दै गयो । युद्ध हो, यस्तो हुन्छ । युद्धमा अघि बढ्नका लागि थुप्रै कुरा सहनुपर्छ भन्ने लाग्यो, त्यसरि नै चित्त बुझाइयो ।
प्रचण्ड र बाबुरामका छोराछोरी भारतमा सेभ गर्ने र अन्य गरिबका छोराछोरीलाई मर्न पठाएको भन्ने आरोप पनि छ नि ?
त्यो झूटो कुरा हो । हामीले छोराछोरीलाई पढाएर ठूला -ठूला स्कुलमा राख्या त होइन । जहाँ गए पनि पार्टीकै काम गरिरहेका छन उनीहरू ।
सबै जनताले सैन्य तालिम लिनुपर्छ, आम समुदायलाई मिलिसियाकरण गराउँदै लाने भन्ने माओवादीको नीति छ । तपाईंले हतियारसम्बन्धी कुनै तालिम लिनुभएको छ ?
नाइँ लिएको छैन । युवावस्थ्ाामा पड्काउने बेलामा त्यो हामीसँग थिएन । अहिले छ, तर पड्काइएको छैन।
महिलालाई आरक्षण दिनुपर्छ भन्ने नारा आएको छ, तपाईंको धारणा के हो ? आरक्षण भनेको के हो, मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
अन्तमा, जनयुद्धमा राज्य र माओवादी दुवैतिरका मानिसको ज्यान गयो । तिनको भविष्यप्रति माओवादीको के सोच छ ?
भोली सत्तामा पुगेपछि तिनीहरूलाई हेर्नुपर्छ जस्तो लाग्छ । द्वन्द्वमा पीडा पाएकाहरू केही अभिजात वर्गका होलान् त्यो छुट्टै कुरा हो । नभए धेरैजसो सामान्य परिवारका पुलिस , सिपाहीका परिवारले बढी दुःख पाएका छन। तिनीहरूमाथि मानवीय व्यवहार गरिनुपर्छ, उचित व्यवस्था गरिनुपर्छ। जनयुद्धमा पुलिस, सिपाहीका परिवारले बढी दुःख पाएका छन।
साभार: नारी, भाद्र २०६३ (तस्बिरपनि)

 

दलालबार्टर् इराक लैजाने भनि ल्याइएका कयौ नेपालीहरुको दुवईमा अलपत्र

1:20 pm

दलालबार्टर् इराक लैजाने भनि ल्याइएका कयौ नेपालीहरुको दुवईमा अलपत्र

 

श्याम शर्मा/दर्ुवई

 

रोजगारीका लागि इराक जाने सपना बोकि आएका कयौ नेपाली

युवहरु दर्ुवईमा अलपत्र परेका छन । नेपालबाट दलाललर्ेर् इराक

लौजाने भनि ति नेपाली युवाहरु लाई नेपालबाट भारतको नयाँ

दिल्ली हुँदै यहाँ ल्याएका थिए पिडितहरुको भनाई अनुसार नेपालबाट इराक जानको लागि सरकारले प्रतिबन्ध लगाएको भन्दै भारतको नयाँ दिल्ली हुँदै दर्ुवई ल्याएको बताए । उनीहरुले आफ्नो नाम नलेखिदिन अनुरोध गरे किनकि आफ्ना परिवारको चिन्ताको विषयलाई लिएर ।

 

उनीहरुले प्रतिव्याक्ति १५००००। हजारका दरले दलाललाई दिएको र दलालले उनीहरुलाई मासिक तलव ज्याँदा हुने बताइ यतिका पैसा लिएको उनीहरुको भनाई छ । उनीहरु प्रति दलालको भनाई थियो दर्ुवई हुँदै इराक लैजाने । दलालले फसिएका नेपालीहरुलाई भारतबाट यहाँ आउने क्रममा दर्ुवई स्थीत एरर्पोटमा लिनआई यहाँको रासलखैमा भन्ने सहरमा लगि राखेको र केहि दिन पछि दलाल त्यहाँबाट फरार भएको उनीहरुको भनाई छ फरार हुने दलालहरुमा रमेस अधिकारी नुवाकोट, प्रितमान र समिर रहेका छन् । उनीहरु दलाल फरार भएपछि एक दिन त्यहि ठाँउमा बसेको र अर्को दिन देखि आफुहरु त्यहाँबाट लाखापाखा लागेको भनि यहाँ स्थीत ५ जनाको भनाई थियो उनीहरु अहिले दर्ुवई सहरमा रहेको र खाना र बस्नको लागि केहि व्यवस्था नभएको बताएका छन

उनीहरुलाई दलालले तपार्ँइहरु लाई मेनपावर विना ल्याईएको हो कुनै मेनपावर सम्बन्धित होईन भनि आफ्नो मेनपावरको नाम दिन नचाहेको उनीहरुको भनाई छ पिडितहरुले थाहाँ पाए अनुसार त्यो व्याक्ति जयकालि ओभरसिज सगँ मिलि काम गरेका थिए भन्छन् ।

बास्तवमा भन्नु पर्दा यहाँ आई दुख पाउनेको संख्या दिनानुदिन बड्दै गरिहेको छ । यसको समस्या को समाघानको लागि नेपाल सरकारले भारत सरकार संग र्सर्म्पक राखि त्यहाँ बाट अरव मुलुकमा भिजिट भिसामा आउने नेपालीहरुलाई अनुमति नदिन नेपाल सरकारबाट भन्नु पर्ने देखिन्छ । र नेपालबाट पनि भिजित भिसामा आउनेलाई एक हजार डलर विना एरर्पोटले अनुमनि अदिन यहाँबाट आग्रह गरिन्छ ।

न्ोपालका मेनपावर कम्पनीबाट आएका कामदाहरु सम्झौता अनुसार कम्पनीले सुविधा नदिएको भनि गुनासो ।

श्याम शर्मा र दुवई

अरब मुलुकमा कामका सिलसिलमा मेनपावर मार्फ आएका नेपालीहरु प्रति काम गर्ने कम्पनीले नेपालमा सम्झौता भए अनुसार सुविधा नदिएको भनि दुवईमा कामका लागि भित्रिएका नेपालीहरुको भनाई छ र भने अनुसारको सुविधा नहुने उनीहरुको भनाई छ । नेपालबाट मेनपावर एजेन्सीले यहाँ कामको लागि ल्याउदा मासिक ज्याँला धेरै हुने भनि मेनपावरले कामदार सँग त्यहि अनुसारले पैसा धेरै लिने गरेको बताईन्छ । त्यहाँ स्थीत विदेश पठाउने मेनपावर कम्पनीले कामदार विदेश पठाउँदा कामदारले गएर काम गर्ने कम्पनी राम्रो सगँ बुझ्नु पर्ने र त्यो कम्पनी यहाँको सरकार सगँ दर्ता भएको छ कि छैन जाचबुझ गर्ने लगाएतका कुराहरु मा विदेश कामदार पठाउनु भन्दा पहिले ध्यान दिनुपर्ने देखिन्छ यहाँ नेपाली हरुले भोगिरहेको अवस्थालाई दखेर । यहाँ नेपालबाट मेनपावर कम्पनीले नेपाली कामदारलाई ल्याउदा यहाँको कम्पनी कस्तो छ नबुझीकीन ल्याउने गरिएका कारण कतिपय कामदारहरु यहाँ दुख पाईरहेका छन् ।

यहाँ स्थीत नेपाली कामदारहरुले काम गर्ने कुनै कम्पनी बन्द गरेर कम्पनीका मालीक फरार हुने, कुनै कामदार लाई जति पैसा दिने भनेर नेपालबाट सम्झौता गरिएको हो त्यस अनुसारको सुविधा नदिने र कुनै जति करार अवधी भनेर नेपालबाट यहाँ ल्याईएको थियो त्यस अनुसार काम गर्न नदिने जस्ता समस्याहरु बाट नेपालीहरुले दुख पाईरहेका छन् यसै क्रममा यहाँ स्थतीत् काम गरिएका एक नेपाली युवाको भनाई छ मलाई कम्पनीले आठ सय दिराम मासिक दिने कम्पनीबाट बस्नको व्यवस्था भएको भने तापनि अहिले मलाई छसय दिराम मात्र दिएको छ बस्न पनि छैन त्यसकारण अब आफु आएको ऋण् तिरेर नेपालर् पकने विचार गरेको छु , भन्दै यहाँले भन्नु भयो हामी नेपाली युवाहरु विदेश रोजगारको लागि पस्नु भन्दा अगाडि मेनपावर सगँ सबै काम र सुविधाहरुको बारेका बुझ्नु पर्ने अत्यान्तै जरुरी छ भन्नुहुन्छ उहँ। यसरी गर्दा अब आउने नेपालीहरु यस्तो समस्याबाट जोगीन सकिन्छ । हो बास्तमा मेनपावर कम्पनीले आफ्ना फाइदाको लागि मात्र हेरी यस्तो गर्ने गर्दछन् ।

प्रेश बक्तब्य

11:36 am


हामी नेपालीहरु विश्वको जुनसुकै राष्ट्रमा पुगेतापनि हामी हाम्रो भाषा, साहित्य र संस्कृतिलाई साथमा नै लिएर गएका हुन्छौ । विश्वका विभिन्न राष्ट्रहरुमा बसोसास गर्ने प्रवासी नेपालीहरुले विभिन्न माध्ययमहरुबाट नेपाली भाषा साहित्यलाई निरन्तर संरक्षण दिई राख्नु भएको छ । यसै सर्न्दर्भमा विश्वका अन्य देशहरुमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तर्राा्रय नेपाली साहित्य समाज यू.ए.इ च्याप्टरको स्थापना गर्न पाउदा हामीलाई गर्भ लागेको छ । हरेक समुदायमा नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचानलाई जीवन्त र दीगो राख्न संसारभरका प्रवासी नेपालीहरु जुटीरहेको अन्तराष्ट्रिय पर्रि्रेक्ष्यमा नेपाली भाषा साहित्यपे्रमीहरु बीच भाषा र साहित्यको प्रचार प्रसार, उत्थान, एवं र्सवर्द्धन गर्नुका साथै साहित्यकारहरुलाई सम्मान, साहित्यिक रचनाहरुको प्रकाशन, साहित्य गोष्ठिहरुको आयोजना, अन्तराष्ट्रिय नेपाली साहित्य पुरस्कार विश्वको कुना काप्चा सवै क्षेत्रमा नेपाली भाषा, संस्कृति र साहित्यको प्रकाश र्छर्ने क्रममा अनेसासका अन्य च्याप्टरहरुले मुख्य भुमिका खेलीहरको यहांहरुलाई अवगतनै छ । भावी दिनहरुमा अनेसास यू.ए.इ च्याप्टरले पनि यस्ता किसिमका कार्यहरु गर्दै अगाडी बढ्ने आशा लिएका छौ । र्सव प्रथम् त म अनेसास यू.ए.इ च्याप्टर स्थापना गर्नको लागि सुझाव सल्ल्ाह दिनु हुने अनेसास साउदी च्याप्टरका सभापति खेमनाथ पौडेलज्यूलाई धन्यवाद दिन चाहन्छु साथै यू.ए.इ च्याप्टर खोल्नको लागि अझै हौशला थपिदिनुहने अनेसास केन्द्रिय बोर्डका सभापति श्री प्रा. मोहन सिटौला ज्यू, साहित्यका हस्ति श्री होमनाथ सुवेदी ज्यू र अनेसास साउदी च्याप्टरका संस्थापक सभापति श्री सागर श्रेष्ठज्यूलाई धन्यवाद दिन चाहन्छु । मेरो कार्यकालमा अनेसास यू.ए.इ च्याप्टरलाई विश्वमा अनेसासको नमूनाको च्याप्टर बनाउने प्रयत्न गर्ने छु । यसकोलागि अनेसासको केन्द्रिय कार्यलय, यू.ए.इमा स्थापना भएका अन्य संघसंस्थाहरु, अन्य देशमा स्थापना भएका अनेसासका च्याप्टरहरु, नयाँ कार्यकारिणी पदाधिकारी, प्रवासमा छरिएर रहेका साहित्यिक मित्रहरु, साथै सम्पूण् पदाधिकारीहरुको सहयोग, सल्लाह र सुझावहरु नित्यान्त आवश्यक छ । यू.ए.इ मा भर्खरै स्थापना भएको अनेसास च्याप्टरलाई अझ हराभरा बनाउन नयाँ कार्यकारिणी पदाधिकारीहरु साथै यू.ए.इमा छरिएर रहनु भएका बुद्धिजिवी बर्गहरु, साहित्यिक ब्यक्तिहरुले साथमा साथ दिनु हुने छ भन्ने विश्वास लिएको छु । आफ्नो भाषा, संस्कृतिलाई बचाई राख्न विभन्न साहित्यकारहरुको जन्मदिन मनाउँदै उत्त दिनमा क्रमश साहित्यिक कृतिहरु प्रकाशन गर्दै जाने कुरा पनि बिश्वमा छरिएर रहेका साहित्यिक ब्यक्तिहरुमाझ प्रकाश पार्न चाहन्छु । अनेसास यू.एर्.इ च्याप्टरको नयाँ कार्यसमितिमा निम्नानुसार पदाधिकारी तथा सदस्यहरु रहेको यथार्थ यसै प्रेश बक्तब्य मार्फ जानकारी दिलाउन चाहन्छु ।

 

बरिष्ठ सल्लाहकार,

खेमनाथ पा्ैडेल

सल्लाहकार, गोपि महत, स्याम शर्मा, दुगादत्त पोख्रेल

सभापति, बाल चन्द पोख्रेल, उप-सभापति, बिष्णु दाहाल, महा-सचिव सुभास अधिकारी,

 सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष ऋषिराम पोखेल,, सदस्यहरु जगन्नाथ पौडेल, कृष्ण प्रसाद अर्याल, रवि भट्ट, नेत्र ब. -राजन) भट्टर्राई .

……………………..

 सभापति

बाल चन्द्र पोख्रेल

अनेसास यू.ए.इ च्याप्टर

Press Release

INLS UAE Press Release

INLS UAE New Committee

मेरो भुल होईन …

9:15 am

 

-Kamal Sharma

तिम्रो सिउँदो भर्न नसक्नु, ।मेरो भूल होईन प्रिय
सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।
म त आफ्नै जिवनसँग, पटक-पटक हारेको छु ;
तिम्रो खुसीको निम्ती कयौं, इच्छाहरु मारेको छु

विश्वास माथि घात गर्यौ, यो त अशुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।
पर्राईको हात समाई, पाईला तिमीले सारेपछि ;
एउटै आधार-तिमीले पनि, मेरो माया मारेपछि
सबैको निम्ती काँडा भाछु, कोमल फुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।
लाग्छ आफ्नै नयनबाट, आफै ओझेल हुँदैछु म
अतितका ती पल सम्झी एकान्तमा रुँदैछु म ;
आँशु हुन् सब बगिरहेका, पानीको मुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय
सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।
सक्छौ जति जित्नु तिमी, हार कबुल होईनप्रिय ।

जनआन्दोलनमा भएको दमन र कोषको दुरूपयोग…..राजा ज्ञानेन्द्रसँग पनि सोधपुछ गरिने ……….


नेपालमा उच्चस्तरीय आयोगद्वारा जनआन्दोलनमा भएको दमन र कोषको दुरूपयोगको छानविन गर्ने क्रममा राजा ज्ञानेन्द्रसँग पनि सोधपुछ गरिने उल्लेख
३०अगस्त२००६(एजेन्सीहरु)-नेपालमा हालैको जनआन्दोलनमा भएको भनिएको दमन र सरकारी कोषको दुरूपयोगको छानविन गरिरहेको उच्चस्तरीय आयोगलाई तत्कालीन सुरक्षा प्रमुखहरू लगायत धेरैले आफुहरुले माथिको आदेशको पालना गरेको बताएपछि आयोगले राजा ज्ञानेन्द्रसित सोधपुछ गर्ने जनाएको नेपाली सञ्चार माध्यमहरुमा उल्लेख छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,राजा ज्ञानेन्द्रसँग त्यस्तो सोधपुछको लागि मिति र प्रकृया भने तय भै नसकेको आयोगको भनाइ छ। यदि आयोगले राजासित सोधपुछ गरे, त्यो नेपालको इतिहासमै पहिलो त्यस्तो घटना हुनेछ। त्यसैगरी बयानका क्रममा धेरैले तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष राजाको जिम्मेवारी प्रति इंगित गरेकाले राजासित सोधपुछ गर्ने सोचाई बनाइएको आयोगको भनाई रहेको समाचारहरुमा उल्लेख छ ।
त्यसैगरी प्राप्त समाचार अनुसार,राजासँग कहिले र कुन प्रक्रिया अप्नाई सोधपुछ गरिने भन्नेबारे आउँदो विहिवार आयोगमा उपस्थित हुन बोलाइएका राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग छलफल हुनसक्ने आयोगका सदस्य हरिहर विरहीले जनाए। यसका साथै परम्परागत रूपले संविधान र कानुन भन्दामाथि रहने गरेका नेपालका राजाका प्राय: सबै अधिकार र सुविधा हालै पुनर्स्थापित प्रतिनिधिसभाको घोषणावाट खोसिएको थियो। त्यसले गर्दा राजासित सोधपुछ गर्न जाँचबुझ आयोगलाई बाटो खुलेको विश्वास गरिएको छ। त्यसैगरी थाहा भए अनुसार,सो उच्चस्तरीय आयोगले शाही सरकारका मन्त्रीहरू सहित दर्जनौं वरिष्ठ र कनिष्ठ अधिकारीहरूसँग बयान लिइसकेको प्राप्त समाचारहरुमा जनाइएको छ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Viewfinder Design

Free Hit Counter
Plenty of fish.comHorny Matches